logo

एमाले र माओवादीवीच एकता हुने तय दुबै दल आकस्मिक बैठकमा

      5/16/2018 गते 00 00 मा प्रकाशित     1012   पटक पढिएको

काठमाडौं २ जेठ । एमाले र माओवादीवीच एकता होला र ? यो आम प्रश्नको जावाफ पाउने बेला आए जस्तो छ । बुधवार दुबै पार्टीका अध्यक्षको भेटपछि सबै भन्दा बढी उच्चारण गरिएको सवालको जवाफ मिल्न लागेको चर्चा छ । त्यही सवालको जवाफ आउने गरि  पार्टी एकताको अन्तिम निर्णय गर्न   नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आकस्मिक बैठक बोलाएका छन्। 

बुधवार बालुवाटारमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको दुई चरणको वार्तापछि पार्टी एकता संयोजन समितिको बैठक  बिहीवार १० बजे बोलाइएको छ। त्यस अगाडि दुवै दल आन्तिरिक रूपमा छलफल गर्ने भएका छन्। 

दुवै दलले आ–आफ्नो पार्टीको आकस्मिक बैठक बोलाएका छन्। एमालेले एकताको विषयमा छलफल गर्नकै लागि बुधवार साँझ पार्टीको स्थायी समितिको बैठक आह्वान गरेको एमाले नेता सुवास नेम्वाङले जानकारी दिए। 

त्यस्तै एमालेले भोलि बिहिवार बिहान ११ बजे पार्टी केन्द्रीय कमिटीको आकस्मिक बैठक समेत बोलाएको छ। बैठकमा पार्टी एकताको विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ। 

पार्टी एकतालाई अन्तिम टुंगोमा लगाउनका लागि एमालेले पार्टी केन्द्रीय कमिटी भंग गर्ने तयारी समेत थालेको एमालेका एक नेताले जानकारी दिए। 

त्यस्तै, माओवादी केन्द्रले बुधवार नै कार्यालयको विस्तारित बैठक आह्वान गरेको प्रचण्डको सचिवालयले जनाएको छ। 

त्यस्तै माओवादीले उपलब्ध तथा पार्टी अध्यक्ष निकटका सचिवालय सदस्यहरूसँग समेत पार्टी एकताको विषयमा छलफल गर्ने तयारी थालेको छ। माओवादी नेता देवेन्द्र पौडेलका अनुसार आज कार्यालयको बैठक बस्ने छ। त्यस्तै सचिवालयका सदस्यहरूसँग समेत छलफलको तयारी भइरहेको जानकारी उनले दिए। 

कार्यालयको बैठकले आवश्यकता अनुसार पार्टीका उपलब्ध पोलिटव्यूरो, सचिवालय तथा स्थायी समितिका सदस्यहरूसँग समेत छलफल अगाडि बढाउने बताइएको छ। 

यसअगाडि आज बालुवाटारमा दुई अध्यक्षबीच पहिलो चरणमा गोप्य वार्ता भएको थियो। त्यसपछि दोस्रो चरणको छलफलमा दुई पार्टीबीच एकताको सूत्रधार मानिएका एमाले नेता विष्णु पौडेल र जनार्दन शर्माकोसमेत उपस्थिति थियो।

छलफलपछि एमाले सहमहासचिव विष्णु पौडेलले दुई अध्यक्षबीचको वार्ता सकारात्मक रूपमा अगाडि बढेको जानकारी दिए। 


पछिल्लो समय दुई पार्टीबीच सरकार सञ्चालन, भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण र प्रधानमन्त्री ओलीको अघिल्लो साता सोमबार आएको ट्वीटले दुरी बढाएको थियो। 

आजको दुई पार्टीको बैठकले पार्टी एकतालाई अन्तिम टुंगोमा पुर्‍याउने विषयमा अगाडि बढेको बताइएको छ। 

दुवै पार्टीबीच जेठ ६ गते पार्टी एकताको घोषणा गर्ने गृहकार्य अगाडि बढेको स्रोतले बताएको छ। पार्टी एकता घोषणाका लागि सहज रूपमा अगाडि बढाउनका लागि एमालेले केन्द्रीय कमिटी भंग गर्ने समेत तयारी गरेको स्रोतले बतायो। 

पार्टी एकता संयोजन समितिको गत वैशाख ४ गते बसेको बैठकले पार्टी एकता विवादित विषयमा अन्तिम टुंगो लगाउने जिम्मा दुई पार्टीका अध्यक्षलाई दिएको थियो। 

सोही अनुरूप दुई पार्टीका अध्यक्षबीच पटक पटक गोप्य वार्ता भएको थियो। गत वैशाख २० गते बसेको दुई अध्यक्षबीचको गोप्य वार्ताले पार्टी एकताका विवादित विषयलाई टुंगोमा पुर्‍याएको बताइएको थियो। 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

चिया चौतारो छाडेर,श्रमदानमाबाटै हुलाकी सडक सफा गर्दै सुवर्णपुरका स्थानीय

ठोरी । ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ओरिया खोला पुल नजिकको बागमोर्चा क्षेत्रका स्थानीयवासीले शनिबार बिदाको समय सदुपयोग गर्दै हुलाकी सडक सरसफाइ गरेका छन।

विपद् राहत कोषमा मदिना जामे मस्जिदद्वारा १ लाख १ हजार रुपैयाँ सहयोग

वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका–६ स्थित मदिना जामे मस्जिदले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.