logo

औपचारिक पोशाकमा देखिए मर्यादापालकहरु ,बिरोधमा उत्रिए मधेशी सासदहरु

      2/12/2018 गते 00 00 मा प्रकाशित     1714   पटक पढिएको

जनकपुर २९ माघ ।२ नम्बर प्रदेशको प्रदेश सभाको पहिलो बैठकमै मर्यादापालकको पोशकका बिषयमा बिवाद भएको थियो । मर्यादापालकले केन्द्रीय संसदमा लगाएको जस्तै दौरा सुरुवाल ,चौवन्दीचोली र  सारी लगाउने तयारीम थिए तर त्यतीबेला प्रदेशसभाका सदस्यहरुले मधेशको संस्कृति र पोशाकको पृथकताको वकालत गर्दै मर्यादापालकलाई पोशाक लगाउन दिएका थिएनन ।
सोमवारको बैठकसम्म मर्यादापालकहरुको पोशाकको सन्दर्भमा कु्नै ठोस काम भएको थिएन । बिरोध त गरियो तर फरक पोशाक निर्माण भएन ।  सोमबार निर्धारित प्रदेश २ को प्रदेशसभा बैठकको तयारी चलिरहेका बेला एकाएक दौरा सुरुवाल कोट र सारी चोलो कोट लगाएर मर्यादापालक  प्रदेश संसद भवनमा प्रवेश गरेपछि खैलाबैला मच्चियो ।


मधेसवादी दलले सर्वदलीय बैठकमार्फत प्रदेशसभाको पहिलो बैठकमै मर्यादापालकले दौरा सुरुवाल लगाउन नपाउने व्यवस्था गरे । तर त्यसपछि पोशाक के लागाउने त्यसको तयारी गर्न कसैले आवश्यक ठानेन 

सोमबार मात्रै कार्यव्यवस्था परामर्श समितिले सफारी सुट र सारी चोलो ड्रेसकोड तय गर्‍यो । यो तय गरिएको पोशाकको ब्यवस्था गर्न पनि १५ दिन जती लाग्छ नै ।

तर, यो तत्काल उपलब्ध हुन नसक्ने भएपछि मर्यादापालकहरुले आफू खुसी पोशाक लगाउन पाउने भए । आफूखुशी पोशाक लाउन पाउदा मर्यादापलकहरुले दौरा सुरुवाल कोट र सारी चोलो कोट लगाए ।

प्रदेशसभा सचिवालय र सांसदहरुबीच छलफल भएरै मर्यादापालकको अर्को पोशाक नबनेसम्मका लागि दौरा सुरुवाललाई अल्पकालीन पोशाकको अनौपचारिक मान्यता दिइएको स्रोतले जनाएको छ ।

अर्को पोशाक तयार नहुन्जेल आफ्नो इच्छा र सुबिधा अनुसारको पोशाक लगाउन छुट दिइएको संसद सचिवालयबाट काजमा खटिएका सहसचिव बंशीराज पौडेलले जानकारी दिए ।

उनले भने माननीय ज्यूहरुले मधेशमा धेरै गर्मी हुने भएकाले दौरा सुरुवाल उपयुक्त नहुने सुझाव दिनुभयो । अब पुरुषले क्रिम कलरको सफारी सुट र महिलाले पनि सोही कलरको सारी र ब्लाउज लगाउने गरी पोशाक तयार हुँदैछ, त्यो नहुन्जेल दौरा सुरुवाल लगाए पनि छुट भयो ।’

तर, मर्यादापालक दौरा सुरुवाल लगाएर आएपछि मधेशवादी दलका नेताहरुले आपत्ति जनाएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.