logo

एमाले र माओवादीवीच एकता हुने तय दुबै दल आकस्मिक बैठकमा

      5/16/2018 गते 00 00 मा प्रकाशित     869   पटक पढिएको

काठमाडौं २ जेठ । एमाले र माओवादीवीच एकता होला र ? यो आम प्रश्नको जावाफ पाउने बेला आए जस्तो छ । बुधवार दुबै पार्टीका अध्यक्षको भेटपछि सबै भन्दा बढी उच्चारण गरिएको सवालको जवाफ मिल्न लागेको चर्चा छ । त्यही सवालको जवाफ आउने गरि  पार्टी एकताको अन्तिम निर्णय गर्न   नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आकस्मिक बैठक बोलाएका छन्। 

बुधवार बालुवाटारमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको दुई चरणको वार्तापछि पार्टी एकता संयोजन समितिको बैठक  बिहीवार १० बजे बोलाइएको छ। त्यस अगाडि दुवै दल आन्तिरिक रूपमा छलफल गर्ने भएका छन्। 

दुवै दलले आ–आफ्नो पार्टीको आकस्मिक बैठक बोलाएका छन्। एमालेले एकताको विषयमा छलफल गर्नकै लागि बुधवार साँझ पार्टीको स्थायी समितिको बैठक आह्वान गरेको एमाले नेता सुवास नेम्वाङले जानकारी दिए। 

त्यस्तै एमालेले भोलि बिहिवार बिहान ११ बजे पार्टी केन्द्रीय कमिटीको आकस्मिक बैठक समेत बोलाएको छ। बैठकमा पार्टी एकताको विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ। 

पार्टी एकतालाई अन्तिम टुंगोमा लगाउनका लागि एमालेले पार्टी केन्द्रीय कमिटी भंग गर्ने तयारी समेत थालेको एमालेका एक नेताले जानकारी दिए। 

त्यस्तै, माओवादी केन्द्रले बुधवार नै कार्यालयको विस्तारित बैठक आह्वान गरेको प्रचण्डको सचिवालयले जनाएको छ। 

त्यस्तै माओवादीले उपलब्ध तथा पार्टी अध्यक्ष निकटका सचिवालय सदस्यहरूसँग समेत पार्टी एकताको विषयमा छलफल गर्ने तयारी थालेको छ। माओवादी नेता देवेन्द्र पौडेलका अनुसार आज कार्यालयको बैठक बस्ने छ। त्यस्तै सचिवालयका सदस्यहरूसँग समेत छलफलको तयारी भइरहेको जानकारी उनले दिए। 

कार्यालयको बैठकले आवश्यकता अनुसार पार्टीका उपलब्ध पोलिटव्यूरो, सचिवालय तथा स्थायी समितिका सदस्यहरूसँग समेत छलफल अगाडि बढाउने बताइएको छ। 

यसअगाडि आज बालुवाटारमा दुई अध्यक्षबीच पहिलो चरणमा गोप्य वार्ता भएको थियो। त्यसपछि दोस्रो चरणको छलफलमा दुई पार्टीबीच एकताको सूत्रधार मानिएका एमाले नेता विष्णु पौडेल र जनार्दन शर्माकोसमेत उपस्थिति थियो।

छलफलपछि एमाले सहमहासचिव विष्णु पौडेलले दुई अध्यक्षबीचको वार्ता सकारात्मक रूपमा अगाडि बढेको जानकारी दिए। 


पछिल्लो समय दुई पार्टीबीच सरकार सञ्चालन, भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण र प्रधानमन्त्री ओलीको अघिल्लो साता सोमबार आएको ट्वीटले दुरी बढाएको थियो। 

आजको दुई पार्टीको बैठकले पार्टी एकतालाई अन्तिम टुंगोमा पुर्‍याउने विषयमा अगाडि बढेको बताइएको छ। 

दुवै पार्टीबीच जेठ ६ गते पार्टी एकताको घोषणा गर्ने गृहकार्य अगाडि बढेको स्रोतले बताएको छ। पार्टी एकता घोषणाका लागि सहज रूपमा अगाडि बढाउनका लागि एमालेले केन्द्रीय कमिटी भंग गर्ने समेत तयारी गरेको स्रोतले बतायो। 

पार्टी एकता संयोजन समितिको गत वैशाख ४ गते बसेको बैठकले पार्टी एकता विवादित विषयमा अन्तिम टुंगो लगाउने जिम्मा दुई पार्टीका अध्यक्षलाई दिएको थियो। 

सोही अनुरूप दुई पार्टीका अध्यक्षबीच पटक पटक गोप्य वार्ता भएको थियो। गत वैशाख २० गते बसेको दुई अध्यक्षबीचको गोप्य वार्ताले पार्टी एकताका विवादित विषयलाई टुंगोमा पुर्‍याएको बताइएको थियो। 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार युवा पत्रकार आशु सर्राफलाई प्रदान

वीरगञ्ज । दिवंगत पत्रकार नरेश सर्राफको स्मृतिमा स्थापित ‘स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार’ यस वर्ष युवा पत्रकार आशु सर्राफलाई प्रदान गरिएको छ।

शिकारीबास प्राथमिक विद्यालयको नवनिर्मित भवन अध्यक्ष श्रेष्ठद्वारा  उद्घाटन

ठोरी ।  ठोरी गाउँपालिका–३, शिकारीबासस्थित प्राथमिक विद्यालयको नवनिर्मित भवन आज एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.