logo

मासिक तलव माग गर्दै बिन्दवासीनी गाउँपालिका कार्यालयमा तालाबन्दी

      2/25/2018 गते 00 00 मा प्रकाशित     846   पटक पढिएको

बीरगंज १३ फागुन । बिन्दवासीनी गाउँपालिकामा शिक्षकहरुले तलव नपाएको भन्दै बहुवर्वा भाठामा रहेको गाउँकार्यपालिकाको कार्यालयमा लगाएको ताला खोलेका छन ।

तर चौकीदार र स्वयंसेविकाहरुले भने तालाबन्दी गरेका छन । दोश्रो चौमासिकको तलब नपाएको विरोधमा शिक्षकहरुले विद्यालय बन्द गरेर गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका थिए ।

 

तालाबन्दी पछि गाउँपालिका प्रमुख श्रीलाल साह प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहासंग शिक्षकप्रतिनिधिको वार्ता भएपछि शिक्षकहरु ताला खोल्न सहमत भएका हुन ।

 

गाउँपालिका प्रमुखले शिक्षकहरुको दोश्रो चौमासिक तलव सोमवार बिद्यालयको खाता जाने प्रतिवद्धता जनाएपछि शिक्षकहरुले ताला खोलेको गाउँपालिका प्रमुख श्रीलाल साहले बताउनु भयो ।

गाउँपालिकामा २ वटा माध्यमिक, २ वटा निम्न माध्यमिक र अन्य प्रावि गरी १४ वटा विद्यालयमा स्थायी, अस्थायी, राहत र बाल विकास केन्द्रका गरी १ सय १० जना शिक्षक कार्यरत छन् ।

 

बीरगंज महानगरसहित पर्साका सात स्थानीय तहले शिक्षकहरुको दोश्रो चौमासिक तलव निकासा गरेको छैन । नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज यादवले बिन्दवासीनीमा भएको तालाबन्दी आफूहरुको आव्हानमा नभएको प्रष्ट गर्नु भयो ।

 

अध्यक्ष यादवले तलव नदिने स्थानीय तहका बिरुद्ध महासंघले कडा निर्णय लिने अवस्था आएको उहाँको भनाई छ । बिन्दवासीनीमा आइतबार स्थानीय स्वयसेविका र चौकिदारहरुले समेत आफूहरुले मासिक तलव पाउनु पर्ने माग राख्दै तालाबन्दी गरेका छन ।  

 

उनीहरुले गाउँपालिका अध्यक्ष श्रीलाल साह कानुविरुद्ध नाराबाजीसमेत गरेका छन् ।

समस्या समाधानका लागि गाउँपालिका प्रमुख श्रीलाल साह कानु, प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहा र विरोध गर्ने पक्षबीच वार्ता भएपनि आजको वार्ता टुंगोमा नपुगी सकिएको गाउँपालिका प्रमुख साहले बताउनु भयो ।

 

उहाँले जनप्रतिनिधिले स्वयंसेविका र चौकिदारलाई नियुक्ति दिएको छैन केन्द्रबाट उनीहरुको नाममा कुनै तलव आउदैन यस्तो उनीहरुलाई मासिक तलव उपलब्ध गराउने स्रोत र आधार नभएको प्रमुख साहले बताउनु भयो । बार्ता भोलीपनि हुने बताइएको छ । स्थानीयले गाउँपालिकाको केन्द्र सार्न लागिएको भन्दै बिरोध जनाएका छन तर गाउँपालिका प्रमुख साहले केन्द्र सार्ने कुनै निर्णय नभएको  कुनै प्रक्रिया पनि शुरु नगरेको प्रष्ट पार्नु भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.