logo

कुचो बोकेर मुख्यमंत्री आफै निस्के राजधानीको फोहर ब्यवस्थापनमा

      2/27/2018 गते 00 00 मा प्रकाशित     1213   पटक पढिएको

फागुन,१५ जनकपुरधाम । प्रदेश नं .२ को राजधानी जनकपुरधामको सरफाईको अवस्थामा सुधार ल्याउन मुख्यमंत्री नै कुचो बोकेर सडकमा उत्रिएका छन ।

 

सरसफाईका दृष्टिले प्रदेश नं २ अतिनै सम्बेदनशील प्रदेश पनि हो । राजधानी शहरमा नै फोहरको डंगुर यत्रतत्र भएपछि सन्देश समेत नराम्रो गइरहेको बेलामा मुख्यमंत्रीले कुचो समातेर मैदानमा उत्रिएर एक पटक दुई सन्देश दिन खोजेका छन ।

 

एक फोहर गर्नेहरुलाई सफाई गर्नु पर्ने दायित्व सम्झाउन खोज्दैछन भने अर्को प्रगतिको आधारभूत शर्त सरसफाई हो भन्ने बुझाउन खोज्दै छन । मंगलबार विहान जव मुख्यमंत्री जनकपुर महासफाइ अभियान’मा सहभागि भए राजधानीका जनता दंग भए । प्रदेशको मुख्यमंत्री सफाइ अभियानमा निस्कदा जनकपुरका चिकित्सकहरु सहित नागरिक समाजका सरोरकार समुहहरु भनेबेखवर
 जस्तै रहे । 


मुखमा मास्क र हातमा झाडू लिएर मुख्यमन्त्री राउतले सडक बढार्न थालेपछि हेर्नेहरुको भीड लागेको थियो । उनको राजनीतिक  कर्मथलो बीरगंज थियो । बीरगंजमा सफाई अभियानमा निस्कन नपरेका राउत  मुख्यमन्त्री बनेपछि पहिलोपटक कुचो लिएर सडकमा उत्रिएका राउतले सरसफाई अभियानमा सबैलाई निरन्तर सभागि हुन अपिल गरे ।


जनकपुरधाम प्रदेश २ को अस्थायी राजधानी हो । ऐतिहासिक धार्मिक शहर अत्यधिक फोहोर भएर डम्पिङ साइटमा परिणत भएको छ ।


सरसफाइको क्रममा प्रतिक्रिया दिँदै मुख्यमन्त्री राउतले प्रदेशलाई स्वच्छ बनाउन नियमित सरसफाइमा ध्यान दिनुपर्ने बताए । शहरको नागरिकको सभ्यता त्यस शहरको सरसफाईले दिने भन्दै सिगो. प्रदेशलाई सफा बनाउनु पर्नेमा जोड दिए । 


उनले मठमन्दिरको छेउछाउँ र सार्वजनिक स्थलमा जथाभावी फोहर फाल्नेलाई प्रचलित कानुन बमोजिम कारवाही गर्ने प्रक्रियामा जानुपर्ने समेत बताए ।

मिथिला माध्यमिकी परिक्रमा बुधबार जनकपुर आएर अन्तरगृह परिक्रमा गरी सम्पन्न हुने भएकाले महासफाइ अभियान आयोजना गरेको असहाय संरक्षण मञ्चका अध्यक्ष एवं समाजसेवी वैद्यनाथ साहले जानकारी दिए ।

फोहोर व्यवस्थापनमा उपमहानगरपालिकाले चासो नदेखाउँदा पछिल्लो समय जनकपुर शहरमा नाक थुनेर हिँड्नुपर्ने अवस्था सिर्जना भएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

चिया चौतारो छाडेर,श्रमदानमाबाटै हुलाकी सडक सफा गर्दै सुवर्णपुरका स्थानीय

ठोरी । ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ओरिया खोला पुल नजिकको बागमोर्चा क्षेत्रका स्थानीयवासीले शनिबार बिदाको समय सदुपयोग गर्दै हुलाकी सडक सरसफाइ गरेका छन।

विपद् राहत कोषमा मदिना जामे मस्जिदद्वारा १ लाख १ हजार रुपैयाँ सहयोग

वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका–६ स्थित मदिना जामे मस्जिदले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.