logo

वीरगन्ज राजधानी संघर्ष समितिद्वारा थप आन्दोलनको घोषणा २८ गते बीरगंज बन्द

      2/27/2018 गते 00 00 मा प्रकाशित     1244   पटक पढिएको


वीरगंज, १५ फागुन । बीरगंज राजधानी संघर्ष समितिले  थप आन्दोलनको घोषणा गरेको छ । राजधानी बनाउनकालागि गरिएको रिले अनशनको ५७ औं दिनका दिन नयाँ कार्यक्रमको घोषणा गरेको हो । प्रदेश नम्बर २ को राजधानी बीरगंजलाई बनाउनको लागि जारी आन्दोलन थप प्रभावकारी र शसक्त पार्दै आम हडतालमा जाने निर्णय गरेको संघर्ष समितिका सह संयोजक राजकुमार गुप्ताले जानकारी दिए ।

 

मंगलबार बसेको संघर्ष समितिको बैठकले रिले अनशनमा जिम्मेवार निकायले कुनै चासो नदिएको भन्दै समितिले फागुनको २३ र २४ं गते स्थानीय निकायहरुमा जनप्रदर्शन गर्ने त्यसको माध्यमले आन्दोलनको बिबिध पक्षको बारेमा जानकारी गराउने र सहभागिताको लागि सबैलाई आग्रह गर्ने निर्णय समेत गरेको छ । 


२५ र २६ गते सर्बदलीय बृहद् छलफल तथा अन्तरक्रिया गर्ने, २७ गते मशाल जूलुस र २८ गते आम हडताल तथा बीरगंज बन्द गर्ने निर्णय गरेको छ ।


त्यस्तै रिले अनशनलाई पनि निरन्तरता दिने बैठकले निर्णय गरेको छ । यसैबीच वीरगंजलाई प्रदेश नं. २ को राजधानी बनाउन माँग गर्दै बिगत ५६ दिन देखि बस्दै आएको रिले अनशन स्थलमै संर्घष समितिले होली मिलन समारोह गरेको छ ।
 



नेपाली कांग्रेसका नेता बिजय सर्राफको अध्यक्षतामा सम्पन्न होली मिलन समारोहमा ं संर्घष समितिका संयोजक सुरेन्द्र चौधरी सह संयोजक राजकुमार गुप्ता, वीरगंज महानगरपालिकाकी उपमेयर शान्ति काकीसमितिका सदस्य बसरुदिन अंसारी, बाबुराम कौशिक, श्याम पटेल, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, पूर्व अध्यक्ष के.सी.लामिछाने लगायतले होलीको शुभकामना दिएका थिए ।


सरकारले संर्घष समितिको मागलाई वेवास्ता गरे परिणाम भयावह हुने चेतावनी दिदै वीरगंजलााई राजधानी घोेषणा गर्न सह संयोजक गुप्ताले आग्रह गरे । घण्टाघरमा आयोजित समारोहमा नेपाली निरउआ गायक, भोजपुरी गायक सुनिल पंडित लगायत स्थानिय कलाकारले साँस्कृतिक कार्यक्रम प्रस्ुतुत गरेका थिए । कार्यक्रमको सहजीकरण मनोज चौधरीले गरेका थिए ।

कनर्यक्रममा समितिका  सचिब श्याम पटेल, अरबिन्द गुप्ता, लोकेश सिंह, बाबुराम कौशिक, मनोज चौधरी, बसुरुद्दिन अन्सारी, तेजप्रकाश निसाद, ध्रुव कुशवाहा, युवा नेता अकलेश साह लगायतको सहभागिता रहेको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

महाकवि देवकोटाको ११७औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ ।  नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती सोमवार स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

पर्सामा तिहार र छठका लागि कडा सुरक्षा व्यवस्था, पटका र जुवातासमा पूर्ण निषेध ,देउसी राती ९ बजेसम्म मात्र

वीरगन्ज । नेपालीहरूको महान् पर्व तिहार (दीपावली) र छठ पर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय पर्साले शान्ति–सुरक्षा सुनिश्चित गर्न कडा सुरक्षा मापदण्ड जारी गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.