logo

जगतगुरु शंकराचार्य  बीरगंज आउने , समाजसेवी  बैद्यको अध्यक्षतामा  स्वागत  समिति गठन 

      5/15/2018 गते 00 00 मा प्रकाशित     1204   पटक पढिएको

बीरगंज, १ जेष्ठ । 

नेपालको आर्थिक राजधानी एवं ऐतिहासिक शहर बीरगंजमा जेष्ठ ६ गते जगत गुरु शंकराचार्य पुज्यपाद स्वामी श्री निश्चलानन्द सरस्वती महाराज आउने भएका छन् । मुल समारोह समितिका अध्यक्ष अशोक बैद्यले मंगलवार रानीसती धर्मशालामा पत्रकार सम्मेलनको आयोजना गरि यस्तो जानकारी दिएका हुन ।

 

जगतगुरु शंकराचार्य जेष्ठ ६ गते बीरगंजमा आगमन हुने र साँझ ४ बजे घण्टाघरमा भब्य स्वागत गरिने बैद्यले बताए ।  बीरगंजको एतिहासिक एवं प्रसिद्ध गहवा माई मन्दिर, अलखिया मठ, महाबीर मन्दिरमा विशेष पुजापाठ गर्नुका साथै शभा यात्रा सहित नगर परिक्रमा गरि गोपाल मण्डली धर्मशालामा समापन गरिने कार्यक्रम रहेको उनले जानकारी दिए।

      बैद्यका अनुसार जेष्ठ ७ गते विहान ९ः३० बजे शंकराचार्य सँग दर्शन भेट, १०ः३० बजे दिक्षा एवं १२ः०० बजे पादुका पुजन गर्ने र साँझ ४ बजे आर्दश नगर रंगशालामा हिन्दू धर्म जागरण सभा एवं नागरिक अभिनन्दन गर्नुका साथै बेलुकी ७ बजे गोपाल मण्डलीमा जगत गुरु शंकराचार्यको पत्रकार सम्मेलन  गर्ने र जेष्ठ ८ गते विहान ८ बजे विशेष विदाई समारोह कार्यतालिका रहेको बैद्यले बताए।

जेष्ठ ७ गतेको विशेष कार्यक्रममा प्रदेश नं. २ प्रमुख महामहिम रत्नेश्वरलाल कायस्थको विशेष उपस्थिति रहने छ । कार्यक्रम सफल एवं भब्य, सभ्य बनाउनका लागि समाजसेवी अशोक बैद्यको अध्यक्षतामा १ सय ५१ सदस्यीय स्वागत मुल समिति समेत गठन भएको छ ।

पत्रकार सम्मेलनमा स्वागत मुल समितिका उपाध्यक्ष माधव राजपाल, सचिवद्धय डा अनिल झा, मदन गुप्ता, हिन्दु परिषद् नेपालका केन्द्रीय  अध्यक्ष एवं स्वागत मुल समितिका मिडिया प्रमुख संतोष पटेल, पादुका पुजन समितिका संयोजक पंडित पुरुषोत्तम दुुबे, हिन्दु परिषद नेपाल पर्सा जिल्लाका अध्यक्ष एवं दिक्षा समितिका संयोजक धर्मेन्द्र पटेल, स्वागत समितिका सदस्य एवं सानो पाइलाका कार्यक्रम निर्देशक अजितम पाण्डे, स्वागत समितिका सदस्य एवं हिन्दु परिषद नेपालका केन्द्रिय सदस्य लालबाबु कुर्मी सहित अन्य सदस्य एवं संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

जगतगुुरु शंकराचार्यको तीन दिने बीरगंज कार्यक्रमलाई भब्य अन्य एतिहासिक बनाउन स्वागत मुल समितिका अध्यक्ष अशोक बैद्यले यस भेगका राजनीतिक दलका अगुवा, समाजसेवी, नागरिक समाज, संचारकर्मी, प्रहरी प्रशासन एवं सरोकारवाला संघसंस्थाहरुलाई कार्यक्रम सफल बनाउन अनुरोध गरेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

चिया चौतारो छाडेर,श्रमदानमाबाटै हुलाकी सडक सफा गर्दै सुवर्णपुरका स्थानीय

ठोरी । ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ओरिया खोला पुल नजिकको बागमोर्चा क्षेत्रका स्थानीयवासीले शनिबार बिदाको समय सदुपयोग गर्दै हुलाकी सडक सरसफाइ गरेका छन।

विपद् राहत कोषमा मदिना जामे मस्जिदद्वारा १ लाख १ हजार रुपैयाँ सहयोग

वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका–६ स्थित मदिना जामे मस्जिदले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.