logo

हुलाकी सडकको निर्माण कार्यमा अवरोध सिर्जना 

      2/16/2018 गते 00 00 मा प्रकाशित     1275   पटक पढिएको

बीरगंज ४ फाल्गुण ।
तराई मधेसको लाइफ लाइनका रुपमा रहेको हुलाकी सडकको निर्माण कार्यमा अवरोध सिर्जना भएको छ ।

 

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म एक हजार सात सय ९२ किलोमिटर लम्बाइको हुलाकी सडक अन्तर्गत पर्सामा ६० किलोमिटर सडक खण्ड पर्छ। पहिलो खण्डमा पर्ने साविकको बहुअर्वाभाठा गाविस र हालको बिन्दवासनी गाउँपालिकाका ४० भन्दा बढी जग्गा धनीले सरकारले तोकेको मुआब्जा अत्यन्तै कम भएकाले मुआब्जा बुझ्न मानेका छैनन् ।

 

बहुअर्वाभाठामा हुलाकी सडकका लागि स्थानीयका ३० कठ्ठा जग्गा अधिग्रहण गरिएको छ । पर्सामा हुलाकी सडकको वीरगन्जको प्रतिमा चोकदेखि सेढवासम्म ३० किलोमिटर र सेढवादेखि ठोरीको चौतारासम्मको ३० किलो मिटर गरि दुई खण्डमा गरी ठेक्का लगाइएको छ ।

 

वीरगन्जदेखि सेढवासम्मको हुलाकी सडकको ठेक्का पप्पु कन्ट्रक्सनले एक अर्ब ३२ करोड ४७ लाख ८३ हजार सात सय २७ रुपैयाँमा र सेढवादेखि ठोरीसम्मको हुलाकी सडक निर्माणको ठेक्काका लागि बानिया जेभीले एक अर्ब दुई करोड ९६ लाख रुपैयाँमा सहमती गरेको छ ।

 

दुवै खण्डको हुलाकी सडकको शीलान्यास गरी निर्माण कार्य थालिए लगत्तै केही स्थानमा स्थानीयले मुआब्जाको माग गर्दै आन्दोलन थालेपछि काममा अवरोध भएको हो । वीरगन्जदेखि सेढवासम्मको हुलाकी सडक खण्डको बहुअर्वामा र सेढवादेखि ठोरीसम्मको हुलाकी सडकखण्डको बाघमोर्चामा स्थानीयले मुअब्जाको माग र सेवा केन्द्र सार्न लागिएको गाउँ पालिकाको निर्णयको बिरुद्ध माघ १६ गते देखि जारि आन्दोलनले काममा अवरोध भएको हो।

 

स्थानीयको अवरोधका कारण दुवै स्थानमा हुलाकी सडकको काम रोकिएको हो। तर पर्साका प्रमुख जिल्ला अधिकारि बिनोद प्रकाश सिंह ले भने मुआब्जाको बिषयमा र आन्दोलन को बिषयमा आफुले माथिलो निकायमा जानकारी गराइसकेकोले मुआब्जा र आन्दोलनको बाहानामा हुलाकी सडकको निर्माण कार्यमा अवरोध नगर्न जिल्ला बासीसग आग्रह समेत गरेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

भूमि समस्या समाधान आयोग पर्सा लालपूर्जा बितरणको चरणमा

वीरगंज। भूमि समस्या समाधान आयोग पर्साले पर्सा जिल्लामा भूमिहीन दलित र सुकुम्बासीलाई भूमिको स्वामित्व दिने ऐतिहासिक निर्णय गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.