logo

सातौ गोपाल गोतामे पत्रकारिता पुरस्कार भोला पासवानलाई प्रदान

      2/14/2018 गते 00 00 मा प्रकाशित     989   पटक पढिएको

वीरगंज, २ फागुन । 
    सातौं गोपाल गोतामे पत्रकारिता पुरस्कार सप्तरीबाट प्रकाशित कञ्चनपुर साप्ताहिकका सम्पादक भोलाकुमार पासवानलाई प्रदान गरिएको छ । 


    नेपाल पत्रकार महासंघ, पर्सा शाखाको सभाकक्षमा आज पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठान, वीरगंजले आयोजना गरेको कार्यक्रममा वीरगंज महानगरका मेयर विजय सरावगीले १ तोला सुन मेडल, प्रमाणपत्रद्वारा पासवानलाई पुरस्कृत गरेका हुन् ।

कार्यक्रममा बोल्दै मेयर सरावगीले आफ नो जमानाको चर्चित पत्रकार गोपाल गोतामेको स्मरणमा प्रतिष्ठानले प्रदान गर्दै आएको पुरस्कारको सराहना गरे । उनले तत्कालीन अवस्थामा पञ्चायत शासनविरुद्ध लडेर जनमुखी पत्रकारिता गरेका गोपाल  गोतामेलाई बिर्सन नसकिने बताए । उनले प्रतिष्ठानलाई जीवन्त राख्नको लागि आफनो तर्फबाट हुने सक्दो सहयोगको आश्वासन दिए । 


    सांसद प्रदीप यादवले लोकतन्त्रको पक्षमा कलम चलाएर गोपाल गौतमले नाम कमाएको र पत्रकारिता पेशालाई उचाइ पु¥याएको बताउ“दै उनको स्मरणमा स्थापित पुरस्कार पाउनु भनेको सौभाग्यको कुरा भएको बताउ“दै पुरस्कृत पासवानलाई बधाई ज्ञापन गरेका थिए । उनले मूलधारमा पत्रकारिता गर्नेहरुको आर्थिक अवस्था कमजोर रहेको आपूmले पाएको बताए । 


    पुरस्कार वितरण कार्यक्रममा सांसद यादवले मधेस आन्दोलनको परिणाम प्रदेशको मुख्यमन्त्री, सभामुख र दुवै संसदीय दलको नेता वीरगंज आसपासका व्यक्ति भएको उल्लेख गरे । उनले वीरगंजले पाउने कुरा अझ धेरै बा“की रहेको बताए ।

सांसद यादवले प्रादेशिक संरचनामा तुषारापात गर्ने उद्देश्यले नया“ नागरिकता लिएका नवनागरिकहरुबाट जातीय र भौगोलिक, भाषिक कुराहरुको उठान भइरहेको आरोप लगाए । 


    पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले क्याम्पसमा अध्ययन गर्दा मातृभूमि पत्रिकाको पछाडिको पा ता आपूmहरुले अध्ययन गरेको बताए ।

उनले त्यतिखेरका चर्चित पत्रकारको नाममा स्थापित पुरस्कार मधेसमा दलितहरुको पीडा बुझेका व्यक्तिलाई प्रदान गरेकोमा खुशी  व्यक्त गरे । उनले मधेसका दलितहरु देशका अन्य दलितहरु धेरै पीडित भएको बताए । 


    प्रतिष्ठानका अध्यक्ष जगदीशप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष्ँ चन्द्रकिशोर झाले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै स्वागत गरेका थिए ।

कार्यक्रममा पत्रकार गोपालचन्द्र गौतमको बारेमा प्राध्यापक बालगोपाल थापाले आप्mनो स्मरण सुनाएका थिए । कार्यक्रमको सहजीकरण प्रतिष्ठानका सचिव केसी लामिछानेले गरेका थिए । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

कात्तिक ६ गते बिहान ११ः३९ बजे भाइटीकाको शुभ साइत

काठमाडौँ ।  अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णयक समितिले २०८२ साल तिहार (शुभ दीपावली)का लागि विभिन्न देशहरूमा भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ ।

सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा सुधार अभियान, गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी

पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय  महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।

खेलकुद

हनामी बीएफसी फाइनलमा, रिगल एन्फा मकवानपुर टाइ–ब्रेकरमा पराजित

निर्मलबस्ती ३०। स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत शुक्रवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा हनामी बीएफसी चितवनले रिगल एन्फा मकवानपुरलाई टाइ–ब्रेकरमा ५–४ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।

ठोरी गोल्डकपमा रेगल एन्फा हेटौंडाको धमाकेदार प्रदर्शन, सेमिफाइनलमा प्रवेश

बिजयबस्ती । स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा रेगल एन्फा हेटौंडा ट्राईबेकरमा सेमिफाइनलमा प्रवेश गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.