logo

अपराधमुक्त समाजकालागि असल नागरिक र प्रहरी एकजुट हुनुपर्छ  ः प्रहरी उपरिक्षक ढकाल

      5/16/2018 गते 00 00 मा प्रकाशित     1766   पटक पढिएको

बीरगन्ज, जेष्ठ २ गते । 
पर्साको जिराभवानी गाउपालिकाका स्थानीय वासिन्दा तथा प्रहरी बीच एक साता अगाडी उत्पन्न तनाव अन्त्य भएको छ ।

 

 बुधवार सेढवा इलाका प्रहरी कार्यालय तथा जिराभवानी गाउपालिका कार्यालयको संयुक्त आयोजनामा भएको कार्यक्रममा दुबै पक्षले समन्यवयगरि सुमधुर संम्बन्ध स्थापित गर्ने प्रतिबद्धता जनाएका छन् । 

 


सेढवामा गत बैशाख २३ गते चार जना भारतीय पक्राउ पर्दा प्रहरी र स्थानीय बीच झडप भएपछि एक साता देखी सेढवा तनावग्रस्त बनेको थियो ।

 

बुधवार आयोजीत लागुऔषध तथा समाजिक अपराध नियंत्रण विषयक अन्तकृया कार्यक्रममा प्रहरी तथा स्थानीय वासिन्दाले एकअर्कालाई सहयोग र समन्वय  गरि अगाडि बढने प्रतिवद्धता गरेका हुन ।

 

घटना प्रति दुख व्यक्त गर्दै स्थानीयले विगतका कमि कमजोरी सच्याउदै प्रण गरे । स्थानीयले क्षती पुर्याएको  इलाका प्रहरी कार्यालयको तारवार हिजो आफैले पुर्ननिर्माण समेत गरेका छन् ।

 

स्थानिय संगको राम्रो समन्वयका कारण नै माओबादी जनयुद्धकाल, मधेश आन्दोलन लगायतका द्धवन्द्धकालिन अवस्थामा समेत सेढवा इलाका प्रहरी कार्यालय प्रहरी विहिन नभएको बताउदै जिराभवानी गाउपालिका अध्यक्ष रामप्रित महतोले शान्ति सुरक्षा स्थापनाका लागी प्रहरीको भुमिका महत्वपुर्ण हुने भन्दै समाजीक न्याय र भयमुक्त समाज निर्माणका लागी प्रहरीलाई सहयोग गर्ने बताए  ।

 

स्थानीय र प्रहरी बीचको सुमधुर सम्बन्धककै कारण यहाको इलाका प्रहरी कार्यालयको भवन समेत स्थानीयले श्रमदान गरेर बनाएको उनले बताए ।  कार्यक्रममा गाउपालिका अध्यक्षले इलाका प्रहरी कार्यालयमा क्षती भएको पूर्वाधार तथा सामग्री पुर्ननिर्माण गर्ने प्रतिबद्धता समेत जनाए । 

 


कर्यक्रममा पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले प्रहरी पनि यसै समाजको लागी भएकोले स्थानीयको सहभागिता विना समाजमा शान्ति सुरक्षा कायम हुन नसक्ने बतए  ।

 

प्रहरीलाई जनताको सहयोग आवश्यक भएको बताउदै प्रहरी प्रमुख ढकालले असल समाज निर्माणकालागि आम जनतालेपनि प्रहरीको भुमिका निर्वाह गर्नु पर्ने बताए  । समाजमा अपराधिक र गैरकानुनी गर्ने बाहेकका आम नागरिक र प्रहरी बीच सुमधुर सम्बन्ध स्थापित भएमा मात्रै समाज अपराध मुक्त हुन सक्ने उनले बताए ।

 

प्रहरी उपरिक्षक ढकालले इलाका प्रहरी कार्यालय परिसरमा निर्माण हुन लागेको दुर्गा मन्दीरको शिलान्यास गरेका थिए  । 
कार्यक्रममा  पूर्व सांसद जयप्रकाश थारुले स्थानीय र प्रहरी बीच उत्पन द्धवन्द चाडै समाप्त भई शान्ति स्थापना हुनुमा भुमिका खेल्ने जनप्रतिनिधि तथा प्रहरी अधिकारीहरुलाई धन्यवाद व्यक्त गरे । 


गाउपालिका अध्यक्ष रामप्रित महतोको अध्यक्षतामा भएको कार्यक्रममा गाउपालिकाकी उपाध्यक्ष उषा चौधरी, प्रमुख कार्यकारी अधिकृत अमित गिरी, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारी लगायतकाले मन्तव्य ब्यक्त गरेका थिए
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.