logo

बदनीयतपूर्वक केन्द्र सार्ने र नाम फेर्ने निर्णय ,जनतामा आक्रोश, अध्यक्षको पुत्ला जल्यो 

      3/14/2018 गते 00 00 मा प्रकाशित     873   पटक पढिएको

बीरगंज २९ फागुन । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा आज स्थानीहरुले तालाबन्दी गरेका छन । गाउँपालिकाका अध्यक्ष प्रदीप जयसवालले गाउँपालिकाको नाम फेर्ने र गाउँपालिकाको केन्द्र सार्ने बिषयमा षडयन्त्रपुर्वक काम गरेको भन्दै स्थानीयले तालाबन्दी गरेका हुन ।

 

स्थानीयले आज दिनभरि गाउँपालिका कार्यलय भएको पचगावा बजारमा प्रर्दशन गर्नुका साथै अध्यक्ष जयसवालको पुतला समेत जलाएका छन ।

 

सखुवा प्रसौनी गाउँपालिकाको केन्द्र पचगावा बजार गाउँपालिकाको मध्यभागमा पर्छ । महुवन,लखनपुर एकडरवा,देउरवाना,कौवावन कटैया ,सखुवार प्रसौनी र मधुवन मथवल मिलेर बनेको सखुवा प्रसौनी गाउँपालिकाको मध्यभागमा रहेको केन्द्र सार्ने कुरा सहज पहुचका हिसावले बेठीक र अबैज्ञानिक रहेको स्थानीयको भनाई छ ।

 


गाउँपालिका अध्यक्ष जयसवालले गाउँपालिकाको नाम फेर्न र केन्द्र सार्नकालागि नयाँ माइन्यूट बनाएर घर घरमा गई हस्तारक्षर गराएको भन्दै गाउँपालिकाका उपाध्यक्ष फूलमती चौधरी समेत बिरोधमा उत्रिएकी छिन । स्थानीयले त सघर्ष समिति नै बनाएर आन्दोलन शुरु गरेका छन । आजै देखी रंगपुर बीरगंज चल्ने सवारीका साधनहरु बन्द गरिएको संघर्ष समितिका अध्यक्ष जयराम महतोले जानकारी दिए ।


गत २३ गते राति अध्यक्ष जैसवालले  गाउँपालिका केन्द्र फेर्ने रातारात रजिष्टर घुमाएर निर्णय गराएको उपाध्यक्ष चौधरीले बताइन ।  अध्यक्ष जयसवालले सखुवा पर्सौनीको नाम फेरेर पारसनाथ राख्ने र सेवा केन्द्र महुवनमा लैजाने भनेर निर्णय गराएपछि स्थानीय आन्दोलित भएका हुन।

 

अध्यक्ष जयसवालले आफूले यस पछि चुनाव नलड्ने भन्दै आफनो फाइदाकोलागि नाम फेर्न र सेवा केन्द्र सारेरै छाड्ने बताउदै आएका छन । जयसवालको यस्तो निर्णय र ब्यवहारका कारण संघीय समाजवादी फोरम नेपाल बाट बिजयी भएकी उपाध्यक्ष समेत बिरोधमा उत्रेकी छिन । उनको नाम फेर्न र सेवा केन्द्र सार्ने निर्णयले जनतालाई आक्रोशीत बनाएको छ । 

सखुवा प्रसौनी गाउँ सभामा ३३ जना सदस्य रहेका छन । नयाँ माइन्यूटमा नाम फेर्ने र केन्द्र सार्ने सम्मको निणय गराई  गाउँसभाका २१ जनासंग अध्यक्ष जैसवालले राति घरमै पुगेर सहिछाप गराएको उपप्रमुख चौधरीको भनाई छ। तर मंगलवार आफूले आयोजना गरेको बैठकमा त्यस मध्यका  ४ जनाले आफुसंग बलजफ्ती सहि गराइएको भन्दै आफहरु केन्द्र सार्ने र नाम फेर्ने प्रस्तावको पक्षमा नरहने जनाउ दिएके उपाध्यक्ष चौधरीले बताइन । उपाध्यक्षको अध्यक्ष्तामा बसेको बैठकको निर्णय उतार भने  ‘गाउँपालिकाको निर्णयपुस्तिका गरिएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

नेपाल यातायात व्यवसायी महासंघ पर्साको अध्यक्षमा  मानन्धर सचिवमा  श्रेष्ठ  सर्वसम्मत चयन

वीरगञ्ज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पर्सा जिल्ला कमिटीको अधिवेशन सम्पन्न भएको छ।

निर्वाचन प्रहरी भर्नाः तीन पटक म्याद थप्दा पनि आवेदन अपुग, आवेदन दिन बागलुङ आग्रह

बागलुङ ।  बागलुङ जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक निर्वाचन प्रहरी भर्नामा अपेक्षाअनुसार आवेदन परेको छैन।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.