logo

 गणतन्त्र दिवशलाई जनस्तरसम्म पुर्याउनु पर्छ ः प्रम ओली

      5/18/2018 गते 00 00 मा प्रकाशित     793   पटक पढिएको


काठमाडौैं ४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवशलाई जनस्तरसम्म पु¥याउनु पर्ने बताएका छन  ।
 गणतन्त्र दिवश मुल समारोह समितिका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले  शुक्रवार गृहमन्त्रालयमा आयोजित बैठकलाई सम्बोधन गर्दै यस्तो निर्देशन दिएका हुन । 


गणतन्त्रलाई सरकारी दिवश जस्तो नबनाएर जनताको उत्सव जस्तो बनाउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “गणतन्त्र सरकारी दिवश होइन जन दिवश हो” प्रधानमन्त्री ओलीले भने  “यो दिवश गाउँपालिकासम्म नै मनाउनु व्यवस्था गर्नुपर्दछ ।”


 लामो संघर्षबाट गणतन्त्र ल्याएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मान्छे जन्मदै श्रेष्ठ हुने पाखण्डी प्रणालीलाई बिस्थापन गर्दै प्रतिष्पर्धाबाट स्थापित हुने प्रणालीको रुपमा गणतन्त्र आएको बताए  ।

 


प्रधानमन्त्री ओलीले दैनिक कामकाजलाई बाधा नहोस भनेर यो बर्ष गणतन्त्र दिवशको सार्वजनिक विदा कटौती गरिएको बताए  । “विदा बसेर मात्र गणतन्त्र मनाइने होइन” प्रधानमन्त्री ओलीले भने  “कार्यालय समय बाहिरको समयमा दिवश मनाऊँ । कार्यालय समयमा काम गरौं ।”


गणतन्त्र दिवशका दिन ब्यापक रुपमा परिसंवाद कार्यक्रम सञ्चालन गर्न प्रधानमन्त्रीले निर्देश्न दिएका छन  । “गणतन्त्रका बिषयमा कोही कसैलाई कुनै भ्रम हुनसक्छन्” प्रधानमन्त्री ओलीले भने  “त्यस्ता भ्रम हटाउन विभिन्न क्षेत्रका व्यक्तित्वहरुसँग परिसंवाद कार्यक्रम गर्नु उपयुक्त हुन्छ । ”


टुंडिखेलमा जेठ १५ गते मनाइने गणतन्त्र दिवशको शैली पनि परिमाजर्न गर्नु पर्ने प्रधानमन्त्रीको प्रस्ताव छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार युवा पत्रकार आशु सर्राफलाई प्रदान

वीरगञ्ज । दिवंगत पत्रकार नरेश सर्राफको स्मृतिमा स्थापित ‘स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार’ यस वर्ष युवा पत्रकार आशु सर्राफलाई प्रदान गरिएको छ।

शिकारीबास प्राथमिक विद्यालयको नवनिर्मित भवन अध्यक्ष श्रेष्ठद्वारा  उद्घाटन

ठोरी ।  ठोरी गाउँपालिका–३, शिकारीबासस्थित प्राथमिक विद्यालयको नवनिर्मित भवन आज एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.