logo

ठोरी गाउँपालिकामा शिक्षकसंगठनद्वारा  आन्दोलनको घोषणा 

      3/3/2018 गते 00 00 मा प्रकाशित     683   पटक पढिएको


कृष्ण मोहन साह 
फागुन २० सुवर्णपुर ।
पर्साको ठोरी गाउँपालिकाका शिक्षक संगठनहरुले आन्दोलनको घोषणा गरेका छ्न ।

 

नेपाल राष्ट्रिय शिक्षक संगठन र नेपाल शिक्षक संघ ठोरीले प्रेस बिज्ञप्ती जारी गर्दै आन्दोलनको घोषणा गरेका हुन् ।

 

बिद्यालयहरुले बिभिन्न शिर्षकमा प्राप्त गर्नुपर्ने रकम तथा शिक्षकहरुले नियमित प्राप्त गर्नुपर्ने  तलब गाउपालिकाले उपलब्ध गराउन नसकेकोले आफुहरु आन्दोलनमा उत्रन बाध्य भएको उनिहरुले बताएका छन् ।

 

आफूहरुले यस अघि नै गाउपालिका अध्यक्षलाई ज्ञापन पत्र बुझाई सकेको भएपनी गाउपालिकाले बेवास्था गरेको कारण आन्दोलन को घोषणा गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठनका केशब प्रसाद रेग्मीले बताए ।

 

आन्दोलनका कार्यक्रम अनुसार फागुन २१ गते कालो पट्टि बाधेर पढाउने, फागुन २२ गते चक र मार्कर को प्रयोग नगरी शिक्षण गर्ने, फागुन २३ गते आधा दिन शिक्षण गरी बिद्यालय बन्द गर्ने तर ४ बजे सम्म शिक्षकहरु बिद्यालय मै बस्ने, फागुन २४ गते हाजिर गरी बिद्यालय बन्द गर्ने तथा फागुन २५ गते सम्ममा आफ्ना माग हरुको सुनुवाइ नभए बिद्यालय बन्द गर्न समेत बाध्य हुने बिज्ञप्ति मा उल्लेख गरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

भूमि समस्या समाधान आयोग पर्सा लालपूर्जा बितरणको चरणमा

वीरगंज। भूमि समस्या समाधान आयोग पर्साले पर्सा जिल्लामा भूमिहीन दलित र सुकुम्बासीलाई भूमिको स्वामित्व दिने ऐतिहासिक निर्णय गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.