logo

राजनीतिको आवरणमा हतियार भित्रदै

      3/11/2018 गते 00 00 मा प्रकाशित     844   पटक पढिएको

वीरगन्ज, २७ फागुन । 
आईतबार बिहान करिब ७ बजे बजे डिएल टु सिक्यू ४०५३ नम्बरको भारतीय गाडीका चालकलाई हतियार सहित बारा प्रहरीले पक्राउ गरेको छ ।

 

प्रहरी टोलीले  बारा जिल्लाको पचरौता नगरपालिका वडा नं.४ गुलरिया स्थित सडकमा चेकजाँच गर्ने क्रममा गाडी र त्यसका चालक चन्दन कुमार जयसवाललाई हतिायर सहित पक्राउ गरेको हो ।

 

गाडीमा संजय कुमार नामका भारतीय चढी आएको गाडीका आएका थिए । चालक चन्दन कुमार जयसवालको साथबाट म्यागजिन लोड गरेको इटालीयन पेस्तोल फेला पारेको बारा प्रहरीले जनाएको छ  ।

 

चालकले कम्मरको भागमा लुकाई छिपाई राखेको अवस्थामा म्यागजिन लोड रहेको ९ एमएमको ईटाली पेस्तोल र गोली थान २ फेला परेको हो  । गाडीमा प्रखण्ड प्रवक्ता जनअधिकार युवा परिषद (प्रखण्ड) पूर्व चम्पारण लेखिएको थियो ।

 

 प्रहरी चौकी बेल्दारी बाराका प्रहरी सहायक निरीक्षक गेनालाल प्रसाद यादव र सशस्त्र प्रहरी वोर्डर आउट पोष्डट बेल्दारी बाराका सशस्त्र प्रहरी सहायक निरीक्षक बिष्णु कुमार बिसीको संयुक्त टोलीले चेकजाँच गरेको थियो । पक्राउ पर्नेमा  भारत विहार पूर्वी चम्पारण मोतिहारी जिल्ला थाना छौडादानो ग्राम एकडारी वडा नंं.२ बस्ने वर्ष २० को चन्दन कुमार जैसवाल ।

 

भारत विहार पूर्वी चम्पारण मोतिहारी जिल्ला थाना जितना ग्राम सुन्दरपुर वडा नंं.४ बस्ने वर्ष २१ को सन्जय कुमार रहेका छन । प्रहरीले हतियार र गाडी सहित नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा राखेको छ ।

 

प्रहरीले उनीहरुलाई हातहतियार खरखजना ऐन अनुसार जिल्ला प्रशासन कार्यालय बाराबाट म्याद अनुमति लिइ  आवश्यक अनुसन्धान कार्य भई रहेको जनाएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

नेपाल यातायात व्यवसायी महासंघ पर्साको अध्यक्षमा  मानन्धर सचिवमा  श्रेष्ठ  सर्वसम्मत चयन

वीरगञ्ज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पर्सा जिल्ला कमिटीको अधिवेशन सम्पन्न भएको छ।

निर्वाचन प्रहरी भर्नाः तीन पटक म्याद थप्दा पनि आवेदन अपुग, आवेदन दिन बागलुङ आग्रह

बागलुङ ।  बागलुङ जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक निर्वाचन प्रहरी भर्नामा अपेक्षाअनुसार आवेदन परेको छैन।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.