logo

उन्नत जातको बिउ नपाएका पर्साका किसानहरु भविष्यप्रति चिन्तत

      4/8/2018 गते 00 00 मा प्रकाशित     903   पटक पढिएको

कृष्ण मोहन साह  
सेढवा २६ चैत्र  ।
सरकारले बर्षेनी कृषि क्षेत्रमा ठूलो लगानी गर्दै आएपनि पर्साका ग्रामिण किसानहरुले समयमा धानको बिउ नपाउदा भारतीय बजारमा दिनहु ठगिने गरेका गुनासाहरु आईरहेका छन।

 


अहिले बर्षेबाली धानको बिउ छर्ने बेला शुरु भएको  छ तर नेपाली बजारमा धानको बिउ उपलब्ध नभएको ग्रामीण किसानहरुले गुनासो गरेका छन।

 

भदैया मसुली, सोना सारो, सोना मंसुली, चैना बोर, शंकर १ लगायतका धानको बिउ लिन भारतीय बजार भंगहा, इनरवा, मैनाटाड, जमुनिया, सिकटा लगायतका बजारमा नेपाली किसानहरुको घुइचो नै लाग्ने गरेको छ। भारतीय बजारमा बिउ लिन जादा अनेकौ थरिका बीउ उपलब्ध भएपनि भारतीय निजी कम्पनीहरुको कमसल खालको बिउमात्र पाईने गरेको छ ।

 

 बीउ भारत सरकारबाट समेत अप्रमाणित रहेका शंकर सरैयाका किसान देवराज चौधरीले बताए ।  भारतद्धारा प्रमाणित  बिउको लागि पंचायत स्तरिय ब्लकमा जानुपर्ने र त्याहा भारतीय नागरिकलाई मात्रै सो बिउ उपलब्धहुने जमुनियाका अनिल गौरोले बताए। अहिले भारतिय बजारमा सोना मंसुलीको बिउ खरिद गर्दा रु ४० देखि ५० भारु प्रति केजी मूल्य पर्ने गरेको छ ।

 

 त्यसमा पनि रु ५ देखि ७ नेपाली रुपैया प्रति सयकडा बाटा समेत तिर्नु परेको सोनबर्षाका किसान भागवत चौधरीले जानकारी गराएका छन।

 

पंचगावा, रंगपुर, मनवा, सेढवा जानकी टोल सुवर्णपुर लगायतका नेपाली बजारमा केही धानको बिउ उपलब्ध भएपनि ति सबै भारतीय बजारबाट खरिद गरिएका बिउ हुन ।

 

 जुन प्रमाणित बिउ नभई भारतीयहरुका भकारीको बिउ मात्रै हुनसक्ने कृषि प्रविधिकको भनाई छ। बर्षौदेखि ग्रामिण किसानहरुलाई कृषि सम्बन्धि निकायहरुले बिउ र , पर्याप्त मात्रामा रासायनिक मल र कीटनाशक औषधी उपलब्ध नगराउदा भारतीय बजारकै भरमा खेतीपाती गर्नु परेको  किसान हरुले गुनासो गरेका छ्न । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.