logo

तलव निकासको माग गर्दै शिक्षकहरु काम रोक धर्नामा, महागरको काम ठप्पै

      3/12/2018 गते 00 00 मा प्रकाशित     1329   पटक पढिएको

बीरगंज २८ फागुन । 
पर्सा जिल्लाका तलव नपाएका तीन वटा स्थानीय तहका शिक्षकहरु आजबाट काम रोकेर धर्नामा उत्रिएका छन ।
    दोश्रो चौमासिक बापतको तलव नपाएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन । सम्बिधानले अन्य सेवाहरुलाई जस्तै शिक्षालाई पनि स्थानीय तह मातहत राखेको छ ।

 

पर्साका ठोरी गाउँपालिका पर्सागढी नगरपालिका र बीरगंज महानगरपालिकाले शिक्षक ,बिद्यालय कर्मचारी र बाल शिक्षाका कर्मचारीलाई तलव निकासा नदिदा उनीहरुको आर्थिक ब्यवस्थापन नै लथालिंङ्ग भएको छ ।
    शिक्षकहरुको छाता संगठन शिक्षक महासंघले स्थानीय तहका प्रमुखहरुले आफना समस्याहरुका बिषयमा गम्भिरतापूर्वक सुन्ने प्रयास समेत नगरेको आक्षेप लगाएका छन ।

 

उनीहरुले शिक्षकहरुको आन्दोलन्लका कारण बिद्यार्थीको पठन पनठन प्रभावित हुदा समेत वास्ता नगरेको आरोप लगाएका छन ।शिक्षकहरुले आफनो आन्दोलनलाई अनिश्चितकालीन भनेका छन । शिक्षकहरुको धर्नाका कारण बीरगंज महानगरपालिकामा कर्मचारीहरु प्रवेश गर्न पाएका छैनन । महानगरको काम कर्मचारी भित्र प्रवेश गर्न नपाएकोले काम प्रभावित भएको छ ।

 

त्यस्तै पसागढी नगरपालिका र ठोरी गाउँपालिकामा पनि कामरोक धर्ना भइरहेको शिक्षक संघ पर्साका अध्यक्ष तिर्थराज यादवले बताए  ।
    उनीहरु बीरगंज महानगरको प्राङ्गण पर्सागढी र ठोरी गाउँपालिकाको प्राङ्गणमा धर्नामा बसेका छन । धर्नामा बिद्यालयबाट एकजनाको सहभागिता रहेको छ ।

 

बिद्यालयको पठन पाठन नियमित रहेको अध्यक्ष यादवले बताए ।बीरगंज महानगरका बरिष्ठ अधिकृत सुमन श्रेष्ठले शिक्षकहरुको धर्नाका कारण महानगरको कामकाज ठप्प भएको बताए  ।

 

उनले  नेपाल सरकारले तलव निकासा नगरेकोले नै शिक्षकहरुलाई तलव दिन नसकेको स्पष्ट पारे  । महानगरले एक महिनाको तलव आन्तरिक श्रोतबाट निकासा गरेको थियो । तर सरकारले दिन पर्ने रकम नदिएकोले नै शिक्षकहरुको तलव रोकिएको श्रेष्ठको भनाई छ ।

 

श्रेष्ठले बिद्यालय प्रशासनले शिक्षकको संख्या र दरवन्दी जस्ता विवरण उपलब्ध नगराएकोले पनि समस्या आएको बताए ।

 

महानगरले बिववरण पाएको छैन के आधारमा कति पैसा माग गर्ने भन्ने अन्यौलता पनि रहेको अधिकृत श्रेष्ठको तर्क छ । पर्साका १४ मध्य अन्य दुई नगरपालिका सहित ११ गाउँपालिकाले भने शिक्षकहरुको दोश्रो चौमासिकको तलव निकासा गरिसकेका छन ।

 


बीरगंज महानगर पालिका मा ३२ वटा वडाहरु मा ९३ वटा विधालयहरु रहेका छन । यस ९३ वटा विधालयहरु मा ९सय ५३ जना शिक्षक र शिक्षीकाहरु कार्यरत रहेका छन  ।

 

बीरगंज महानगरपालिका भएको देखी ९ सय ५३ जना शिक्षकहरु लाई चार महिना देखी तलब, भत्ता, मसलन्द, जस्ता आर्थिक सुविधा कुनै पनी नपाएकोले गर्दा शिक्षकहरु बाध्य भई आन्दोलनमा ओर्लिएको बताउछन । स्थानीय निकायले शिक्षकहरुको समस्या समाधान गरेन भने चैत्र ३० गते हुने विधायल स्तरीय सबै अन्तिम परिक्षाहरु बहिष्कार गर्ने सम्मको कदम चाल्न सक्ने शिक्षकहरुले बताएका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार युवा पत्रकार आशु सर्राफलाई प्रदान

वीरगञ्ज । दिवंगत पत्रकार नरेश सर्राफको स्मृतिमा स्थापित ‘स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार’ यस वर्ष युवा पत्रकार आशु सर्राफलाई प्रदान गरिएको छ।

शिकारीबास प्राथमिक विद्यालयको नवनिर्मित भवन अध्यक्ष श्रेष्ठद्वारा  उद्घाटन

ठोरी ।  ठोरी गाउँपालिका–३, शिकारीबासस्थित प्राथमिक विद्यालयको नवनिर्मित भवन आज एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.