logo

प्रदेश २ मा लालबाबु र १ मा शेरधन राई मुख्यमंत्रीमा नियुक्त

      2/14/2018 गते 00 00 मा प्रकाशित     1272   पटक पढिएको

जनकपुर २ फागुण। प्रदेश २ को मुख्यमन्त्रीमा लालबाबु राउत नियुक्त भएका छन् । प्रदेश प्रमुख रत्नेश्वर लाल कायश्थले बुधबार संघीय समाजवादी फोरम प्रदेशसभा संसदीय दलका नेता राउतलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । कार्यालय परिसरमा आयोजित कार्यक्रममा कायश्थले राउतलाई मुख्यमन्त्री नियुक्त गरेको पत्र नै दिएका छन् ।


राजपाको समर्थनमा राउतले मंगलबार मात्र मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गरेका थिए । १०७ सदस्यीय प्रदेशसभामा फोरमका २९ र राजपाका २५ गरी ५४ सांसद छन, जुन बहुमत हो ।

मुख्यमन्त्री नियुक्त भएपछि संक्षित प्रतिक्रिया दिँदै राउतले विकासका लागि सबैसँग सहकार्य गर्ने बताए । साथै सबैको सहयोगमा प्रदेश २ लाई नमुना प्रदेश बनाउन प्रयास गर्ने प्रतिवद्धता जनाए । मुख्यमन्त्रीको सपथ बिहिबार हुनेछ । सपथ ग्रहण समारोहमा फोरम र राजपा शीर्ष नेताहरु समेत सहभागी हुने तय भएको छ । 

उता प्रदेश १ को मुख्यमन्त्रीमा शेरधन राई नियुक्त भएका छन् । प्रदेश प्रमुख डा। गोविन्द सुब्बाले बुधबार एमाले संसदीय दलका नेता राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।


संविधानको धारा १६८ को उपधारा १ अनुसार प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलका नेता राईलाई मुख्यमन्त्री नियुक्त गरको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

 

एमालेले राईको नेतृत्वमा सरकार गठन गर्न सोमबार आफ्नो दाबी प्रस्तुत गरेको थियो । ९३ सदस्यीय प्रदेशसभामा एमालेको एकल बहुमत छ । एमालेका ५१ सांसद छन् । मुख्यमन्त्री राईले बिहिबार सपथ लिनेछन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

नेपाल यातायात व्यवसायी महासंघ पर्साको अध्यक्षमा  मानन्धर सचिवमा  श्रेष्ठ  सर्वसम्मत चयन

वीरगञ्ज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पर्सा जिल्ला कमिटीको अधिवेशन सम्पन्न भएको छ।

निर्वाचन प्रहरी भर्नाः तीन पटक म्याद थप्दा पनि आवेदन अपुग, आवेदन दिन बागलुङ आग्रह

बागलुङ ।  बागलुङ जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक निर्वाचन प्रहरी भर्नामा अपेक्षाअनुसार आवेदन परेको छैन।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.