logo

उपभोक्ता र उत्पादन गर्ने किसान मारमा परेका छन- ज्योती बानिया

      2/16/2018 गते 00 00 मा प्रकाशित     1143   पटक पढिएको


बीरगंज ४ फाल्गुण ।
उपभोक्ता हित संरक्षण मंच नेपालका अध्यक्ष ज्योती बानियाले तरकारी उत्पादक किसानहरुले लागत अनुसारको प्रतिफल नपाएको बताएका छन ।

 

मंचको पर्सा जिल्ला शासखाले शुक्रवार सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साको सभाकक्षमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बानियाले किसानले उत्पादन गरेको तरकारीको आपूर्ती प्रणालीमा समस्या रहेको त्यो समस्याको खोजी र निदानकालागि आफूहरु लागि परेको बताए । बजारमा देखिएको बिचौलिया र कमिशनखोरीका कारण उपभोक्ता र किसान मर्कामा परेको अध्यक्ष बानियाले बताए ।

 


    उपभोक्ता अधिकार आन्दोलनका अगुवा बानियाले उपभोक्ता अधिकार मौलीक हकको रुपमा सम्बिधानमा लिपिवद्ध भएको चर्चा गर्दै त्यसलाई कार्यान्वयन स्थानीय निकायले गर्नु पर्ने बताए । उपभोक्ताको हितमा स्थानीय तहले बजार ब्यवस्थापन,बजार अनुगमन र पूर्वाधार निर्माणको काम गर्नु पर्ने बिचार ब्यक्त गरे ।

 


किसानले आफनो उत्पादनकोलागि बजार नभएको गुनासो गरे । सरकारी तर्फबाट कुनै पनि सहुलियत नपाएको कृषक बलिराम दासले गुनासो गरे ।


ब्यापारीले भाउ निर्धारण गर्ने गरेको उनीहरुको भनाई छ । धेरै दिन राख्न नसक्ने ब्यापारीले जे मूल्य दियो त्यही मूल्यमा आफनो उत्पादन बेच्न किसान बाध्य भएको अर्का किसान अनिरुद्ध प्रसाद थारुले बताए ।

 


    किसानले आफना उत्पादको बिक्रीकालागि बिक्री कक्ष,कोल्डस्टोरेजको निर्माण, कृषि समाग्री अनुदानको रुपमा उपलब्ध गराउनु पर्ने ,बजार ब्यवस्थापनकोलागि आवश्यक कानूनको निर्माण ,कृषक सहकारीको निर्माण,बजार अनुगमन र मूल्या निर्धारण र नियन्त्रणमा स्थानीय तहका सरकारले काम गरिनुदिनु पर्ने माग किसानहरुको रहेको छ । 
    उपभोक्ता हित संरक्षण मंच पर्साका अध्यक्ष धिरज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बीरगंज महानगरपालिकाका उपप्रमुख शान्ति कार्की ,बिन्दवासीनी गाउँपालिकाका उपाध्यक्ष किरणदेवी गुप्ता मंचका महासचिव बाबुराम हुमागाई ,नेपाल पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष के.सी.लामिछाने वडा नं १३ का वडाध्यक्ष तुफान अन्सारी मंचका बारा अध्यक्ष म.रफिक मिया मकवानपुरका अध्यक्ष बासुदेव खतिवडा पत्रकार जगत राई अजित भूजेल लगायतले मन्तब्य ब्यक्त गरेका थिए । 


कार्यक्रमको संचालन मंचका सचिव अमय कुमार दासले गरेका थिए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

कात्तिक ६ गते बिहान ११ः३९ बजे भाइटीकाको शुभ साइत

काठमाडौँ ।  अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णयक समितिले २०८२ साल तिहार (शुभ दीपावली)का लागि विभिन्न देशहरूमा भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ ।

सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा सुधार अभियान, गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी

पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय  महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।

खेलकुद

हनामी बीएफसी फाइनलमा, रिगल एन्फा मकवानपुर टाइ–ब्रेकरमा पराजित

निर्मलबस्ती ३०। स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत शुक्रवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा हनामी बीएफसी चितवनले रिगल एन्फा मकवानपुरलाई टाइ–ब्रेकरमा ५–४ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।

ठोरी गोल्डकपमा रेगल एन्फा हेटौंडाको धमाकेदार प्रदर्शन, सेमिफाइनलमा प्रवेश

बिजयबस्ती । स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा रेगल एन्फा हेटौंडा ट्राईबेकरमा सेमिफाइनलमा प्रवेश गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.