logo

रोटरी क्लब इन्टरनेशनल ३२९२ को सम्मेलनको तयारी पुरा

      2/15/2018 गते 00 00 मा प्रकाशित     1700   पटक पढिएको

 

वीरगन्ज, ३ फागुन । सामाजिक क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको रोटरी क्लब इन्टरनेशनल ३२९२ को डिष्ट्रिक्ट अधिवेशन शुक्रबारदेखि वीरगन्जमा शुरु हुने भएको छ ।

 

सम्मेलनको  रोटरी क्लबका अन्तराष्ट्रिय उपाध्यक्ष डिन रोहर्सले उदघाटन गर्ने कार्यक्रम रहेको छ । शुक्रबार उदघाटन हुने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको भएकोे छ । अधिवेशनको तयारीको बिषयमा बिहिबार पत्रकार सम्मेलन आयोजना गरेर जानकारी गराइएको हो ।

 

पत्रकार सम्मेलनमा रोटरी क्लब इन्टरनेशनलका अन्तराष्ट्रिय उपाध्यक्ष रोहर्सले  संस्थाको प्रतिनिधित्व गरेर नेपाल आउन पाउँदा धेरै खुशी लागेको बताईन् ।

 

उनले २०७२ सालमा नेपालमा गएको भूकम्पको बेला संस्थाका अन्तराष्ट्रिय अध्यक्ष आएर मानवीय सहयोगमा जुटेको जानकारी दिइन । अहिले अध्यक्ष अस्वस्थ भएकोले अधिवेशनमा सहभागी हुन नसकेको उनले जानकारी दिइन ।  मानवीय सेवा गर्दै आएको रोटरी इन्टरनेशनल संस्थाले विशेषगरी पोलियो उन्मुलनमा महत्वपूर्ण भूमिका खेलेको छ् ।

 

रोटरी क्लबले इन्टरनेशनलको सहयोगमा भूकम्प पीडितहरुलाई घर पनि बनाईदिएको छ  । पत्रकार सम्मेलनमा रोटरी क्लब इन्टरनेशन डिष्ट्रिक्ट नेपाल–भूटानका अध्यक्ष सञ्जय गिरीले सहजीकरण गर्दै नेपालभरका सबै रोटरी क्लबका प्रतिनिधिहरुको अधिवेशनमा सहभागिता रहने जानकारी दिए ।

 

शुक्रबारदेखि शुरु हुने सम्मेलनमा देशभरबाट प्रतिनिधिहरु आएको रोटरी क्लब वीरगन्जकी सदस्य सुष्मा शर्माले जानकारी दिईन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.