logo

प्रेस चौतारी पर्साद्वारा राजु श्रेष्ठ सम्मानित

      3/15/2018 गते 00 00 मा प्रकाशित     962   पटक पढिएको

वीरगञ्ज, १ चैत : 

प्रेस चौतारी नेपाल पर्सा शाखाले पत्रकार राजु श्रेष्ठलाई बिहीबार अभिनन्दन गरेको छ । एभिन्युज टेलिभिजनको “नेपाल ब्यूरो प्रमुख” नियुक्त भएका पत्रकार श्रेष्ठलाई नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आयोजित कार्यक्रममा प्रेस चौतारी नेपाल पर्साले अभिन्नद गरेको हो ।

उनलाई नेकपा एमालेका पर्सा संयोजक प्रभु हजराले दोसल्ला र अविर लगाएर अभिनन्दन गरेका थिए । प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले पर्साका संयोजक हजरा, केन्द्रिय प्रचार विभाग सदस्य अरविन्द सिंह, माओवादी केन्द्रका युवा नेता प्रभाकर गुप्ता, संघीय समाजवादी फोरमका तवरेज आलम लगायतले पत्रकार श्रेष्ठको योगदानको चर्चा गर्दै थप प्रगतिको कामना गरे । 

कार्यक्रमको स्वागत प्रेस चौतारी पर्साका सचिव सञ्जिव मिश्रले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य प्रेस सेण्टर नेपाल पर्साका अध्यक्ष निरज पिठाकोटेले गरेका थिए । अभिनन्दन समारोहमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष महेश दास, पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष शत्रुघन नेपाल, केसी लामिछाने लगायत पर्सेली सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.