logo

पत्रकारलाई सुविधा नदिने संचारमाध्यमहरु लामो समय चल्दैनन -अध्यक्ष पराजुली

      3/8/2018 गते 00 00 मा प्रकाशित     798   पटक पढिएको

बीरगंज २४ फागुन ।
न्यूनतम पारिश्रमीक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले पत्रकारहरुलाई न्यूनत्तम सुविधा नदिने संचार माध्यमहरु धेरै लामो चल्न नसक्ने बताएका छन ।

 

नेपाल पत्रकार महासंघ पर्साको संयोजनमा समितिले बीरगंजमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

प्रेस काउन्सिलको सुविधा लिदा ,सूचना बिभागबाट परिचय पत्र लिदा त्या सबै विवरण उपलब्ध गराइएको हुन्छ उनले भने भोली पत्रकारले त्यही लिएर अदालतमा गयो भने के हुन्छ ” ।

 

अध्यक्ष पराजुलीले गुणात्मक सेवाको उत्पादन प्रक्षेपण प्रशारणका माध्यमले ब्यवसायिक बिकासतर्फलाग्न संचारगृहका संचालकहरुलाई आग्रह गरे । 


    नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकरा महासंघ पर्साका पूर्व अध्यक्ष के.सी.लामिछानेले ब्यवसायिकताको बिकास बिना संचार माध्यमहरु अगाडि बढ्न नसक्ने ठोकुवा गरे ।

 

उनले संचारगृहमा कार्यरत जनशक्तिालाई आफनो लागत नठान्ने परिपाटीका कारण संचार क्षेत्रमा गुणात्मक उत्पादन हुन नसकेको बताए । उनले संचार क्षेत्रमा रहेको निकृष्टखालको प्रतिस्पर्धा अर्कै काम गरेर पैसा कमाउने प्रवृतिका कारण पत्रकारहरुको सृजनात्मकता समेत मरेको चर्चा गरे ।

 

उनले हिजो श्रमजीवी पत्रकार हो भनेर आफनो सेवा र सुविधाको माग गर्नेहरु आज नभएको चर्चा गर्दै पत्रकारिता ब्यवसायीक रुपमा प्रतिस्पर्र्धात्मक रुपमा अगाडि जान सकिएन भने जवानीका महत्वपूर्ण समयको लागनी मात्र हुने चर्चा गर्दै बरु बेलैमा बाटो परिर्वतन गर्न समेत उनले सुझाए ।

 


    त्यसैगरि नेपाल पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष दीपेन्द्र चौहानले राम्रो गर्ने कुरामा पर्सेली पत्रकारिताले समिक्षा गर्ने बेला आएको बताए । आजको क्षमतावान युवा पत्रकारहरुको जमातले कुनै स्वार्थ समुहको पक्षमा लाग्न नहुने बताए ।

 

उनले पत्रकार महासंघले पनि पत्रकारिताको समग्र बिकासकालागि काम गर्नु पर्ने सुझाव दिए । पर्सेली पत्रकारिताको चरित्र काठमाण्डौका आफनै साथीहरुले बिगारेको पीडा ब्यक्त गर्दै उनले मिलेर सहकार्य गर्नु पर्नेमा जोड दिए । 


कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष अशोक तिवारी  इजाका अध्यक्ष बिजय कुशवाहा,प्रेस सेन्टरका अध्यक्ष निरज पिठाकोटे पत्रकारहरु धु्रव यादव ,आर.सी यादव ,राजेन्द्र सिंह नेपाली र सुरेश बिडारी लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको संचालन नेपाल पत्रकार महासंघ पर्सा शाखाका सचिव युवराज खड्काले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सेस्मी इन्टरनेशनल स्कुलका विद्यार्थीहरूद्वारा पैदलयात्रीहरुलाई सर्बत वितरण

वीरगञ्ज । वीरगञ्जको प्रगतिनगर स्थित सेस्मी इन्टरनेशनल स्कुलका विद्यार्थीहरुले शुक्रवार सडकमा हिँडिरहेका पैदलयात्रीहरूलाई चिसो सर्बत वितरण गरेका छन ।

विपद्मा परिचालन हुने  स्वयंसेवककालागि विस्तारित पुनर्ताजगी तालिम सम्पन्न

वीरगञ्ज ।  मनसुनजन्य तथा अन्य प्राकृतिक एवं मानवजन्य विपद्को प्रभाव न्यूनीकरणका लागि सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर  पर्साले सञ्चालन गरेको तीनदिने “विपद् स्वयंसेवक परिचालन विस्तारित पुनर्ताजगी तालिम” सम्पन्न भएको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.