logo

बहुदरामाई नगरपालिकामा ३३ करोड बजेट बिनियोजन

      2/14/2018 गते 00 00 मा प्रकाशित     1051   पटक पढिएको


बीरगंज २ फागुण । पर्साको बहुदरा माई नगरपालिकाको प्रथम नगर सभा आज सम्पन भएको छ ।

 

नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसियाले एक समारोहका बीच नगरसभाको उदघाटन गर्नु भयो ।

 

नगर सभामा आर्थिक वर्ष २०७४ ÷ ७५ का लागि ३३ करोड ६५ लाखको २७ हजारको बजेट तथा निति कार्यक्रम प्रस्तुत भएको छ । कुल बजेट मध्ये १७ करोड चालु तथा १६ करोड पुजिगत तर्फ खर्च हुने योजना रहेको छ ।

 

बहोदरा माई नगर प्रमुख नितेन्द्र साहको अध्यक्षतामा सम्पन उदघाटन समारोहमा कांग्रेस पर्साका सभापति अजय द्धिवेदी , पूर्व सांसद सुरेन्द्र चौधरी , कांग्रेस पर्साका सचिव श्याम पटेल , रामरुप कुर्मी ,पर्सागढी नगरपालिका प्रमुख लोकनरायण यादव , उपप्रमुख अर्चना चौधरी , नेपाल पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष केसी लामिछाने लगायतकाले शुभकामना  मन्तव्य राख्नु भयो ।

 

कार्यकारी अधिकृत भानुभक्त बरालले स्वागत मन्तव्य राखनु भएको कार्यक्रमको संचालन अलिअसगर देवानले गर्नु भएको थियो । उदघाटन समारोहमा मात्र कांग्रेसकै अतिथी निम्तयाएकोमा बहोदरा माई नगरपालिकाका ६ वटा वडाका अध्यक्ष तथा सदस्यहरुले उदघाटन समारोहलाई बहिष्कार गर्नु भएको थियो ।

 

वडा नम्बर १ का अध्यक्ष प्रमोद प्रसाद यादव , वडा नम्बर २ का अध्यक्ष जितेन्द्र पटेल , वडा नम्बर ४ का अध्यक्ष रामरेखा सिंह, वार्ड नम्बर ५ का अध्यक्ष रामेश्वर प्रसाद कानु , वडा नम्बर ६का अध्यक्ष केदार तिवारी , वडा नम्बर ८ का अध्यक्ष पुनीलाल साह तेली लगायत सदस्यहरुले उदघाटन समारोह बहिष्कार गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

नेपाल यातायात व्यवसायी महासंघ पर्साको अध्यक्षमा  मानन्धर सचिवमा  श्रेष्ठ  सर्वसम्मत चयन

वीरगञ्ज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पर्सा जिल्ला कमिटीको अधिवेशन सम्पन्न भएको छ।

निर्वाचन प्रहरी भर्नाः तीन पटक म्याद थप्दा पनि आवेदन अपुग, आवेदन दिन बागलुङ आग्रह

बागलुङ ।  बागलुङ जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक निर्वाचन प्रहरी भर्नामा अपेक्षाअनुसार आवेदन परेको छैन।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.