logo

राष्ट्रीय सभा र प्रतिनिधिसभाका सदस्यद्वारा शपथ ग्रहण

      3/4/2018 गते 00 00 मा प्रकाशित     1208   पटक पढिएको

काठमाण्डौ २० फागुन । 
प्रतिनिधिसभा सांसदहरुले आइतवार संसद भवनमा  सपथ ग्रहण गरेका छन्। नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको प्रतिनिधि सभा  भवनमा प्रतिनिधिसभाका सदस्यहरुले  सपथ लिएका हुन्। 

सबै सासदहरुलाई राजपाका अध्यक्ष मण्डलका संयोजक प्रतिनिधि सभामा सबै  भन्दा जेष्ठ सदस्यका रुपमा रहेका नेता महन्थ ठाकुरले शपथ गराएका थिए ।  सांसदहरुले विभिन्न १० भाषामा सपथ ग्रहण गरेको संसद् सचिवालयले जनाएको छ। सपथ कार्यक्रममा कतिपय सांसदहरु आफ्नो जातीय वेशभूषामा संसद् भवन पुगेका थिए।

एमाले सांसद नवराज सिलवालले समेत सपथ लिएका छन्। सपथका लागि सिलवाल पूर्वप्रधानमन्त्री एवं एमाले नेता माधवकुमार नेपालको गाडीमा संसद् भवन गएका थिए। 


सपथमा राष्ट्रिय मान्यता पाएका दल एमाले, माओवादी केन्द्र, कांग्रेस, संघीय समाजवादी फोरम र राजपा नेपालका सांसदका साथै स्वतन्त्र हैसियतमा चुनाव जितेका सांसदहरु समेत उपस्थित थिए। प्रतिनिधि सभाका सदस्य माओवादी नेता टोप बहादुर रायमाझी, धर्मशिला चापागाई  राजपाका महेन्द्र राय यादव र रेशम चौधरी अनुपस्थित रहेका थिए ।
 त्यसैगरि राष्ट्रियसभाका सदस्यहरुले पनि आइतवारै सपथ लिएका छन्। प्रतिनिधिसभाका सांसदहरुले सपथ लिए लगत्तै नयाँ बानेश्वरस्थित  संसद् भवनमा राष्ट्रियसभाका सांसदहरुले समेत पद तथा गोपनीयताको सपथ लिएका हुन्। 

ज्येष्ठ सदस्यको रुपमा कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्य तारादेवी भट्टले सपथ ग्रहण गराएकी थिइन्। ५६ जना निर्वाचित सदस्यले सपथ लिएका थिए। सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गरेका तीन जना सदस्यले भने सपथ लिन पाएनन्।

तीन सदस्यको नियुक्ति सम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले उनीहरुले सपथ लिन नपाएका हुन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा सुधार अभियान, गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी

पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय  महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.