logo

चितवनको माधवपुरमा कुखुरामा बर्ड फ्लु भएको आशंका, एकै व्यक्तिको ३ हजार ७ सय कुखुरा मरे

      4/5/2018 गते 00 00 मा प्रकाशित     884   पटक पढिएको

शिशिर सिंखडा
चितवन, २२ चैत्र ।
चितवनको रत्ननगर १५ माधवपुरको एक कुखुरा फर्ममा हप्ता दिनमा ३ हजार ७ सय कुखुरा मरेको छ । लामिछाने पोल्ट्री फर्मको ४ वटा खोरका कुखुराहरु अचानक मर्न थालेपछि आफ्नो कुखुरामा बर्ड फ्लु लागेको हुनसक्ने सो फर्मका सञ्चालक अमृत लामिछानेले बताए ।

 

लामिछाने पोल्ट्री फर्म द्रोण प्रसाद लामिछानेको नाममा दर्ता भएपनि फर्मको सबै कारोबार उनका कान्छा भाइ अमृत लामिछानेले हेर्दै आएका छन् । 
विगत ८ वर्षदेखि कुखुरा पाल्दै आएका लामिछानेको फर्ममा यति ठूलो मात्रामा लेयर्स कुखुरा मरेको थाहा पाई आज बिहिबार दिउसो १ बजे जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख चेतनारायण खरेल र पशु चिकित्सक डा. विकाश श्रेष्ठ सोही फर्ममा पुगेका थिए ।

 

कुखुराको खोरको अवलोकन पछि कार्यालय प्रमुख खरेलले छोटो समयमा यति धेरै मात्रामा कुखुरा मर्नुले बर्ड फ्लुको आशंका भएपनि ल्याब परीक्षणको रिपोर्ट नआई भन्न नसकिने बताए । त्यस्तै पशु चिकित्सक डा. विकाश श्रेष्ठले पनि आशंका भएको छ तर रिपोर्ट आएपछि यथार्थ भन्न सकिने उनको भनाइ थियो । 


कसरी शुरु भयो त रोग ?
गत चैत्र १५ गते बेलुका हावाहुरी आएपछि साझ ३ वटा कुखुरा मरेको सञ्चालक अमृत लामिछानेले बताए । १६ गते बिहान उठेर खोरमा जाँदा १४ वटा कुखुरा मरेको देखेपछि उनले काम विशेषले काठमाडौं गएका दाइ द्रोण लामिछानेलाई फोन गरे । दाइको सल्लाह अनुसार उनले तत्काल कुखुराको परीक्षणको लागि भरतपुर पुगे ।

 

१६ गतेको पशु सेवा कार्यालयको रिपोर्टमा ‘एआइभी पोजिटिभ’ रिपोर्ट देखिएको थियो । सो रिपोर्ट कुनै रोगको लक्षण हो भन्ने थाहा पाएपछि थप परीक्षणको लागि काठमाडौ पठाउनुपर्ने थियो । उनीहरुले पठाइदिएनन्, लामिछानेले दुःखेसो गरे । मैले पटक पटक काठमाडौको रिपोर्ट नआएको गुनासो गरेपछि सुनुवाई भएन ।

 

त्यसको लगत्तै मैले पुनः चैत्र २० गते भरतपुरमा नै कुखुरा परीक्षणको लागि स्याम्पल लिएर गएको थिए, उनले भने । त्यतिखेर खोरमा करिव १ हजार ५ सय कुखुरा मरिसकेका थिए, लामिछानेले भने ।

 

त्यस दिनको रिपोर्टमा पनि पहिलाको जस्तै पोजिटिभ रिपोर्ट आएपछि बल्ल परीक्षणको लागि जिल्लाबाट स्याम्पल काठमाडौ पठाइएको थियो, उनले भने । पटक पटक हामीले जिल्ला पशु सेवा कार्यायलमा निरीक्षणको लागि अनुरोध गर्दा पनि यसतर्फ सुनुवाइ नभएको उनले गुनासो पोखे ।

 

आज वहाँहरु निरीक्षणमा आउँदा ढिलो भइसकेको थियो । करिब करिब सबै कुखुराहरु सकिने अवस्था थियो ।
कुखुरा फर्म सञ्चालकलाई भएको क्षति
लोमेन जातको लेयर्स कुखुराले अण्डा दिन थालेको ३ महिना भएको थियो । ५ हजार १ सय कुखुरा मध्ये ९९ प्रतिशत कुखुराबाट अण्डा उत्पादन भईरहेकोमा अचानक रोग लागेपछि अहिले फर्म सञ्चालकलाई कुखुरा गाड्ने ठाउँ समेत अभाव भएको छ । 


उनको ५ सय अट्ने २ वटा खोरका सबै कुखुरा मरेर खोर खाली भएको छ । २ हजार अट्ने अर्को ठूलो खोरमा करिब ३ सय जिउँदा कुखुरा देख्न सकिन्छ भने सो खोरमा मरेका कुखुराहरु थुप्रा थुप्रा लगाई राखिएको छ ।

 

