logo

एम्बुलेन्स नेताले गरे एम्बुलेन्स हस्तान्तरण,ब्लोदानको अध्यक्षमा पूनःनेपाल

      5/19/2018 गते 00 00 मा प्रकाशित     901   पटक पढिएको

बीरगंज ५ जेठ ।
    ब्लड डोनर्स एसोसिएसन पर्साको आठौं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
    टिबडेवाल धर्मशाला वीरगंजमा आयोजित साधारणसभाको १४३ पटक रक्तदान गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल नेपाली महिला रक्तदाता नीता घिरैयाले उद्घाटन गरेकी थिइन् ।


       घिरैयाले १४ वर्षको उमेरदेखि हाल ५२ वर्षको उमेरसम्म निरन्तर ३८ वर्षसम्म रक्तदान गर्दै आएको बताइन् । 
कार्यक्रममा पूर्व सांसद विचारीप्रसाद यादवले आपूm सांसद हुँदा संसदीय विकास कोषबाट ब्लड डोनर्स एसोसिएसन पर्साको नाममा उपलब्ध गराएको एम्बुलेन्सको चाबी ब्लोदान पर्साका अध्यक्ष शत्रुघ्न नेपाललाई हस्तान्तरण गरेका थिए ।


    सो अवसरमा पूर्व सांसद यादवले २०३९ देखि २०५५ सालसम्म आपूmले ग्रामीण क्षेत्रबाट मोटरसाइकलमा बिरामीहरूलाई वीरगंज अस्पतालसम्म ल्याइ पु¥याउने गरेको स्मरण गर्दै त्यतिबेला गाउँमा आपूmलाई एम्बुलेन्स नामाकरण गरिएको हुँदा सो कुरालाई पूरा गर्न आपूm सांसद भएपछि एम्बुलेन्स सेवा सुचारु गराउने उद्देश्यले सहयोग गरेको बताएका थिए ।


    नेपाल रेडक्रस सोसाइटी पर्साकी उपसभापति मधु राणाले रगतको सबैभन्दा बढी आवश्यकता महिलालाई पर्ने र पर्साको सन्दर्भमा महिला रक्तदाताहरूको सङ्ख्या न्यून रहेकोमा चिन्ता व्यक्त गरिन् । 


    नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य महेश दासले रक्तदान कार्यक्रमलाई सञ्चारकर्मीहरूले निरन्तररूपमा सहयोग र सहकार्य गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिइरहने बताए ।


    नेपाल पत्रकार महासङ्घ पर्साका उपाध्यक्ष अनुप तिवारी,  डा.लक्ष्मी थापा , वीरगंज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष अनिल अग्रवाल ,ब्लड डोनर्स एसोसिएसनका महासचिव सानुबाबू प्रजापति जिल्ला खेलकुद विकास समिति पर्साका अध्यक्ष निशान्त लामिछाने, ब्लोदानका केन्द्रीय सदस्य किशोरराज पन्तलगायतले मन्तव्य व्यक्त गरेका थिए ।


    साधारणसभामा रक्त सञ्चार केन्द्र वीरगंजका प्रमुख प्रवीण मानन्धरले स्वागत गरेका थिए भने सचिव अरविन्द सिंहले कार्यक्रमको सहजीकरण गरेका थिए ।


    यसैबीच, आज सम्पन्न साधारणसभाले नेपालकै अध्यक्ष्ँतामा नयाँ कार्यसमितिको गठन गरेको छ ।
    नवगठित कार्यसमितिको उपाध्यक्ष रोशन श्रेष्ठ, सचिव अरविन्द सिंह, सहसचिव उमेश गुप्ता, कोषाध्यक्ष निशान्त लामिछानेलगायतका सदस्यहरू छन् ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

ठोरी–४ का दलबहादुर स्याङ्बो ,साधारण शिक्षकको असाधारण सफलता,तीनै छोरा डाक्टर

ठोरी । पर्साको ठोरी गाउँपालिका ४ निवासी तथा ज्ञानज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक दलबहादुर स्याङ्बोका तीनै छोराले पूर्ण छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर पाएपछि उनी स्थानीय क्षेत्रमा चर्चामा आएका छन्।

जिम्मेवार पत्रकारिता र मिथ्या सूचना रोक्न महासंघको प्रशिक्षण

काठमाडौं । सामाजिक सञ्जालमा बढ्दो मिथ्या सूचना र सञ्चारमाध्यमको विश्वसनीयतामाथि प्रश्न उठिरहेको बेला अन्तर्राष्ट्रिय पत्रकार महासंघ र नेपाल पत्रकार महासंघले “जिम्मेवार पत्रकारिता र सामाजिक सञ्चालको प्रयोग” विषयक एकदिने प्रशिक्षक प्रशिक्षण तालिम आयोजना गरेको छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.