logo

मुस्लिमलाई मुख्यमंत्री बनाएको बिरोधमा हिन्दुवादीद्वारा यादवको पुत्ला दहन

      2/12/2018 गते 00 00 मा प्रकाशित     1450   पटक पढिएको

बीरगंज २९ माघ । 
वीरगन्जमा हिन्दुवादी संगठनले  सोमबार वीरगन्जमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाएका छन।

विश्व हिन्दु परिषदका कार्यकर्ताहरुले बीरगंजको घण्टाघरमा यादवको पुतला दहन गरेका हुन । गेरुवा रंगको झण्डा सहित पुतला बोकेर  घण्टाघर चोकमा पुगेका सानो समुहले पुतला जलाएको हो । प्रदेश नम्बर दुईमा फोरमले मुख्यमंत्रीमा एक जना मुस्लिम नेतालाई अगाडि सारेकोमा बिश्व हिन्दू परिषदले    अध्यक्ष यादवको पुत्ला जलाएको हो  ।

प्रदर्शनकारीहरुले हिन्दुविरोधी उपेन्द्र यादव मुर्दावाद, मुस्लिमलाई मुख्यमन्त्री बनाउन पाइँदैन जस्ता नारा लगाएर प्रदर्शन गरेका थिए । फोरम नेपाल र उसका अध्यक्ष उपेन्द्र यादवले प्रदेश नम्बर २ को मुख्यमन्त्री मुस्लिम धर्मका व्यक्तिलाई बनाउन लागेको भन्दै विश्व हिन्दु परिषदले यादवको पुत्ला जलाएको प्रदर्शनमा सहभागी अजय कुमार कानुले बताए ।

फोरम नेपालले प्रदेश नम्बर २ को संसदीय दलको नेतामा पार्टीका राष्ट्रिय उपाध्यक्ष एवम् प्रदेश सांसद लालबाबु राउत गद्धीलाई चयन गरिसकेको छ । लालबाबु वीरगन्जकै स्थायीबासिन्दा हुन् । उनी, पर्साको क्षेत्र नम्बर १ ख बाट प्रदेशसभा सांसदमा निर्वाचित भएका थिए ।

पुत्ला दहनको अगुवाइ गरेका विश्व हिन्दु परिषदको प्रदेश नम्बर २ का अगुवा ज्योतिलाल कलवारले प्रदेश नम्बर २ मा बहुसंख्यक हिन्दुमाथि कुठाराघात गर्दै फोरम नेपाल र यादवले मुस्लिम धर्मका मानिसलाई मुख्यमन्त्री बनाउने निर्णय गरेकाले विरोध प्रदर्शन गरिएको बताए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.