logo

लट्री प¥यो भन्दै ठग्दै हिडने गिरोह प्रहरीको फन्दामा

      3/7/2018 गते 00 00 मा प्रकाशित     890   पटक पढिएको

बीरगंज २३ फागुन । बीरगंजमा चिठ्ठा प¥यो भन्दै ठगी गर्ने गिरोहका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  गएको  सोमबार ३ जना भारतीय नागरिकसहित ५ जना पक्राउ गरेकोमा पर्सा प्रहरीले आज उनीहरुलाई पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनीक गरेको छ।


पक्राउ पर्नेमा रौतहट यमुनामाई गाउँपालिका ४ बस्ने २१ वर्षीय  इस्तेखार आलम, २५ वर्षिय ताहिर अन्सारी, भारत बिहार पश्चिम चम्पारणका ३२ वर्षीय नदिम आजम, २६ वर्षीय आसिफ खान र २४ वर्षीय मन्टु कुमार राम रहेका छन ।

उनीहरुले हृवाट्स एप, इमो, भाइबर, फेसबुकलगायत सामाजिक सञ्जाल र मोबाइलबाट सम्पर्क गरी मानिसहरुलाई चिठ्ठा परेको प्रलोभन देखाउँदै रकम ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।

‘सुरुमा म्यासेज तथा फोन मार्फत तपाईलाई ५० लाखको बम्पर चिठ्ठा परेको छ, लट्री वापत तिर्नुपर्ने कर रकम बुझाएपछि पुरस्कारको रकम तपाइको खातामा आउँछ भनेर फकाउने रहेछन् पर्साका प्रहरी उपरिक्षक डा.गणेश रेग्मीले जानकारी दिनु भयो 

उनीहरु विरुद्ध ठगी तथा संगठित अपराध शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।

पर्सा प्रहरीले यसअघि पनि तीन पटक यसरी ठगीमा संलग्न गिरोह पक्राउ गरिसकेको छ । बुधबार सार्वजनिक गरिएकासमेत गरी ठगीमा संलग्न १७ जना पर्सामा नै पक्राउ परेका छन् । जसमा ७ जना भारतीय नागरिक छन् ।

गत मंसिर १४ गते ६ जना, पुस ३ गते ३ जना र फागुन ७ गते ३ जना पक्राउ परेका थिए । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहत कोषमा हरिखेतान बहुमुख क्याम्पसको ५ लाखको योगदान

वीरगञ्ज ।  वीरगञ्जस्थित  हरिखेतान बहुमुखी कलेजले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ।

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.