logo

जंगली हात्तीको आक्रमणले पर्साको भाठा जंगलमा दुई जनाको मृत्यु

      4/14/2018 गते 00 00 मा प्रकाशित     1008   पटक पढिएको

कृष्णमोहन साह
सेढवा १ बैशाख । 
पर्सामा फेरि पनि जंगली हातिको आक्रमणमा परि एकजना युवकको मृत्यु भएको छ।


पर्साको पटेर्वा सुगौली गाउँ पालिका वार्डा नम्बर १ अन्तर्गत पर्ने पर्सा राष्ट्रीय निकुञ्ज भित्र रामभौरी भाठामा रहेको दुग्धेश्वर महादेवको मन्दीरमा लाग्ने मेला हेर्न गएका एक तिर्थ यात्री को मृत्यु भएको हो।


मृत्यु हुनेमा पर्साको ठोरी गाउँ पालिका वार्ड नम्बर ४ शान्ति नगरका मानबहादुर दोङका ३० वर्षका छोरा साग बहादुर दोङ रहेका छन ।

 

उनको शुक्रवार राती आठ बजेको समयमा शौच गएको बेलामा हात्तीले आक्रमण गरि मारेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक महेश बस्नेतले जानकारी दिनु भयो   ।  सोही निकुञ्ज भित्र पर्ने दुग्धेश्वर महादेवको मन्दीरमा  आज शनिबार परेको बैशाख त्रियोदशीका दिन ठूलो मेला लाग्ने गर्दछ ।

 

यो घटनाको कारण   झनै जंगली जनावरको थप त्रास बढेको मेला समितिका अध्यक्ष विगा महतो थारुले बताउनु भयो । 


मृतक दोङ शुक्रवारै घरबाट मेला हेर्न निस्केको र राती उनलाइ हात्तीले आक्रमण गरी मारेको जिल्ला  प्रहरी कार्यालय पर्साले जनाएको छ । 


मृतक दोङको लास लाई पोस्टमार्टमको लागि  बिरगंजको नारायणी उप क्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।


बिहिवार पनि रामनगरीका एक जना युवक तीस वर्षका कमलेश गिरी को पनि मृत्यु भएको छ । सहनी बिगत चार वर्ष देखी रामभौरी भाठा मन्दीर भएको स्थानबाट ८ किलोमिटर उत्तर पश्चिम चारकोशे झाडीको घोडेमसान पहाडमा तपस्या गरिबसेका थिए । उनी मौनब्रतमा थिए ।

 

भाठामा रहेको निकुन्जको पोष्ट तिर आउ जाउ गर्ने क्रममा उनको जगंली हात्तीको आक्रमणका कारण मृत्यु भएको निकुन्जका संरक्षण अधिकृत हरिभद्र आचार्यले बताउनु भयो । निकुन्जका अनुसार एक हप्तादेखी समुहबाट छुट्टिएको भाले हात्ती निकुन्जको पोष्ट र नेपाली सेनाको ब्यारेक छेउछाउ देखा पर्दै आएको थियो ।

 

बैशाख त्रयोदशीको मेलाको तयारी गर्न ट्रयाक्टर लिएर गएकाहरुले हात्तीलाई धपाउन खोजेकोले हात्ती बिचिकिएको निकुन्ज प्रशासनले जनाएको छ । दुग्धेश्वर महादेवको मन्दीर रामभौरी भाठा राष्ट्रीय बन क्षेत्रबाट ७ किलोमिटर भित्र रहेको छ ।  हात्ती बिच्किएपछि हात्तीले आक्रमण गरेको अनुमान निकुन्ज प्रशासनको छ ।
गएको वर्ष पनि भाठा मेलामै हाती को आक्रमणमा परि निचुटा का एक जना तिर्थ   यात्रुको मृत्यु भएको थियोे

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.