logo

२ नम्बर प्रदेश सरकारको पहिलो निर्णय मधेश आन्दोलनका शहीद परिवारलाई रोजगार

      2/15/2018 गते 00 00 मा प्रकाशित     1691   पटक पढिएको


जनकपुरधाम३ फागुन,  । प्रदेश २ को पहिलो मन्त्रिपरिषद् बैठकले मधेस आन्दोलनका सहिदका परिवारका एक सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ ।
मधेशी मोर्चा बनाएर आन्दोलनको शुरु गर्दा मोर्चाले आन्दोलनको क्रममा शहादत प्राप्त गर्ने शहीदका परिवारलाई ५० लाख रुपैया दिने घोषणा गरेका थिए । राजपाले आफनो घोषणापत्रमा समेत राजपा र फोरमको सरकार बनेमा क्याविनेटको पहिलो बैठकबाट ५० लाख दिने उल्लेख गरेको छ । तर पहिलो बैठकले रकम नदिई रोजगार दिने निर्णय गरेको छ ।
अन्य आन्दोलनमा शहादत प्राप्त गर्नेहरुको बिषयमा भने निर्णयमा केही बोलिएको छैन ।

प्रदेश २ मा राजपाको समर्थनमा संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत गद्धी मुख्यमन्त्री बनेका छन् । फोरमका विजय यादव अर्थ र जितेन्द्र सोनल भौतिक पूर्वाधारमन्त्री बनेका छन् ।

सपथ लगतै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले मधेस आन्दोलनका क्रममा ज्यान गुमाएका तथा असक्त घाइते भएकाहरुको परिवारका एक सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ ।

परिवार भन्नले आमाबाबु छोराछोरी र श्रीमती पर्नेछ र रोजगारी दिँदा पहिलो प्राथमिकता श्रीमतीलाई दिइने निर्णय गरिएको छ ।

घाइतेको उपचारका साथै प्रदेशमा उपलब्ध हुने स्वास्थ्य, शिक्षा लगायतका सुविधा दिन सहिद तथा घाइते परिवारलाई उपचार खर्च दिने निर्णय पनि भएको छ ।

बन्द अवस्थामा रहेका सरकारी अर्ध सरकारी उद्योगहरु पुनःसंचालनका लागि पहल गर्ने निर्णय पनि लिएको छ ।

बैठकले प्रदेशमा विकास योजना अघि बढाउन आन्तरिक तथा बैदेशिक सहयोग प्राप्त गर्न केन्द्र सरकारसँग समन्वय गर्ने निर्णय पनि भएको आर्थिक मामिला तथा योजनामन्त्री यादवले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.