logo

राजनीतिको आवरणमा हतियार भित्रदै

      3/11/2018 गते 00 00 मा प्रकाशित     908   पटक पढिएको

वीरगन्ज, २७ फागुन । 
आईतबार बिहान करिब ७ बजे बजे डिएल टु सिक्यू ४०५३ नम्बरको भारतीय गाडीका चालकलाई हतियार सहित बारा प्रहरीले पक्राउ गरेको छ ।

 

प्रहरी टोलीले  बारा जिल्लाको पचरौता नगरपालिका वडा नं.४ गुलरिया स्थित सडकमा चेकजाँच गर्ने क्रममा गाडी र त्यसका चालक चन्दन कुमार जयसवाललाई हतिायर सहित पक्राउ गरेको हो ।

 

गाडीमा संजय कुमार नामका भारतीय चढी आएको गाडीका आएका थिए । चालक चन्दन कुमार जयसवालको साथबाट म्यागजिन लोड गरेको इटालीयन पेस्तोल फेला पारेको बारा प्रहरीले जनाएको छ  ।

 

चालकले कम्मरको भागमा लुकाई छिपाई राखेको अवस्थामा म्यागजिन लोड रहेको ९ एमएमको ईटाली पेस्तोल र गोली थान २ फेला परेको हो  । गाडीमा प्रखण्ड प्रवक्ता जनअधिकार युवा परिषद (प्रखण्ड) पूर्व चम्पारण लेखिएको थियो ।

 

 प्रहरी चौकी बेल्दारी बाराका प्रहरी सहायक निरीक्षक गेनालाल प्रसाद यादव र सशस्त्र प्रहरी वोर्डर आउट पोष्डट बेल्दारी बाराका सशस्त्र प्रहरी सहायक निरीक्षक बिष्णु कुमार बिसीको संयुक्त टोलीले चेकजाँच गरेको थियो । पक्राउ पर्नेमा  भारत विहार पूर्वी चम्पारण मोतिहारी जिल्ला थाना छौडादानो ग्राम एकडारी वडा नंं.२ बस्ने वर्ष २० को चन्दन कुमार जैसवाल ।

 

भारत विहार पूर्वी चम्पारण मोतिहारी जिल्ला थाना जितना ग्राम सुन्दरपुर वडा नंं.४ बस्ने वर्ष २१ को सन्जय कुमार रहेका छन । प्रहरीले हतियार र गाडी सहित नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा राखेको छ ।

 

प्रहरीले उनीहरुलाई हातहतियार खरखजना ऐन अनुसार जिल्ला प्रशासन कार्यालय बाराबाट म्याद अनुमति लिइ  आवश्यक अनुसन्धान कार्य भई रहेको जनाएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सेस्मी इन्टरनेशनल स्कुलका विद्यार्थीहरूद्वारा पैदलयात्रीहरुलाई सर्बत वितरण

वीरगञ्ज । वीरगञ्जको प्रगतिनगर स्थित सेस्मी इन्टरनेशनल स्कुलका विद्यार्थीहरुले शुक्रवार सडकमा हिँडिरहेका पैदलयात्रीहरूलाई चिसो सर्बत वितरण गरेका छन ।

विपद्मा परिचालन हुने  स्वयंसेवककालागि विस्तारित पुनर्ताजगी तालिम सम्पन्न

वीरगञ्ज ।  मनसुनजन्य तथा अन्य प्राकृतिक एवं मानवजन्य विपद्को प्रभाव न्यूनीकरणका लागि सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर  पर्साले सञ्चालन गरेको तीनदिने “विपद् स्वयंसेवक परिचालन विस्तारित पुनर्ताजगी तालिम” सम्पन्न भएको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.