अर्को २ हजार १ सय कुखुरा हालेको खोरमा १ हजार १ सय कुखुरा जिउँदा देखिन्छन् भने मरेका कुखुराहरु थुप्रो थुप्रो र ठाउँ ठाउँमा खोरभित्रै ढलेको देखिन्छ भने केही ढल्दै गरेको पनि देखिन्छ । 


सञ्चालक लामिछानेका अनुसार अब करिव १ हजार ४ सय कुखुरा जिउँदा भएपनि २ दिनभित्रमा कुखुरा सबै सकिने अवस्थामा छ, उनले दुखेसो पोखे । कृषि विकास बैंक भरतपुर शाखाबाट ४७ लाख रुपैया ऋण लिई कुखुरापालन गर्दै आएका लामिछाने परिवारले अब ऋण कसरी तिर्ने भन्नेमा समस्या भएको बताए । सामान्यतया प्रति कुखुरा ८ सयको दरले पनि करिव ४० लाख रुपैया भन्दा बढी क्षति भएको समेत उनले बताए । 


बर्ड फ्लुको आशंकामा परिवारजनले घर छाडे
१ हप्तादेखि कुखुरा मर्न थालेपछि लामिछाने परिवारका ५ जना बालबच्चा र बुबाआमा रत्ननगरको टाँडी क्षेत्रमा गएर बस्न थालेका छन् । उनीहरु विगत ४ दिनदेखि माधवपुरको घर छाडेर गएका हुन् ।

 

रोगको आशंकाले उनीहरु घरभन्दा करिव ६ किलोमिटर तल रहेको जेठो छोराको डेरामा गएर बस्न थालेका छन् । विशेषगरी केटाकेटी र वृद्धवृद्धालाई भाइरसले चाडै आक्रमण गर्न सक्ने आशंकाले उनीहरुले घर छाडेको बताइएको छ । 


सञ्चालक लामिछानेलाई ३ दिनदेखि मरेका कुखुरा गाँड्न भ्याईनभ्याई
फर्मका सञ्चालक अमृत लामिछानेले मरेका कुखुरा गाँड्न थालेको करिव १ हप्ता हुनै लाग्यो । विगत ३ दिनदेखि धेरै मात्रामा कुखुरा मर्न थालेपछि उनले बिहानदेखि बेलुकासम्म खेताला समेत लगाई कुखुरा गाँडेका छन् ।

 

उनले शुरुमा खाल्डो खनी ४ सय कुखुरा गाँडेका थिए भने १८ गते पुनः २ वटा खाल्डो खनी करिव ७–७ सय कुखुरा गाँडेका थिए । त्यसपछि कुखुरा झन् मर्ने क्रम बढेपछि २१ गते ठूलो खाडल खनी १ हजार ३ सय कुखुरा एकैठाउँमा पुरेका थिए ।

 

उनले आज पनि आफु, श्रीमती र खाडल खन्ने खेताला समेत लगाई गहिरो इनार जस्तो खाडल खनेका छन् । हालसम्म उनले ५ वटा खाडल खनेर कुखुरा गाडेको देखाएका थिए ।

सो कुखुरा पुरेको ठाउँ वरपर दुर्गन्ध समेत फैलिएको छ भने अब उनको बारीमा थप कुखुरा गाँड्ने ठाउँ समेत अभाव देखिएको छ । 


मरेका कुखुराको ल्याव परीक्षण कहाँ हुँदैछ ?
२ पटकसम्म १६ गते र २० गते भरतपुर स्थित जिल्ला पशु सेवा कार्यालयमा परीक्षण गरिएको रिपोर्टबाट कुखुरामा ‘एआइभी पोजिटिभ’ देखिएको थियो ।

 

सो रोग देखिएपछि काठमाडौ पठाइएको स्याम्पल छिटो छिटो भन्दा परीक्षण गर्न पटक पटक काठमाडौं स्थित कार्यालयका प्रमुख डिकरदेव भट्टलाई पटक पटक फोन गरेको सञ्चालक द्रोण प्रसाद लामिछानेले बताए ।

 

आजपनि धेरैपटक मैले फोन गरे, ३ बजे दिउसो आउने भनेको रिपोर्ट आएको छैन, १ हप्ता भयो खोरको कुखुरा मरेर सकिइ सक्यो, उनले भने । 
 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

शोसक वर्गले संघीयता विरुद्ध षड्यन्त्र गरिरहेको  जनमत अध्यक्ष डा. राउतको दावी

वीरगंज । बिभिन्न पार्टी परित्याग गरि दर्जनौ ब्यक्तिहरु जनमत पार्टीमा प्रवेश गरेका छन ।

पाँच करोडको लागतमा  चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा

चलचित्र ‘राजकुमारी’ को औपचारिक निर्माण घोषणा गरिएको छ। करिब ५ करोड लगानी लागत अनुमान गरेर निर्माणमा होमिएको निर्माण टिमले चलचित्रको टाइटल सार्वजनिक गर्दै यस चलचित्रले प्रेम, संघर्ष र साहसको अद्वितीय कथा नेपाली दर्शकमाझ प्रस्तुत गर्ने जानकारी दिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.