logo

पत्रिकाका प्रकाशकहरुलाई तीन करोड रकम बाँडियो 

      3/19/2018 गते 00 00 मा प्रकाशित     846   पटक पढिएको

बीरगंज ५ चैत्र । मध्यमाञ्चलका बिभिन्न जिल्लाहरुमा पत्रिका प्रकाशन गरे बापत मात्रै करिब रु.तीन करोड रुपैयाँ संचार केन्द्र हेटौंडाले बितरण गरेको पाइएको छ ।

 

बारा,पर्सा र रौतहटका पत्रिकाका संचालकहरुका लागि संचार केन्द्र हेटौडाले सोमबार नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको सभाकक्षमा आयोजना गरेको रकम भुक्तानी बिषयकको अन्तरकृया कार्यक्रममा संचार केन्द्र हेटौंडाका प्रमुख दीलिप श्रेष्ठले यस्तो जानकारी दिएका हुन् ।

 

उनका अनुसार संचार केन्द्रले मकवानपुर सहित बारा,पर्सा लगायत तराई र पहाडका जिल्लामा प्रकाशित भएका दैनिक,साप्ताहिक तथा पाक्षिक र मासिक लगायतका पत्रिकाका संचालकहरुलाई हालसम्म रु.२ करोड,९४ लाख,२५ हजार ७ सय २० रुपैयाँ रकम बितरण गरेको जानकारी दिए ।

 

प्रेस काउन्सीलले बर्गीकरण गरेको श्रेणीका आधारमा रकम उपलब्ध गराइएको उनले बताए् । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका शाखाका अध्यक्ष हरि हुमागाई, पर्सा शाखाका अध्यक्ष श्याम बन्जरा सहित पत्रकारहरु पुरुषोत्तम सिंह भट्टराई,शुद्र्धशन राज पांण्डे,गीरिराज ओली,महेशचन्द्र गौतम लगायतले आफ्ना सुझावहरु राखेका थिए ।

 

सो क्रममा हेटौंडाबाट प्रकाशित सम्मृद्ध समाज दैनिकका प्रकाशक सुरेश श्रेष्ठले एक कार्यपत्र समेत प्रश्तुत गरेका थिए । कार्यक्रम पत्रकार महासंघ मकवानपुर शाखाका सचिव गणेशदर्पण अधिकारीको सहजीकरणमा सम्पन्न भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

बरिष्ठ पत्रकार गौतम स्व.पाण्डेको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुदै

वीरगन्ज । वीरगन्जको पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आउनु भएका वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतम लाई स्व. सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार–२०८२ प्रदान गर्ने निर्णय गरिएको छ।

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.