logo

बन्द हडतालविरुद्ध शान्तिपूर्ण ¥याली,  अवरोध बिरुद्ध बिद्यालय बन्द 

      2/9/2018 गते 00 00 मा प्रकाशित     1024   पटक पढिएको

माघ २६ सुवर्णपुर ।
पर्साको ठोरी गाउँ पालिका वडा नं ४  र ३ मा आ-आफना मागहरु लिएर  वडावासीहरु आन्दोलीत छन । वडा नं ४का बासिन्दाहरु वडा नं ५ का बासिन्दाले गर्दै गरेको आन्दोलनको बिरुद्ध आन्दोलीत छन । गाउँपालिकाको केन्द्रको माग गर्दै आन्दोलीत वडा नं ३ का बासिन्दाले भने शुक्रवार देखी बिद्यालय बन्द गरेका छन ।

 

 वडा नं ४का बासिन्दाहरुले आज बन्द हडताल विरुद्ध शान्ति ¥याली निकालेका छन् । उनीहरुले विद्युत् पोल ढाल्नेलाई  कार्वाही गर बन्द हडताल  फिर्ता गर ,गाउँ पालिकाको सम्पत्ति जलाउनेलाई कार्वाही गर जस्ता नाराहरु लगाउँदै गाउँ परिक्रमा गरेका थिए ।

 

वडा नं ४ को मिलचोकबाट सुरु भई गुम्बालाइन , विजयबस्ती , गोपीबस्ती हुँदै मालीबस्तीसम्म पुगी पुनः विजयबस्ती , फायरलाइन , विशालचोक हुँदै मिलचोकमा समापन भएको थियो ।

 

 निरन्तरको बन्द हडतालले जनजीवनलाई कष्टकर बनाउँदै लगेको हुँदा त्यस्तो बन्द फिर्ता लिन र वार्ताद्वारा समस्याको समाधान खोज्न आव्हान गर्दै आज शान्ति र्यालीको आयोजना गरिएको र्यालिमा सहभागीहरुले जनाएका छन।

यसैवीच गाउँपालिका केन्द्रको माग राखेर आन्दोलनमा उत्रिएको वडा न ३ को संघर्ष समितिले आजबाट बिधालय बन्द गराएको छ।बन्दकर्ताहरुले बिहानैदेखि ब्रम्हानगर ,बुद्धनगर लगायतका मुख्य चोकहरुमा नाराबाजी गरेका थिए ।

 

मिलचोकमा शान्तिपुर्ण बिरोध कार्यक्रममा हस्तक्षेप भएको भन्दै बन्द सशक्त पार्न आजबाट बिद्यालय बन्द गरिएको आन्दोलनकारीहरुले जनाएका छन् ।यस वडामा पर्ने एउटा मावि सहित ५ वटा सामुदायिक र ३ वटा निजि बिधालयहरुको पठनपाठन आजबाट ठप्प भएको छ।

 

आज दिउँसो मात्र संघर्ष समितिले वडा न ३ का निर्वाचित प्रतिनिधिहरु संग आफ्नो माग र आन्दोलनका कार्यक्रमबारे अन्तरक्रिया गरेको थियो।

 


उता माघ १५ को ठोरी गाउँपरिषदको निर्णय खारेजीको माग राखेर आन्दोलनरत सुवर्णपुरबासिहरुले आज ११ औं दिन पनि आन्दोलन जारी राखेका छन् ।

 

केही दिनअघि मिलचोकमा शान्तिपुर्ण आन्दोलनमा अबरोध गरेको आक्रोशमा गाउँपालिका कार्यालयमा तोडफोड र फर्निचरमा आगजनी गरेका आन्दोलनकारीहरुले आज लाठी जुलुस निकालेका हुन।सुवर्णपुरको आन्दोलनकारी र ठोरी गाउँपालिका बिच पहिलो चरणको वार्ता सम्पन्न भैसकेको छ र एकसाता भित्र दोस्रो चरणको वार्ता गरिने सहमति भएको थियो।

 


यसैबीच ठोरी गाउँपालिकामा माघ १५ को परिषदको निर्णयको समर्थन र बिरोधमा दिनहुुँ प्रदर्शन हुन थालेपछि प्रहरीले सुरक्षा सतर्कता बढाएको छ।शान्तिपुर्ण कार्यक्रममा कुनै अप्रिय घटना नहोस भनेर प्रहरी सचेत भएको भन्दै बिरोध कार्यक्रम हुने स्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.