logo

 घ्याङडाडामा अस्थायी गाउँपालिकाको कार्यालय संचालन ,बिकास निर्माणका कामलाई तिव्रता दिइने 

      3/15/2018 गते 00 00 मा प्रकाशित     787   पटक पढिएको

बीरगंज १ चैत ।
ठोरीको वडा न ४ मा रहेको घ्याङडाडामा गाउँपालिकाको अस्थायी कार्यालय राख्ने निर्णय आज बसेको बोर्ड बैठकले गरेको छ।यसअघि वडा न ५ सुवर्णपुरमा रहेको गाउँपालिका कार्यालय घ्याङ्डाडामा सार्ने निर्णय भएपछि सुवर्णपुरबासीहरु गत माघ १६ गतेदेखि नै आन्दोलित भैरहेका छन् ।


वडा न २ को वडा कार्यालयमा बसेको बोर्ड बैठकले आज यस्तो निर्णय गरेको हो।लामो समयदेखि जारी बन्द हडतालले गर्दा गत माघ १५ गतेको गाउँसभाले पारित गरेको आब २०७४र७५ का लागि बिनियोजन गरिएको बजेट फिर्ता हुने अबस्था सृजना हुन लागेकोले बिकास निर्माणलाई तिब्रता दिन अस्थायी रुपमा भएपनि गाउँपालिकाको कार्यालय तोकिएको प्रबक्ता रामप्रकाश कुवरले जानकारी दिए।

 

सुवर्णपुरमा रहेको कार्यालयबाट नै गापाको दैनिक प्रशासन र बिकास निर्माण सम्बन्धि कार्य गर्न असुरक्षाको कारणले असम्भव भएकोले घ्याङडाडामा अस्थायी कार्यालय राख्ने निर्णय गरिएको उनले बताए । गाउँ सभाको माघ १५ को निर्णय खारेजीको माग राखेर गत माघ १६ गतेदेखि आन्दोलनरत सुवर्णपुरका आन्दोलनकारीहरुले गाउँपालिका कार्यालयमा रहेको फर्निचर तोडफोड गर्दै कागजातहरु समेत जलाएका थिए।

गापा अध्यक्ष पि।एल।श्रेष्ठको अध्यक्षतामा बसेको आजको बैठकमा गाउँपालिका भित्र जारी आन्दोलन र सुरक्षा चुनौती बिषयमा समेत छलफल भएको थियो।लामो समयदेखिको बन्द हडतालले जनताहरुले सास्ती बेहोर्नु परेको ठहर गर्दै यातायात सुचारु गर्न सुरक्षाको वातावरण निर्माण गर्नको लागि सुरक्षा निकायसंग अनुरोध गर्ने निर्णय पनि आजको बैठकले गरेको प्रबक्ता कुवरले बताए।

 

१३ सदस्यीय गाउँपालिकाको बोर्ड बैठकमा आज सुवर्णपुरबाट प्रतिनिधित्व गर्ने ४ जना बोर्ड सदस्यहरु अनुपस्थित थिए। गापा उपाध्यक्ष शान्तिमाया थिङ ,५ न वडाका वडाध्यक्ष राम बहादुर पाख्रीन,सदस्यहरु अनुखा सुनार र दिपक सुनाम आजको बैठकमा सहभागी भएनन् ।


बोर्ड बैठकमा तत्काल कायम सदस्य संख्याको पचास प्रतिशत भन्दा बढी सदस्य उपस्थित भएमा सो बैठकका लागि गणपुरक संख्या पुग्ने कानुनी व्यवस्था स्थानीय सरकार संचालन ऐन २०७४ ले गरेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार युवा पत्रकार आशु सर्राफलाई प्रदान

वीरगञ्ज । दिवंगत पत्रकार नरेश सर्राफको स्मृतिमा स्थापित ‘स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार’ यस वर्ष युवा पत्रकार आशु सर्राफलाई प्रदान गरिएको छ।

शिकारीबास प्राथमिक विद्यालयको नवनिर्मित भवन अध्यक्ष श्रेष्ठद्वारा  उद्घाटन

ठोरी ।  ठोरी गाउँपालिका–३, शिकारीबासस्थित प्राथमिक विद्यालयको नवनिर्मित भवन आज एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.