logo

ओरिया नदीमा निर्माण हुने तटबन्धको पूर्वप्रधानमंत्री नेपालद्वारा शिलान्यास 

      3/28/2018 गते 00 00 मा प्रकाशित     994   पटक पढिएको

वीरगन्ज १४ चैत । छिपहरमाई गाउँपालिकाको “नौगावा”  भनेर चिनिने नौ वटा गाउँलाई वर्षत्को समयमा क्षतबिक्षत पार्ने ओरिया नदीमा तटबन्ध निर्माण हुने भएको छ ।

 
नौगावालाई जोगाउन निर्माण गर्न लागिएको तटबन्धको आज नेकपा  एमालेका बरिष्ठ नेतापूर्व प्रधानमंत्री माधवकुमार नेपालले शिलान्यास गरे ।

 

राष्ट्र संचालनको ड्राइभिङ्ग सिटमा बसिसकेका पूर्वप्रधानमंत्री नेपाल जेसीवीको चालक सिटमा बसेर जेसीवी चलाएर तटबन्धको शिलान्यास गरेका हुन ।

 

 तटबन्धले छिपहरमाई गाउँपालिकाको जयमंगलापुरदेखि झलमहियासम्म ५ किलोमिटर बाँध निर्माण गर्ने योजना रहेको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले बताए ।

यो बाँध निर्माण भएपछि छिपहरमाई गाउँपालिकाका झलमहिया, मिर्जापुर, यमंगलापुर,लगायतका गाउँ बाढीको प्रकोप बाट बच्ने अपेक्षा गरिएको छ ।  कुल ७० लाखको लागतमा तटबन्ध निर्माण गरिने अध्यक्ष गुप्ताले बताए । 


शिलान्यास कार्यक्रमा सरिक पूर्व प्रधानमन्त्री नेपालले उपस्थित स्थानीय सामु नदि तटबन्ध र कृषि आधुनिकीकरण तिब्र गर्दै खाद्यान्न आयातलाई सबै मिलेर विस्थापन गर्नु पर्ने बताए ।

 

कृषि प्रधान देशमा खाद्यान्न आयात सुहाउने कुरा नभएको भन्दै उनले आफ्नै भूमिको ताजा अनाज उत्पादन गर्न कसैले पनि ठग प्रवृति त्याग्नुपर्ने समय आएको बताए ।

 

स्वदेशमा काम नपाएर विदेशमा काम गर्न गएका युवाहरु तर्फ लक्षित गर्दै बरिष्ठ नेता नेपालले अबका युवाहरुले व्यावहारिक शिक्षा हासिल गरी नेपालमा नै धेरै काम गर्नु पर्ने सुझाव दिए । 


सम्बोधनका क्रममा नेता नेपालले ०७० सालको निर्वाचनमा ३ सिट प्रत्यक्षमा जितेको एमालेले गत निर्वाचनमा एउटा पनि सिट पर्सामा ल्याउन नसकेको सन्दर्भ जोडेर नेताहरुले पनि कुनै जात बिषेशको मात्र नेता बन्न नहुने बताए ।

 

 सो कार्यक्रममा फोरम नेपालबाट वडा अध्यक्ष जितेका उमेश कुमार सिंह थारु लगायत दर्जनौं व्यक्ति  एमाले पार्टी प्रवेश गरेका थिए । 

 


कार्यक्रममा नेकपा एमालेका पोलिटब्यूरो सदस्य नागेन्द्र चौधरी , चीरन्जीवी आचार्य पूर्व सभासद राजकुमार गुप्ता नेकपा एमाले पर्साका संयोजक प्रभू हजरा ठोरी गाउँपालिका अध्यक्ष पि.एल.श्रेष्ठ लगायतका नेताहरुको सहभागिता रहेको थियो ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

चितवनमा रगतको चरम अभाव, रेडक्रस सोसाइटीद्वारा रक्तदान गर्न अपिल

चितवन । चितवन  जिल्लामा रगतको चरम अभाव भएको छ । यससंगै नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले रक्तदानका कार्यक्रम गरिदिन अपिल जारी गरेको छ ।

उपकार सेवाको सहयोग घरमै ह्वीलचेयर

वीरगंज । पोखरिया नगरपालिकाको वडा नं ६ सिर्सियाका एक बिरामीलाई “कुइन ज्वैलर्स काठमाडौं” को सहयोगमा ह्वीलचेयर प्रदान गरिएको छ।

खेलकुद

नारायणी रङ्गशालाको प्याराफिट पुनर्निर्माण कार्यको  सचिव शिवजी गुप्ताले गरे शिलान्यास

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी रङ्गशालाको प्याराफिट पुनर्निर्माण कार्यको मधेश प्रदेश खेलकुद परिषदका सदस्य सचिव सचिव शिवजी गुप्ताले शिलान्यास गरेका छन ।

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.