logo

राष्ट्रपतीमा बिद्या भण्डारीलाई निरन्तरता दिने एमाले निर्णय

      3/6/2018 गते 00 00 मा प्रकाशित     926   पटक पढिएको

काठमाडौँ २३ फागुन,  । सत्तारूढ नेकपा एमालेले विद्यादेवी भण्डारीलाई नै राष्ट्रपतिमा निरन्तरता दिने निर्णय गरेको छ ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा मध्य राति १२ बजेसम्म बसेको पार्टीको स्थायी कमिटी बैठकले राष्ट्रपति भण्डारीलाई नै दोस्रो कार्यकालका लागि उम्मेदवार बनाउने निर्णय गरेको हो ।

 

एमाले र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार आफ्नो भागमा परेको राष्ट्रपतिमा एमालेले निर्णय लिएसँगै भण्डारी आगामी पाँच वर्षका लागि पुनः राष्ट्रप्रमुखको भूमिकामा रहने निश्चित भएको छ ।

 

एमाले, माओवादी सरकारमा संघीय समाजवादी फोरमसमेत सहभागी हुने निर्णयपछि सत्तारूढ गठबन्धनको प्रतिनिधिसभामा दुईतिहाइ मत पुगेको छ । राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य गरी ८८० जना मतदाता कायम रहेका छन् । ४ जनाले मतदान गर्न पाउने छैनन् ।

 

राष्ट्रपति निर्वाचनका लागी संघ र प्रदेशका सदस्यको मतभार फरक फरक हुने छ । संघीय संसद्मा कायम प्रतिनिधिसभाका २७५ र राष्ट्रिय सभाका ५९ गरी कुल ३३४ सदस्यको मतभार एक सांसद बराबर ७९ र प्रदेश सभाका कुल ५ सय ५० सांसदको एक सांसद बराबर ४८ हुने छ ।

 

नेपालको वाम तथा लोकतान्त्रिक आन्दोलनकी सशक्त तथा अग्रणी नेतृ भण्डारी नेपालको संविधान जारी भएलगत्तै गणतन्त्र नेपालको प्रथम महिला राष्ट्रपति बनेकी थिइन् ।

 

५ असार ०१८ मा भोजपुरको मानेभञ्ज्याङमा बुबा रामबहादुर पाण्डे र आमा मिथिला पाण्डेकी सुपुत्रीका रूपमा जन्मिएकी भण्डारी विद्यार्थीकालमै राजनीतिमा आएकी नेतृ हुन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सेस्मी इन्टरनेशनल स्कुलका विद्यार्थीहरूद्वारा पैदलयात्रीहरुलाई सर्बत वितरण

वीरगञ्ज । वीरगञ्जको प्रगतिनगर स्थित सेस्मी इन्टरनेशनल स्कुलका विद्यार्थीहरुले शुक्रवार सडकमा हिँडिरहेका पैदलयात्रीहरूलाई चिसो सर्बत वितरण गरेका छन ।

विपद्मा परिचालन हुने  स्वयंसेवककालागि विस्तारित पुनर्ताजगी तालिम सम्पन्न

वीरगञ्ज ।  मनसुनजन्य तथा अन्य प्राकृतिक एवं मानवजन्य विपद्को प्रभाव न्यूनीकरणका लागि सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर  पर्साले सञ्चालन गरेको तीनदिने “विपद् स्वयंसेवक परिचालन विस्तारित पुनर्ताजगी तालिम” सम्पन्न भएको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.