logo

अबको समय भनेकै विकास र समृद्धिको हो -  पर्यटन मन्त्री अधिकारी

      3/23/2018 गते 00 00 मा प्रकाशित     714   पटक पढिएको

बारा,९चैत .
पर्यटन मन्त्री रबिन्द्र अधिकारीले अबको समय भनेकै विकास र समृद्धिको भएको बताएका छन् । 


आपसी सद्भावको पहिचान सिमरालाई नमुना एवंम् व्यापारीक केन्द्र बनाउँने हाम्रो अभियान भन्ने मुल नाराका साथ बाराको सिमरा रंगशालामा शुक्रवारबाट सुरु भएको प्रथम सिमरा औद्योगिक व्यापार मेला , कृषि तथा खेलकुद महोत्सव २०७४ लाई सम्बोधन गर्दै मन्त्री अधिकारीले अब आउँने पाँच वर्ष भित्र दोश्रो अन्तराष्ट्रिय विमानस्थलको काम ५० प्रतिशत सकिने बताएका हुँन् ।


मन्त्री अधिकारीले दुई वर्ष भित्र दोस्रो अन्तराष्ट्रिय विमानस्थलको पुर्व तयारीको काम सक्ने र पाँच वर्ष भित्र ५० प्रतिशत काम सक्ने लक्ष्य लिएको बताएका छन् ।  अधिकारीले आउँने पाँच बर्ष भित्र दोश्रो अन्तराष्ट्रिय विमानस्थलको काम ५० प्रतिशत सकिने बताए ।

 


बाराको सिमरामा शुक्रबार आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै सो बताए  ।
उनले विमानस्थलको पुर्व तयारीको काम दुईबर्ष भित्र सुरुहुने त्यसपछि ४ देखि ५ बर्ष भित्र निर्माण सम्पन्न हँने बताए ।

 


बर्तमान अवस्थामा राजधानीको विमानस्थलले मात्र थेग्न नसकिरहेको अवस्थाका कारण दोश्रो अन्तराष्ट्रिय स्थरको विमानस्थल अपरीहार्य भएको बताए ।


निजगढ बिमानस्थल निर्माणमा राज्यकै चासो बढेकोले अव काम चाडो थालिले बताउदै मन्त्री अधिकारीले मोआव्जा र ऐलानी बस्तीका नागरीक प्रति राज्यले न्यायोचित निर्णय गर्ने बताए ।


बिमानस्थल निर्माण भन्दा बढि पुर्ब तयारी असाध्यै समय लाग्ने भएकोले निर्माणमा सुस्तता देखीएकोले अब चाढै देखीने कामहरु हुँने बताए ।

 

राजधानीमा रहेको एक मात्र अन्तराष्ट्रिय विमानस्थलमा अत्याधिक चाप भएकाले सरकारले तत्कालै दोश्रो अन्तराष्ट्रि विमानस्थलको कामलाई गति दिने र आन्तरीक वायुसेवालाई व्यवस्थित गर्ने कार्य प्रार्थमिक्तामा रहेको बताए । 


दोस्रो अन्तराष्ट्रिय बिमानस्थल निर्माणमा राज्य कै चाँसो बढेकोले अब काम चाँडो थालिने बताउँदै मन्त्री अधिकारीले मुआव्जा र ऐलानी बस्तीका नागरीक प्रति राज्यले न्यायोचित निर्णय गर्ने बताए । दोस्रो अन्तराष्ट्रिय बिमानस्थल निर्माण भए २२ देखि २५ मुलुकको हवाई ट्रान्जित बन्न सक्ने बताए ।


आजै मन्त्री अधिकारी विमानस्थल निर्माण हुने क्षेत्रको निरिक्षण गरी त्यहाँ रहेका बस्तीहरुको अवस्थाको बारेमा समेत जानकारी लिएका थिए । 

 


आज देखि १० दिन सम्म चल्ले यो महोत्सवमा विभिन्न व्यापार लगायत पुरुष तथा महिला फुटबल प्रतियोगिता गराईनुका साथै राष्ट्रिय कलाकारहरुले लोक दोहोरीबाट मनोरंजन गराउँने आयोजकले जनाएको छ ।


मेलामा झण्डै चार सय स्टल रहेका छन् , भने विभिन्न मनोरंजका उपकरणहरु राखिएको छ । दश दिन सम्म लाग्ने यस महोत्सव ५० हजार भन्दा बढी दर्शकले मेला हेर्ने र दुई करोड भन्दा बढीको कारोवार हुँने आयोजकले जनाएको छ । 


कार्यक्रममा संनन्धीत सरोकारवाला, जनप्रतिनिधिहरु र स्थानीय अगुवाहरुले आ–आफ्ना धारणा राखेका थिए ।


यसैबिच कार्यक्रम पछि उनी बाराको टाँगियाबस्ती स्थित अन्तराष्ट्रिय विमान स्थलमा गएर अवलोकन गरेका थिए ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा सुधार अभियान, गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी

पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय  महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.