logo

अपराधी समात्न गएको प्रहरी तीन जना स्थानीयलाई पक्रेर फर्कियो

      3/31/2018 गते 00 00 मा प्रकाशित     937   पटक पढिएको

बीरगंज १७ चैत । डाँका पक्रन गएकोटोली स्थानीय तीनजनालाई पक्रेर फर्किएको छ । बिभिन्न अपराधीक घटना गराएर नेपालमा लुकी छिपी बसेका भारतीय अपराधीलाई पक्रन गउको प्रहरीको टोलीलाई स्थानीयले अवरोध गरे पछि अवरोध गर्ने मध्यकै तीनजालाई पक्रेर प्रहरी फर्किएको हो ।

 

 पर्साको बहुदरमाई नगरपालिका  ५, पटनी गाउँमा  पुगेको प्रहरीमाथि अवरोध सृजन गरेका हुन । स्थानीयको अवरोध पछि प्रहरीसंग उनीहरुको झडप समेत भएको थियो । धटना हिजो राती साढे नौ बजे आसपासकको हो  ।

 

झडपमा परि ६ जना  ५ प्रहरी घाइते भएको छन् ।घाइते हुनेमा  सञ्जय कुमार जयसवाल, अनिल यादव, राजेशकुमार यादव, नवीन पाल र ऋतुराम सोनार रहेको छन ।  

 

 घाइते भएका प्रहरीहरु नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारपछि काममा फर्केको प्रहरी प्रवक्ता डिएसपी राजन लिम्बुले जानकारी दिनु भयो  ।

 

 अभियुक्तलाई नियन्त्रणमा लिने क्रममा  स्थानीय मानिसहरुले प्रहरीको गाडी रोकेर हँसिया, लाठीले प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन लिम्बुले बताए ।


झडपपछि जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय पोखरीयाको टोली घटनास्थल पुगेर घाइतेको उद्धार गरेको थियो ।

 

फरार अभियुक्त भारतमा डकैती र हत्यामा संलग्न व्यक्ति रहेको दावी प्रहरीको छ । स्थानीयको प्रतिकार पछि अभियुक्त भाग्न सफल भएका छन् ।

 

प्रहरी टोलीमाथि नै आक्रमण गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले तीन स्थानीयलाई पक्राउ गरेको छ । स्थानीय जिर्दोधन महतो, मुन्नीलालप्रसाद कुशवाहा र सिताराम प्रसाद कुशवाहा पक्राउ परेका हुन् ।

 

स्थानीयले भने प्रहरीले पक्रेर लगेको तीन जना निर्दोष रहेको दाबी गरेका छन् । प्रहरीले घटनाको बिषयमा थप अनुसन्धान भइरहेको बताएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

चिया चौतारो छाडेर,श्रमदानमाबाटै हुलाकी सडक सफा गर्दै सुवर्णपुरका स्थानीय

ठोरी । ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ओरिया खोला पुल नजिकको बागमोर्चा क्षेत्रका स्थानीयवासीले शनिबार बिदाको समय सदुपयोग गर्दै हुलाकी सडक सरसफाइ गरेका छन।

विपद् राहत कोषमा मदिना जामे मस्जिदद्वारा १ लाख १ हजार रुपैयाँ सहयोग

वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका–६ स्थित मदिना जामे मस्जिदले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.