logo

प्रदेश २ मा गद्धी सरकारको मंत्रीमण्डल बिस्तार 

      2/28/2018 गते 00 00 मा प्रकाशित     1593   पटक पढिएको

जनकपुर १६ फागुन ।
राजपा र फोरम गठबन्धनको प्रदेश नंम्बर २ को मंत्रीपरिषद बुधवार बिस्तार भएको छ । आकारका हिसावले यो सरकार अहिले सम्मको ठुलो आकारको बनेको छ । 

प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले बुधबार  संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालका  ४ मन्त्री र ३ राज्यमन्त्रीलाई सपथ खुवाएका छन्। योसँगै गद्धी सरकारको मन्त्रिमण्डल १० सदस्यीय बनेको छ।

फोरमका ज्ञानेन्द्र यादव आन्तरिक मामिला तथा कानूनमन्त्री र शैलेन्द्र साह भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त भएका छन्। त्यस्तै, राजपाका वरिष्ठ उपाध्यक्ष नवलकिशोर साह सामाजिक विकास मन्त्री र रामनरेश राय उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री बनेका छन्।

 

प्रदेश नम्बर २ मा तीन जना राज्यमन्त्री पनि नियुक्त भएका छन्। सात प्रदेशमध्ये पहिलोपटक  प्रदेश २ मा राज्यमन्त्री नियुक्त भएका हुन्।

 

फोरमका सरोज सिंह आन्तरिक मामिला तथा कानून, योगेन्द्र राय यादव भूमि, व्यवस्था, कृषि तथा सहकारी र उषा यादव आर्थिक मामिला तथा योजना राज्यमन्त्री बनेका हुन्।

 

राजपाले पनि  राज्यमन्त्री बनाउने भएपनि आज नाम टुंगो नलागेको नेता केशव झाले जानकारी दिए।

 

यसअघि राउतको मन्त्रिमण्डल तीन सदस्यीय थियो। फोरमका विजय यादव आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए भने राजपाका  जितेन्द्र सोनलले भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हालेका थिए।

 

कर्णाली  र सात नम्बर प्रदेशमा मन्त्रिमण्डल पूर्ण भइसकेको छ। ती दुबै प्रदेशमा राज्यमन्त्री नियुक्त भएका छैनन्। प्रदेश १, ३, ४ र ५ मा मन्त्रिमण्डलले पूर्णता पाएको छैन।
संविधानले प्रदेश सभाका कुल  सदस्य संख्याको २० प्रतिशतलाई मन्त्री बनाउन पाउने व्यवस्था गरेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

वीरगंज महानगरको वडा नं १४ नयाँबस्तीमा टोल सुधार समितिको भेला सम्पन्न अध्यक्षमा झा सर्वसम्मत

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं १४ को नयाँबस्ती पिप्रामा रहेको टोल सुधार समितिको आइतवार सम्पन्न सभाले नयाँ कार्यसमिति चयन गरेको छ ।

बयलगाडाले किचेर घाइते बरहथवाका ८ वर्षिय बालकको मृत्यु

सर्लाही ।  सर्लाहीको बरहथवामा बयलगाडाले किचेका बालकको आज उपचारका क्रममा मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.