logo

ओरिया नदीमा निर्माण हुने तटबन्धको पूर्वप्रधानमंत्री नेपालद्वारा शिलान्यास 

      3/28/2018 गते 00 00 मा प्रकाशित     965   पटक पढिएको

वीरगन्ज १४ चैत । छिपहरमाई गाउँपालिकाको “नौगावा”  भनेर चिनिने नौ वटा गाउँलाई वर्षत्को समयमा क्षतबिक्षत पार्ने ओरिया नदीमा तटबन्ध निर्माण हुने भएको छ ।

 
नौगावालाई जोगाउन निर्माण गर्न लागिएको तटबन्धको आज नेकपा  एमालेका बरिष्ठ नेतापूर्व प्रधानमंत्री माधवकुमार नेपालले शिलान्यास गरे ।

 

राष्ट्र संचालनको ड्राइभिङ्ग सिटमा बसिसकेका पूर्वप्रधानमंत्री नेपाल जेसीवीको चालक सिटमा बसेर जेसीवी चलाएर तटबन्धको शिलान्यास गरेका हुन ।

 

 तटबन्धले छिपहरमाई गाउँपालिकाको जयमंगलापुरदेखि झलमहियासम्म ५ किलोमिटर बाँध निर्माण गर्ने योजना रहेको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले बताए ।

यो बाँध निर्माण भएपछि छिपहरमाई गाउँपालिकाका झलमहिया, मिर्जापुर, यमंगलापुर,लगायतका गाउँ बाढीको प्रकोप बाट बच्ने अपेक्षा गरिएको छ ।  कुल ७० लाखको लागतमा तटबन्ध निर्माण गरिने अध्यक्ष गुप्ताले बताए । 


शिलान्यास कार्यक्रमा सरिक पूर्व प्रधानमन्त्री नेपालले उपस्थित स्थानीय सामु नदि तटबन्ध र कृषि आधुनिकीकरण तिब्र गर्दै खाद्यान्न आयातलाई सबै मिलेर विस्थापन गर्नु पर्ने बताए ।

 

कृषि प्रधान देशमा खाद्यान्न आयात सुहाउने कुरा नभएको भन्दै उनले आफ्नै भूमिको ताजा अनाज उत्पादन गर्न कसैले पनि ठग प्रवृति त्याग्नुपर्ने समय आएको बताए ।

 

स्वदेशमा काम नपाएर विदेशमा काम गर्न गएका युवाहरु तर्फ लक्षित गर्दै बरिष्ठ नेता नेपालले अबका युवाहरुले व्यावहारिक शिक्षा हासिल गरी नेपालमा नै धेरै काम गर्नु पर्ने सुझाव दिए । 


सम्बोधनका क्रममा नेता नेपालले ०७० सालको निर्वाचनमा ३ सिट प्रत्यक्षमा जितेको एमालेले गत निर्वाचनमा एउटा पनि सिट पर्सामा ल्याउन नसकेको सन्दर्भ जोडेर नेताहरुले पनि कुनै जात बिषेशको मात्र नेता बन्न नहुने बताए ।

 

 सो कार्यक्रममा फोरम नेपालबाट वडा अध्यक्ष जितेका उमेश कुमार सिंह थारु लगायत दर्जनौं व्यक्ति  एमाले पार्टी प्रवेश गरेका थिए । 

 


कार्यक्रममा नेकपा एमालेका पोलिटब्यूरो सदस्य नागेन्द्र चौधरी , चीरन्जीवी आचार्य पूर्व सभासद राजकुमार गुप्ता नेकपा एमाले पर्साका संयोजक प्रभू हजरा ठोरी गाउँपालिका अध्यक्ष पि.एल.श्रेष्ठ लगायतका नेताहरुको सहभागिता रहेको थियो ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

बरिष्ठ पत्रकार गौतम स्व.पाण्डेको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुदै

वीरगन्ज । वीरगन्जको पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आउनु भएका वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतम लाई स्व. सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार–२०८२ प्रदान गर्ने निर्णय गरिएको छ।

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.