logo

प्रेस चौतारी पर्साद्वारा राजु श्रेष्ठ सम्मानित

      3/15/2018 गते 00 00 मा प्रकाशित     1083   पटक पढिएको

वीरगञ्ज, १ चैत : 

प्रेस चौतारी नेपाल पर्सा शाखाले पत्रकार राजु श्रेष्ठलाई बिहीबार अभिनन्दन गरेको छ । एभिन्युज टेलिभिजनको “नेपाल ब्यूरो प्रमुख” नियुक्त भएका पत्रकार श्रेष्ठलाई नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आयोजित कार्यक्रममा प्रेस चौतारी नेपाल पर्साले अभिन्नद गरेको हो ।

उनलाई नेकपा एमालेका पर्सा संयोजक प्रभु हजराले दोसल्ला र अविर लगाएर अभिनन्दन गरेका थिए । प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले पर्साका संयोजक हजरा, केन्द्रिय प्रचार विभाग सदस्य अरविन्द सिंह, माओवादी केन्द्रका युवा नेता प्रभाकर गुप्ता, संघीय समाजवादी फोरमका तवरेज आलम लगायतले पत्रकार श्रेष्ठको योगदानको चर्चा गर्दै थप प्रगतिको कामना गरे । 

कार्यक्रमको स्वागत प्रेस चौतारी पर्साका सचिव सञ्जिव मिश्रले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य प्रेस सेण्टर नेपाल पर्साका अध्यक्ष निरज पिठाकोटेले गरेका थिए । अभिनन्दन समारोहमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष महेश दास, पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष शत्रुघन नेपाल, केसी लामिछाने लगायत पर्सेली सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

वीरगंज। पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत हेटौँडा–नारायणगढ सडकखण्डमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

सूर्य नेपालको सहयोगमा वीरगंजमा प्लास्टिक फोहोर प्रशोधन प्लान्टको निर्माण अन्तिम चरणमा, महानगर प्रमुख सिंहले गरे स्थलगत अवलोकन

वीरगंज । वीरगंज महानगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) मा प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि निर्माण भइरहेको प्रशोधन प्लान्टको काम अन्तिम चरणमा पुगेको छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.