logo

पटेर्वा सुगौली गाउँपालिका खुलादिशामुक्त घोषणा

      2/26/2018 गते 00 00 मा प्रकाशित     762   पटक पढिएको

फागुन १४ बीरगंज ।
पर्साको पटेर्वा सुगौली गाउँपालिकालाई सोमवार एक भब्य समारोहकावीच आयोजीत एक कार्यक्रममा खुलादिशामुक्त गाउँपालिकाको रुपमा घोषणा गरिएको छ । 

 


गाउँपालिकाको वडा नं ५ निचुटाको नेपाल राष्ट्रीय मा.वि.को प्राङ्गणमा भएको कार्यक्रममा प्रतिनिधि सभाका सदस्य हरिनारायण रौनीयारले गाउँपालिकालाई खुला दिशामुक्त घोषणा गरेका हुन । 

 


वडा नं ५का वडाध्यक्ष मोतीलाल साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभाका सदस्यहरु प्रहलाद गिरी ,मन्जुर आलम, गाउँपालिकाका प्रमुख हरिनारयण चौधरी, उपप्रमुख ममता महतो ,स्थानीय प्रमोद उपाध्याय लगायतले मन्तब्य ब्यक्त गरेका थिए । 

 


कार्यक्रममा वडा तथा गाउँपालिकालाई खुलादिशामुक्त बनाउन सहयोग गर्नेहरुलाई प्रशंसा तथा सम्मान पत्र प्रदान गरिएको थियो । 
चौधरीको बिरोध
कार्यक्रमको अन्त्यतिर नेपाल संघीय समाजवादी पार्टीका स्थानीय नेता बालेश्वर चौधरीले बिरोध जनाएका थिए । प्रदेश सभाका सदस्य मन्जुर आलमलाई उद्धघोषकले मन्तब्यकालागि आमन्त्रण गरेपछि चौधरीले बिरोध गरेका हुन । चौधरीले कार्यक्रममा आफूले मन्तब्य राख्न पाउनु पर्ने माग गरेका थिए ।

 

उनले मन्तब्य ब्यक्त गर्न नपाएपछि “सबै भ्रष्टाचारीहरुले भ्रष्ट काम गरेका छन” । भन्दै बिरोध गरेका हुन । उनी बिरोधयमा उत्रिएपछि कार्यक्रममा सहभागि स्थानीय नागकिरले पनि केही बेर हो हल्ला गरेका थिए । उनीहरुले चौधरीको कुरा सुन्नु पर्ने बताएका थिए ।

 

कार्यक्रममा बिद्यालयका प्रअ श्याम घिमिरेले स्वागत गरेका थिए । कार्यक्रमको संचालन गिरीराज कडेलले गरेका थिए । 


कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष फूलमहम्मद मिया पटेर्वा सुगौलीका प्रहरी निरिक्षक महेश बस्नेत गाउँपालिकाका १ का अध्यक्ष फरमान अन्सारी २ का अध्यक्ष बिजय गैरे ३ का माहादेव प्रसाद लगायतको सहभागिता रहेको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

भूमि समस्या समाधान आयोग पर्सा लालपूर्जा बितरणको चरणमा

वीरगंज। भूमि समस्या समाधान आयोग पर्साले पर्सा जिल्लामा भूमिहीन दलित र सुकुम्बासीलाई भूमिको स्वामित्व दिने ऐतिहासिक निर्णय गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.