logo

उपभोक्ता र उत्पादन गर्ने किसान मारमा परेका छन- ज्योती बानिया

      2/16/2018 गते 00 00 मा प्रकाशित     1286   पटक पढिएको


बीरगंज ४ फाल्गुण ।
उपभोक्ता हित संरक्षण मंच नेपालका अध्यक्ष ज्योती बानियाले तरकारी उत्पादक किसानहरुले लागत अनुसारको प्रतिफल नपाएको बताएका छन ।

 

मंचको पर्सा जिल्ला शासखाले शुक्रवार सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साको सभाकक्षमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बानियाले किसानले उत्पादन गरेको तरकारीको आपूर्ती प्रणालीमा समस्या रहेको त्यो समस्याको खोजी र निदानकालागि आफूहरु लागि परेको बताए । बजारमा देखिएको बिचौलिया र कमिशनखोरीका कारण उपभोक्ता र किसान मर्कामा परेको अध्यक्ष बानियाले बताए ।

 


    उपभोक्ता अधिकार आन्दोलनका अगुवा बानियाले उपभोक्ता अधिकार मौलीक हकको रुपमा सम्बिधानमा लिपिवद्ध भएको चर्चा गर्दै त्यसलाई कार्यान्वयन स्थानीय निकायले गर्नु पर्ने बताए । उपभोक्ताको हितमा स्थानीय तहले बजार ब्यवस्थापन,बजार अनुगमन र पूर्वाधार निर्माणको काम गर्नु पर्ने बिचार ब्यक्त गरे ।

 


किसानले आफनो उत्पादनकोलागि बजार नभएको गुनासो गरे । सरकारी तर्फबाट कुनै पनि सहुलियत नपाएको कृषक बलिराम दासले गुनासो गरे ।


ब्यापारीले भाउ निर्धारण गर्ने गरेको उनीहरुको भनाई छ । धेरै दिन राख्न नसक्ने ब्यापारीले जे मूल्य दियो त्यही मूल्यमा आफनो उत्पादन बेच्न किसान बाध्य भएको अर्का किसान अनिरुद्ध प्रसाद थारुले बताए ।

 


    किसानले आफना उत्पादको बिक्रीकालागि बिक्री कक्ष,कोल्डस्टोरेजको निर्माण, कृषि समाग्री अनुदानको रुपमा उपलब्ध गराउनु पर्ने ,बजार ब्यवस्थापनकोलागि आवश्यक कानूनको निर्माण ,कृषक सहकारीको निर्माण,बजार अनुगमन र मूल्या निर्धारण र नियन्त्रणमा स्थानीय तहका सरकारले काम गरिनुदिनु पर्ने माग किसानहरुको रहेको छ । 
    उपभोक्ता हित संरक्षण मंच पर्साका अध्यक्ष धिरज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बीरगंज महानगरपालिकाका उपप्रमुख शान्ति कार्की ,बिन्दवासीनी गाउँपालिकाका उपाध्यक्ष किरणदेवी गुप्ता मंचका महासचिव बाबुराम हुमागाई ,नेपाल पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष के.सी.लामिछाने वडा नं १३ का वडाध्यक्ष तुफान अन्सारी मंचका बारा अध्यक्ष म.रफिक मिया मकवानपुरका अध्यक्ष बासुदेव खतिवडा पत्रकार जगत राई अजित भूजेल लगायतले मन्तब्य ब्यक्त गरेका थिए । 


कार्यक्रमको संचालन मंचका सचिव अमय कुमार दासले गरेका थिए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.