logo

अपराधमुक्त समाजकालागि असल नागरिक र प्रहरी एकजुट हुनुपर्छ  ः प्रहरी उपरिक्षक ढकाल

      5/16/2018 गते 00 00 मा प्रकाशित     1523   पटक पढिएको

बीरगन्ज, जेष्ठ २ गते । 
पर्साको जिराभवानी गाउपालिकाका स्थानीय वासिन्दा तथा प्रहरी बीच एक साता अगाडी उत्पन्न तनाव अन्त्य भएको छ ।

 

 बुधवार सेढवा इलाका प्रहरी कार्यालय तथा जिराभवानी गाउपालिका कार्यालयको संयुक्त आयोजनामा भएको कार्यक्रममा दुबै पक्षले समन्यवयगरि सुमधुर संम्बन्ध स्थापित गर्ने प्रतिबद्धता जनाएका छन् । 

 


सेढवामा गत बैशाख २३ गते चार जना भारतीय पक्राउ पर्दा प्रहरी र स्थानीय बीच झडप भएपछि एक साता देखी सेढवा तनावग्रस्त बनेको थियो ।

 

बुधवार आयोजीत लागुऔषध तथा समाजिक अपराध नियंत्रण विषयक अन्तकृया कार्यक्रममा प्रहरी तथा स्थानीय वासिन्दाले एकअर्कालाई सहयोग र समन्वय  गरि अगाडि बढने प्रतिवद्धता गरेका हुन ।

 

घटना प्रति दुख व्यक्त गर्दै स्थानीयले विगतका कमि कमजोरी सच्याउदै प्रण गरे । स्थानीयले क्षती पुर्याएको  इलाका प्रहरी कार्यालयको तारवार हिजो आफैले पुर्ननिर्माण समेत गरेका छन् ।

 

स्थानिय संगको राम्रो समन्वयका कारण नै माओबादी जनयुद्धकाल, मधेश आन्दोलन लगायतका द्धवन्द्धकालिन अवस्थामा समेत सेढवा इलाका प्रहरी कार्यालय प्रहरी विहिन नभएको बताउदै जिराभवानी गाउपालिका अध्यक्ष रामप्रित महतोले शान्ति सुरक्षा स्थापनाका लागी प्रहरीको भुमिका महत्वपुर्ण हुने भन्दै समाजीक न्याय र भयमुक्त समाज निर्माणका लागी प्रहरीलाई सहयोग गर्ने बताए  ।

 

स्थानीय र प्रहरी बीचको सुमधुर सम्बन्धककै कारण यहाको इलाका प्रहरी कार्यालयको भवन समेत स्थानीयले श्रमदान गरेर बनाएको उनले बताए ।  कार्यक्रममा गाउपालिका अध्यक्षले इलाका प्रहरी कार्यालयमा क्षती भएको पूर्वाधार तथा सामग्री पुर्ननिर्माण गर्ने प्रतिबद्धता समेत जनाए । 

 


कर्यक्रममा पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले प्रहरी पनि यसै समाजको लागी भएकोले स्थानीयको सहभागिता विना समाजमा शान्ति सुरक्षा कायम हुन नसक्ने बतए  ।

 

प्रहरीलाई जनताको सहयोग आवश्यक भएको बताउदै प्रहरी प्रमुख ढकालले असल समाज निर्माणकालागि आम जनतालेपनि प्रहरीको भुमिका निर्वाह गर्नु पर्ने बताए  । समाजमा अपराधिक र गैरकानुनी गर्ने बाहेकका आम नागरिक र प्रहरी बीच सुमधुर सम्बन्ध स्थापित भएमा मात्रै समाज अपराध मुक्त हुन सक्ने उनले बताए ।

 

प्रहरी उपरिक्षक ढकालले इलाका प्रहरी कार्यालय परिसरमा निर्माण हुन लागेको दुर्गा मन्दीरको शिलान्यास गरेका थिए  । 
कार्यक्रममा  पूर्व सांसद जयप्रकाश थारुले स्थानीय र प्रहरी बीच उत्पन द्धवन्द चाडै समाप्त भई शान्ति स्थापना हुनुमा भुमिका खेल्ने जनप्रतिनिधि तथा प्रहरी अधिकारीहरुलाई धन्यवाद व्यक्त गरे । 


गाउपालिका अध्यक्ष रामप्रित महतोको अध्यक्षतामा भएको कार्यक्रममा गाउपालिकाकी उपाध्यक्ष उषा चौधरी, प्रमुख कार्यकारी अधिकृत अमित गिरी, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारी लगायतकाले मन्तव्य ब्यक्त गरेका थिए
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

रिलिफको ३४ औं स्थापना दिवस, समाजको बिभिन्न क्षेत्रमा योगदान दिने पाँच ब्यक्तित्व सम्मानीत

वीरगञ्ज । रिलिफ सोसाइटी अफ कमर्सले आफ्नो ३४औं स्थापना दिवस तथा बुद्ध पूर्णिमा जयन्तीको अवसरमा बिभिन्न क्षेत्रमा योगदान दिने पाँच ब्यक्तिलाई सम्मान गरेको छ ।

३७ संशोधन अस्वीकृत ,प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित

काठमाडौँ।   प्रतिनिधिसभाको आजको बैठकले आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.