logo

मासिक तलव माग गर्दै बिन्दवासीनी गाउँपालिका कार्यालयमा तालाबन्दी

      2/25/2018 गते 00 00 मा प्रकाशित     749   पटक पढिएको

बीरगंज १३ फागुन । बिन्दवासीनी गाउँपालिकामा शिक्षकहरुले तलव नपाएको भन्दै बहुवर्वा भाठामा रहेको गाउँकार्यपालिकाको कार्यालयमा लगाएको ताला खोलेका छन ।

तर चौकीदार र स्वयंसेविकाहरुले भने तालाबन्दी गरेका छन । दोश्रो चौमासिकको तलब नपाएको विरोधमा शिक्षकहरुले विद्यालय बन्द गरेर गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका थिए ।

 

तालाबन्दी पछि गाउँपालिका प्रमुख श्रीलाल साह प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहासंग शिक्षकप्रतिनिधिको वार्ता भएपछि शिक्षकहरु ताला खोल्न सहमत भएका हुन ।

 

गाउँपालिका प्रमुखले शिक्षकहरुको दोश्रो चौमासिक तलव सोमवार बिद्यालयको खाता जाने प्रतिवद्धता जनाएपछि शिक्षकहरुले ताला खोलेको गाउँपालिका प्रमुख श्रीलाल साहले बताउनु भयो ।

गाउँपालिकामा २ वटा माध्यमिक, २ वटा निम्न माध्यमिक र अन्य प्रावि गरी १४ वटा विद्यालयमा स्थायी, अस्थायी, राहत र बाल विकास केन्द्रका गरी १ सय १० जना शिक्षक कार्यरत छन् ।

 

बीरगंज महानगरसहित पर्साका सात स्थानीय तहले शिक्षकहरुको दोश्रो चौमासिक तलव निकासा गरेको छैन । नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज यादवले बिन्दवासीनीमा भएको तालाबन्दी आफूहरुको आव्हानमा नभएको प्रष्ट गर्नु भयो ।

 

अध्यक्ष यादवले तलव नदिने स्थानीय तहका बिरुद्ध महासंघले कडा निर्णय लिने अवस्था आएको उहाँको भनाई छ । बिन्दवासीनीमा आइतबार स्थानीय स्वयसेविका र चौकिदारहरुले समेत आफूहरुले मासिक तलव पाउनु पर्ने माग राख्दै तालाबन्दी गरेका छन ।  

 

उनीहरुले गाउँपालिका अध्यक्ष श्रीलाल साह कानुविरुद्ध नाराबाजीसमेत गरेका छन् ।

समस्या समाधानका लागि गाउँपालिका प्रमुख श्रीलाल साह कानु, प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहा र विरोध गर्ने पक्षबीच वार्ता भएपनि आजको वार्ता टुंगोमा नपुगी सकिएको गाउँपालिका प्रमुख साहले बताउनु भयो ।

 

उहाँले जनप्रतिनिधिले स्वयंसेविका र चौकिदारलाई नियुक्ति दिएको छैन केन्द्रबाट उनीहरुको नाममा कुनै तलव आउदैन यस्तो उनीहरुलाई मासिक तलव उपलब्ध गराउने स्रोत र आधार नभएको प्रमुख साहले बताउनु भयो । बार्ता भोलीपनि हुने बताइएको छ । स्थानीयले गाउँपालिकाको केन्द्र सार्न लागिएको भन्दै बिरोध जनाएका छन तर गाउँपालिका प्रमुख साहले केन्द्र सार्ने कुनै निर्णय नभएको  कुनै प्रक्रिया पनि शुरु नगरेको प्रष्ट पार्नु भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

महाकवि देवकोटाको ११७औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ ।  नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती सोमवार स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

पर्सामा तिहार र छठका लागि कडा सुरक्षा व्यवस्था, पटका र जुवातासमा पूर्ण निषेध ,देउसी राती ९ बजेसम्म मात्र

वीरगन्ज । नेपालीहरूको महान् पर्व तिहार (दीपावली) र छठ पर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय पर्साले शान्ति–सुरक्षा सुनिश्चित गर्न कडा सुरक्षा मापदण्ड जारी गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.