logo

खर्च भएन विकास बजेट

      3/25/2018 गते 00 00 मा प्रकाशित     1085   पटक पढिएको

अली असगर देवान 

बीरगन्ज ११ चैत । पर्साका अधिकांश स्थानीय तहको विकास बजेट खर्च हुन सकेको छैन । सेवा केन्द्र विवाद, नगर/ गाउँसभाको समस्या तथा सेवा–सुविधामा असन्तुष्टिका कारण विकास निर्माण प्रक्रिया अघि नबढेको हो ।

पोखरिया नगरपालिकाको नगरसभा १३ पुसमा भएको थियो । नगरसभा भएकोे यतिका समय भए पछि नगरपालिकाले विकास निर्माणमा आफ्नो पाइला अघि लैजान सकेको छैन ।

त्यति मात्र नभई आन्तरिक विवादले करिब एक साता नगरपालिकामा तालाबन्दी नै भयो । असन्तुष्टि सम्बोधनपछि तालाबन्दी खोलिएको उपमेयर सलमा खातुनको भनाइ छ ।

उनका अनुसार विकास निर्माणका लागि नगरपालिका टेन्डर प्रक्रियामा गइसकेको छ । सेवा केन्द्र र नामको विषय लिएर सखुवा प्रसौनी गाउँपालिकामा तालाबन्दी भएको थियो ।

 

वीरगन्ज महानगरपालिका, पोखरिया, बहुदरमाई र पर्सागढी नगरपालिका तथा विन्दवासिनी, जगरनाथपुर, छिपहरमाई, कालिकामाई, धोबनी, पकहामैनपुर, जगरनाथपुर, ठोरी, पटेर्वा सुगौली र जिराभवानी गाउँपालिका गरी १४ स्थानीय तह छन् । त्यसमध्ये पर्सागढी नगरपालिकाको नगरसभा हुन सकेको छैन । स्थानीय चुनाव भएको ६ महिना बितिसक्दा पनि नगरसभामा ढिलाइ हुन गएको नगर कार्यपालिका स्रोतको भनाइ छ । नगर÷गाउँसभा नभएर नाला, सडक, स्कुल, स्वास्थ्य चौकीसहित अन्य भौतिक संरचना निर्माण ठप्प छन् ।

आर्थिक वर्ष २०७४÷७५ का लागि ४ अर्ब ६ करोड पुँजीगत बजेट विनियोजित छ । एक अर्ब २३ करोड अर्थात् ३० प्रतिशत बजेट खर्च भएको हो । चालुतर्फ पनि आर्थिक वर्षको सात महिनामा ६२ दशमलव २७ प्रतिशत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय पर्साले जनाएको छ ।

चालू आर्थिक वर्षका लागि ७ अर्ब ७६ करोड रुपैयाँ विनियोजन गरिएको छ । जसमध्ये ४ अर्ब ८३ करोड अर्थात ६२।२७ प्रतिशत रकम खर्च भएको प्रमुख कोषनियन्त्रक बालाकृष्ण अधिकारीले जानकारी दिए ।

 

कोलेनिकामा चालुतर्फ करिब ६२ दशमलव २७ प्रतिशत बजेट रकम निकासा भएको देखिए पनि स्थानीय तहमा भने अझै त्यो प्रतिशत कम रहेको जनाइएको छ । स्थानीय तहमा पठाइएको रकमसमेत गाउँपालिका, नगरपालिका, महानगरपालिका कार्यालयको खातामै मौज्दात रहेको अधिकारीले जानकारी दिए ।

 

अहिले चालु आर्थिक वर्षको दोस्रो चौमासिक चलिरहेको छ । विकास निर्माणका लागि नगर÷गाउँपालिकासँग करिब साढे तीन महिना समय मात्र बाँकी छ ।

यही समयभित्र टेन्डरको सूचना प्रकाशन गर्ने, टेन्डर दिने र ठेकेदारले प्रक्रिया पूरा गरेर विकास निर्माणका कार्य गर्नुपर्ने हुन्छ । त्यो समयले साथ नदिने विज्ञ बताउँछन् । विकासका निम्ति विनियोजित बजेट कोटेसनका आधारमा खर्च गर्नुपर्ने अवस्था छ ।

यसरी खर्च गर्दा दलहरूले कार्यकर्तामार्फत विकास निर्माणका काम टुक्रा–टुक्रामा गर्ने भएकाले गुणस्तरीय नहुने कांग्रेस पर्साका सचिव श्याम पटेलको भनाइ छ । सभार ः अन्नापूर्णपोष्ट दैनीक

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

बरिष्ठ पत्रकार गौतम स्व.पाण्डेको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुदै

वीरगन्ज । वीरगन्जको पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आउनु भएका वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतम लाई स्व. सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार–२०८२ प्रदान गर्ने निर्णय गरिएको छ।

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.