logo

पर्सा कांग्रेसद्वारा दुई संघर्षशिल पत्रकारहरुको सम्मान

      3/16/2018 गते 00 00 मा प्रकाशित     926   पटक पढिएको

वीरगन्ज २ चैत ।
    नेपाली काँग्रेस पर्सा जिल्ला कार्य समितिले एभिन्यूज खबरका केन्द्रिय व्यूरो संयोजक राजु श्रेष्ठ तथा अन्नपूर्णपोष्ट पत्रिकाका प्रदेश नं. २ का व्यूरो प्रमुख अलि असगर देवानलाई सम्मान गरेको छ ।

 

साल्ट ट्रेडिड्ड स्थित पार्टी कार्यालयमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा नेपाली काँग्रेस पर्साका सभापति अजय द्विवेदीले अविर टिका लगाई दोसल्ला ओढाई सम्मान गरेका थिए । 

 

    कार्यक्रममा बोल्दै द्विवेदीले पत्रकारिता क्षेत्रमा राजु श्रेष्ठले पु¥याएको  योगदान उल्लेखनीय रहेको भन्दै वीरगन्जकै माटोमा जन्मी, हुर्की वीरगन्जलाई पत्रकारिता मार्फत देशभरि नै चिनाउने यस्ता व्यक्तित्वहरुलाई सम्मान गर्नु पाउदा आफू लगायत पार्टी नै गौरवान्वित   भएको बताएका थिए ।

 

उनले अन्नपूर्णपोष्ट दैनीकको प्रदेश २ को ब्यूरो प्रमुखमा युवा पुस्ताका पत्रकार अलि असगरको छनौट पनि महत्वपूर्ण रहेको बताए । उनले पत्रकारिता एउटा आफैमा चुनौतिपूर्ण पेशा रहेकोमा आफ्नो पेशाप्रति सदैव इमान्दार, कर्तव्यनिष्ट रही दिन रात आफ्नो कर्तव्यप्रति निष्ठावान रहेका यस्ता व्यक्तित्वहरु वीरगन्जकै धरोहर रहेकोमा सन्तोष ब्यक्त गरेका थिए ।  


   यसैगरि कार्यक्रममा नेपाली काँग्रेसका नेता विरेन्द्रलाल नेपाली, जनाद्र्धन सिंह क्षेत्री, नेपाली कांग्रेसका सचिव श्याम पटेल नेपाल पत्रकार महासंघका पूर्व सभापति अशोक तिवारी, रामनारायण कुर्मी लगायतले एभिन्यूज खबरको केन्द्रिय व्यूरो संयोजकमा पदोन्निति भएका श्रेष्ठ तथा अन्नपूर्णापोष्टका प्रदेश नं. २ व्यूरो प्रमुख अलि असगर देवानले पत्रकारिता पेशामा लागेदेखि नै गरेको संघर्षहरुको बारेमा चर्चा गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

नेपाल यातायात व्यवसायी महासंघ पर्साको अध्यक्षमा  मानन्धर सचिवमा  श्रेष्ठ  सर्वसम्मत चयन

वीरगञ्ज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पर्सा जिल्ला कमिटीको अधिवेशन सम्पन्न भएको छ।

निर्वाचन प्रहरी भर्नाः तीन पटक म्याद थप्दा पनि आवेदन अपुग, आवेदन दिन बागलुङ आग्रह

बागलुङ ।  बागलुङ जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक निर्वाचन प्रहरी भर्नामा अपेक्षाअनुसार आवेदन परेको छैन।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.