logo

बहुदरामाई नगरपालिकामा तोडफोड तीन जनाबिरुद्ध मेयरले दिए उजुरी

      3/15/2018 गते 00 00 मा प्रकाशित     2134   पटक पढिएको

बीरगंज १ चैत ।
बहुदरामाई नगरपालिकाका प्रमुख नितेन्द्र साहले बिहिवार तीन जना बिरुद्ध जिल्ला प्रहरी कार्र्यालय पर्सामा उजुरी गरेका छन । 
दिउसो बहुवरीमा रहेको नगरपालिकाका कार्यलयमा स्थानीयले तोडफोड गरेका थिए ।

 

कार्यलयमा प्रमुख नआउने प्रमुख प्रशासकीय अधिकृत छुट्टीमा भएको बेला आज स्थानीय केही ब्यक्तिले नगरपालिका कार्यलयको एउटा कुर्सी,नगर प्रमुखको नेम प्लेट र झ्यालको एउटा शिसा फोरेका थिए ।

 

स्थानीयले जनताको काम गर्न मेयर पनि नबस्ने अधिकृत पनि नबस्ने हो भने अरु पनि बस्नु पर्दै तपाईहरु निस्कनुस हामी ताला लाउछौ भन्दै तीन चार जनाले तोडफोड गरेको नगरपालिकाका एक कर्मचारीले बताए ।


    त्यही तोडफोडमा संलग्न भएको भन्दै नगरप्रमुख नितेन्द्र साहले पर्सागढी नगरपालिका चैनपुरका रमेश कुमार यादव ,बहुदरामाई नगरपालिका बहुवरीका सुरेन्द्र यादव र भौराटारका गौरी शंकर मण्डल बिरुद्ध  जिल्ला प्रहरी कार्यालय पर्सामा सार्वजनीक अपराध अन्र्तगत उजुरी दिएका हुन ।
अर्कै छ चुरो कुरा 
पर्सागढी नगरपालिका र बहुदरामाई नगरपालिकाको वीचमा रहेको तिलावे नदीमा तिलावे अर्गना सिचाई योजना निर्माणकोलागि स्वीकृत भएको छ ।

 

पछिल्लो पटक के.पी.ओली सरकारको पालामा सिचाईमंत्री उमेश यादव हुदा यो योजना स्वीकृत भएको थियो । योजना अन्र्तगत एकटांगामा सिचाईका निम्ति बाँध निर्माण कार्य गर्नु पर्ने छ ।


    सिचाई पूर्नस्थापना आयोजना अन्र्तगत स्वीकृत तिलावे अर्गना सिचाई आयोजनाको निर्माणकालागि उपभोक्ता समिति बनाउन सिचाई बिकास डिभिजन कार्यालय बीरगंजले दुबै नगरपालिकालाई पत्राचार गरेको थियो ।

 

त्यसैको आधारमा दुबै नगरपालिकाले आम उपभोक्ताको भेला गरि उपभोक्ता समिति बनेको भन्दै सिफारिश समेत गरेका छन । दुबै नगरपालिकाले फागुन २५ गते सिफारिश गरेका हुन ।

 

दुबै नगरपालिकाका प्रमुखहरुले आम उपभोक्ताको भेला भएको दावी गरेपनि पर्सागढी नगरपालिकाको वडा नं  ७ का अध्यक्ष रामरेखा सिंह राजपुत र बहुदरामाई नगरपालिकाका वडाध्यक्ष रामजी साह तेलीले  उपभोक्ताको भेलाबाट उपभोक्ता समिति गठन नभएको दावी गरेका छन ।

 

उनीहरुले बीरगंजको आफनो कोठमा बिना कुनै भेला उपभोक्ता समिति बनाइएको आरोप लगाएका छन । दुबै नगरपालिका र राष्ट्रीय जल सिचाई उपभोक्ता महासंघ पर्साले समेत सिफारिश गरेको उपभोक्ता समितिलाई सिचाई डिभिजन कार्यालयले दर्ता गरेको कार्यालय प्रमुख रामानन्द दासले बताए ।

 

कार्यालय प्रमुख दासले आयोजनाको अन्तिम डेटलाईन फागुन ३० सम्म थियो त्यसलाई बचाउनकालागि पनि उपभोक्ता समिति दर्ता गरेको उनले बताए । समिति कालागि चाहिने सबै कागजात संलग्न भएकोले समिति दर्ता गर्नु परेको उनले बताए ।
कुवेती सरकारको लगानीमा बन्ने आयोजना अलपत्र हुने डर

कुवेती सरकारको सहयोगमा निर्माण हुन लागेको सिचाई योजनाको टेण्डर भइसकेको छ ।

 

तर दाताले आयोजनामा उपभोक्ताको लागत सहभागिता सुनिश्चित भएपछि मात्र काम शुरु गर्नु पर्ने भएकोले समिति अनिवार्य भएको हो ।

 

उपभोक्ताको तर्फबाट शुरु मै नौ लाख १५ हजार रुपैया धरौटी राख्नु पर्ने प्रावधान रहेको छ । आयोजनाको निर्माण अवधीमा उपभोक्ता समितिले ५५ लाख रुपैयाको जनश्रमदान गर्नु पर्ने छ ।

 

समितिको नेतृत्वमा १५ लाख रुपैयाको संरचना निर्माण मात्र गर्न पाउने प्रावधान रहेको छ ।

 

नमुना सिचाई योजना बनाउनकालागि कुवेतले लगानी गरेको भएपनि स्थानीय तहमा देखिएको विवादको कारण आयोजना फिर्ता जाने सम्मको डर रहेको छ ।

 

आयोजनाको निर्माणमा वास्तविक जनताको सहभागिता नभएको स्थानीयहरुको भनाई छ । एक अर्कामा बिश्वासको कमी र अति राजनीतिका कारण आयोजना फिर्ता भयो भने त्यसको घाटा स्थानीय जनातले पाउने कुरा प्रति जनप्रतिनिधि र राजनीतिक अगुवा भने जिम्मेवार नभएको टिप्पणी गर्न थालिएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

नेपाल यातायात व्यवसायी महासंघ पर्साको अध्यक्षमा  मानन्धर सचिवमा  श्रेष्ठ  सर्वसम्मत चयन

वीरगञ्ज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पर्सा जिल्ला कमिटीको अधिवेशन सम्पन्न भएको छ।

निर्वाचन प्रहरी भर्नाः तीन पटक म्याद थप्दा पनि आवेदन अपुग, आवेदन दिन बागलुङ आग्रह

बागलुङ ।  बागलुङ जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक निर्वाचन प्रहरी भर्नामा अपेक्षाअनुसार आवेदन परेको छैन।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.