logo

पर्सामा उपभोक्ताहरु ठगिएका छन-प्रजिअ सिंह

      3/14/2018 गते 00 00 मा प्रकाशित     1341   पटक पढिएको

बीरगंज १ चैत । उपभोक्ताको हक कार्यान्वयन गराउने नियमनकारी निकायले नै पर्सामा उपभोक्ताहरु बिक्रेताहरुबाट व्यापक रुपमा ठगिदै आएको बताएको छ ।

 

विश्व उपभोक्ता दिवसको अवसरमा कन्जुमर आइ नेपाल पर्साले वीरगन्जमा आज आयोजना गरेको उपभोक्त हक संरक्षणमा स्थानीय तहको भूमीका विषयक विचार गोष्ठीमा बोल्दै पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले पर्सामा बिक्रेताहरुबाट उपभोक्ताहरु व्यापक रुपमा ठगिएको बताएका हुन  ।

 

उनले  उपभोक्ताहरु आफै सचेत नभएका कारण पनि बिक्रेताहरुबाट ठगिने क्रम निरन्तर चलिरहेको बताए । उनले उपभोक्ताको हक संरक्षणको सवाल, स्थानीय तहको प्राथमिकतामा नै पर्न नसकेको पनि बताए  ।

 

उनले उपभोक्ताको हक  कार्यान्वयनमा छ कि छैन भनेर नियमन गर्ने जिम्मेवारी अहिले स्थानीय तहमा आएको भएपनि जनप्रतिनिधिहरुले यस विषयमा चासो समेत नदेखाएको आरोप लगाए ।

 

उपभोक्तालाइ ठग्ने बिक्रेता र उत्पादकहरुको नियमन र कार्वाहीका लागि पहलकदमी लिन पर्साका सबै स्थानीय तहलाइ आफुले पटक पटक आग्रह गर्दै आएको भएपनि यसमा उनीहरुले सहयोग नगरेको प्रजिअ सिंहको भनाई छ ।  

 

पसलहरुमा क्रेताले स्पष्ट देख्ने गरि सामानको मुल्य सूची अनिवार्य राख्नु पर्नेमा  वीरगन्जमा रहेका पसलहरुमा भने मुल्य सूची नराखेको  अवस्था रहेको भन्दै प्रमुख जिल्ला अधिकारी सिंहले पसलमा बिक्री गर्न राखिएका मालसामानमा बिक्री मुल्य पनि अंकीत नभएका कारण पनि उपभोक्ताहरु  बिक्रेताहरुबाट ठगीने गरेको बताए ।

 

वीरगन्ज महानगरपालिका कार्यालयका कानूनी सल्लाहकार एंव अधिवक्ता कमल मोहन पोखरेलले संविधानमा उपभोक्ताको हक, मौलीक हकमै सुनिश्चित गरिएको भएपनि नियमनकारी निकायको उदासीनताका कारण उपभोक्ताहरु ठगिने क्रम नरोकिएको बताए  ।

 

नयाँ संविधानले उपभोक्ता हक कार्यान्वयनको जिम्मेवारी स्थानीय तहलाइ दिएको भनिए पनि त्यसमा स्पष्टता नभएका कारण जनप्रतिनिधिहरु नै अन्यौलमा रहेको अधिवक्ता पोखरेलको भनाइ छ ।

 

उपभोक्ता हक संरक्षण गर्ने पहिलो जिम्मेवारी राज्यको भएपनि उ आफनो जिम्मेवारीबाट पन्छिन खोजेको अवस्था रहेको भन्दै अधिवक्ता पोख्रेलले उपभोक्ता हकको नाममा खुलेका संघसंस्थाहरु पनि नाम मात्रको भएको आरोप लगाउनु भयो । उपभोक्ता सचेत , बिक्रेता जवाफदेही  र नियमनकारी निकाय उत्तरदायी भए मात्र उपभोक्ता गठिने क्रम रोकिने उनले बताए  ।

 

नेपाली काँग्रेस पर्साका सचिव श्याम पटेलले राज्यको उदाशीनता र उपभोक्तावादी संघसंगठनको निस्कृयताका कारण आम उपभोक्ताहरु बिक्रेताहरुबाट लुटिन बाध्य भएको बताए  ।

 

कन्जुमर आइ नेपाल पर्साका अध्यक्ष केसी लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारी, पत्रकार महेशचन्द्र गौतम, माछा मासु व्यवसायी संघ वीरगन्जका सचिव ग्यासु मियाँ देवान, नेविसंघका नेता दिलिपराज कार्की, अखिल क्रान्तिकारीका नेता प्रभाकर गुप्ताका साथै विभिन्न संघसंस्थाका प्रतिनिधि, सन्चारकर्मी लगायतको सहभागीता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

वीरगंज। पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत हेटौँडा–नारायणगढ सडकखण्डमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

सूर्य नेपालको सहयोगमा वीरगंजमा प्लास्टिक फोहोर प्रशोधन प्लान्टको निर्माण अन्तिम चरणमा, महानगर प्रमुख सिंहले गरे स्थलगत अवलोकन

वीरगंज । वीरगंज महानगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) मा प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि निर्माण भइरहेको प्रशोधन प्लान्टको काम अन्तिम चरणमा पुगेको छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.