logo

बदनीयतपूर्वक केन्द्र सार्ने र नाम फेर्ने निर्णय ,जनतामा आक्रोश, अध्यक्षको पुत्ला जल्यो 

      3/14/2018 गते 00 00 मा प्रकाशित     1013   पटक पढिएको

बीरगंज २९ फागुन । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा आज स्थानीहरुले तालाबन्दी गरेका छन । गाउँपालिकाका अध्यक्ष प्रदीप जयसवालले गाउँपालिकाको नाम फेर्ने र गाउँपालिकाको केन्द्र सार्ने बिषयमा षडयन्त्रपुर्वक काम गरेको भन्दै स्थानीयले तालाबन्दी गरेका हुन ।

 

स्थानीयले आज दिनभरि गाउँपालिका कार्यलय भएको पचगावा बजारमा प्रर्दशन गर्नुका साथै अध्यक्ष जयसवालको पुतला समेत जलाएका छन ।

 

सखुवा प्रसौनी गाउँपालिकाको केन्द्र पचगावा बजार गाउँपालिकाको मध्यभागमा पर्छ । महुवन,लखनपुर एकडरवा,देउरवाना,कौवावन कटैया ,सखुवार प्रसौनी र मधुवन मथवल मिलेर बनेको सखुवा प्रसौनी गाउँपालिकाको मध्यभागमा रहेको केन्द्र सार्ने कुरा सहज पहुचका हिसावले बेठीक र अबैज्ञानिक रहेको स्थानीयको भनाई छ ।

 


गाउँपालिका अध्यक्ष जयसवालले गाउँपालिकाको नाम फेर्न र केन्द्र सार्नकालागि नयाँ माइन्यूट बनाएर घर घरमा गई हस्तारक्षर गराएको भन्दै गाउँपालिकाका उपाध्यक्ष फूलमती चौधरी समेत बिरोधमा उत्रिएकी छिन । स्थानीयले त सघर्ष समिति नै बनाएर आन्दोलन शुरु गरेका छन । आजै देखी रंगपुर बीरगंज चल्ने सवारीका साधनहरु बन्द गरिएको संघर्ष समितिका अध्यक्ष जयराम महतोले जानकारी दिए ।


गत २३ गते राति अध्यक्ष जैसवालले  गाउँपालिका केन्द्र फेर्ने रातारात रजिष्टर घुमाएर निर्णय गराएको उपाध्यक्ष चौधरीले बताइन ।  अध्यक्ष जयसवालले सखुवा पर्सौनीको नाम फेरेर पारसनाथ राख्ने र सेवा केन्द्र महुवनमा लैजाने भनेर निर्णय गराएपछि स्थानीय आन्दोलित भएका हुन।

 

अध्यक्ष जयसवालले आफूले यस पछि चुनाव नलड्ने भन्दै आफनो फाइदाकोलागि नाम फेर्न र सेवा केन्द्र सारेरै छाड्ने बताउदै आएका छन । जयसवालको यस्तो निर्णय र ब्यवहारका कारण संघीय समाजवादी फोरम नेपाल बाट बिजयी भएकी उपाध्यक्ष समेत बिरोधमा उत्रेकी छिन । उनको नाम फेर्न र सेवा केन्द्र सार्ने निर्णयले जनतालाई आक्रोशीत बनाएको छ । 

सखुवा प्रसौनी गाउँ सभामा ३३ जना सदस्य रहेका छन । नयाँ माइन्यूटमा नाम फेर्ने र केन्द्र सार्ने सम्मको निणय गराई  गाउँसभाका २१ जनासंग अध्यक्ष जैसवालले राति घरमै पुगेर सहिछाप गराएको उपप्रमुख चौधरीको भनाई छ। तर मंगलवार आफूले आयोजना गरेको बैठकमा त्यस मध्यका  ४ जनाले आफुसंग बलजफ्ती सहि गराइएको भन्दै आफहरु केन्द्र सार्ने र नाम फेर्ने प्रस्तावको पक्षमा नरहने जनाउ दिएके उपाध्यक्ष चौधरीले बताइन । उपाध्यक्षको अध्यक्ष्तामा बसेको बैठकको निर्णय उतार भने  ‘गाउँपालिकाको निर्णयपुस्तिका गरिएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.