logo

सुवर्णपुरवासीद्वारा गाउँपालिका कार्यलयमा आगजनी,रामनगरमा प्रतिकार समिति गठन

      2/7/2018 गते 00 00 मा प्रकाशित     1085   पटक पढिएको

बीरगंज २४ माघ । गाउँपालिकाको केन्द्रm सार्ने ठोरी गाउँपालिकाको निर्णयका बिरुद्ध ठोरी ५  सुपर्णपुरका बासिन्दाले बुधवार गाउँपालिका कार्यालयमा तोडफेड र आगजनी गरेका छन । 

 

उनीहरुले गाउँपालिकाको केन्द्र सार्ने गाउँ सभाको निर्णय खारेज गर्न माग गर्दै कार्यालयमा तोडफोड गर्नुको साथै कार्यालयभित्रका कुर्सी, टेबल र कागजपत्र बाहिर निकालेर आगो लगाइदिएका हुन् । उनीहरुले गाउँपालिका अध्यक्षको विरोधमा नाराबाजी गर्दै केन्द्र सार्ने निर्णय फिर्ता गर्नुपर्ने माग गरेका छन् ।

 

कालो झण्डा बोकेर सुवर्णपुरबाट ठोरी जाँदै गरेको मोटरसाइकल र्‍यालीलाई वडा नं ४ मिलचोकमा केहि युवाहरुले रोकेर अवरोध गरेपछि आन्दोलन चर्किएको हो । मिलचोकमा र्‍यालीमा सहभागीहरुलाई ढुंगा हान्नुको साथै कालो झण्डा खोसेर लगेको आरोप आन्दोलनकारीहरुले लगाएका छन् ।

 

मिलचोक गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठ (पिएल० को गाउँ हो । यसअघि पनि मिलचोकमा माघ २२ गते वडा नं ३ का प्रदर्शनकारीहरु सुवर्णपुर वडा नं ५ हुँदै र्फकने क्रममा झण्डा खोसेर जलाइएको थियो ।

गाउँपालिकाको सुवर्णपुरमा रहेको सेवा केन्द्र सारेको विरोधमा आन्दोलनमा उत्रेका स्थानीय वासिन्दासँग मंगलबारमात्रै वार्ता भएको थियो । त्यसको भोलिपल्टै सुवर्णपुरबासीले आगजनी गरेका हुन् ।

वार्ता समितिका संयोजक विश्वराज घिमिरेले वार्तामा भएको सहमतिको विपरीत शान्तिपूर्ण आन्दोलनमा अवरोध गरेका कारण आन्दोलनले उग्र रुप लिएको बताए ।

 

‘मुर्दावाद र जिन्दावादको नारासमेत नलगाई मेरै नेतृत्वमा र्‍याली लिएर ठोरी जाँदै थियौं । ढुंगामुढा गर्ने, झण्डा खोस्ने काम भयो’ उनले भने ‘त्यसले गर्दा आन्दोलनकारी आक्रोशमा आएर गाउँपालिकाको भवनमा तोडफोड गर्नुको साथै गाउँपालिका कार्यालयमा रहेको समान जलाएका छन् । आक्रोशित भिडलाई नियन्त्रण गर्न सकिएन ।’

 

मोटरसाइकल र्‍याली ठोरीको चौतारामा पुगेर कोण सभा गर्ने योजना अनुसार गएको भए पनि अवरोध भएका कारण बीचबाटै र्फकनुपरेको उनले बताए ।

 

जिल्ला समन्वय समिति पर्साका उपसभापति ठाकुरप्रसाद न्यौपानेको पहलमा ठोरी गाउँपालिका र गाउँपालिकाको वडा नं ५ सुवर्णपुरका आन्दोलनरतपक्षबीच विजयबस्तीमा मंगलबार भएको वार्तामा शान्तिपूर्ण प्रदर्शनमा कसैले पनि अवरोध नगर्ने सहमति भएको थियो ।

 

गत माघ १५ गते ठोरी गाउँपालिकाको प्रथम गाउँ परिषदले वडा नं ५ सुवर्णपुरमा रहेको केन्द्र वडा नं ४ घ्याङडाँडामा सार्ने निर्णय गरेपछि सुवर्णपुरवासी संघर्ष समिति नै गठन गरेर माघ १६ गतेदेखि आन्दोलनमा छन् ।
यसैवीच बन्द हडताल फिर्ता गर्न माग गर्दै बुधवार रामनगरमा प्रदर्शन गर्नुका साथै ,प्रतिकार समिति गठन भएको छ ।

 

ठोरी गाउँपालिकाको वडा न ३ रामनगरमा बन्द हडतालको बिरोध गर्दै आज प्रदर्शन गरिएको छ।स्थानिय सर्वसाधारण ,महिला,युवाहरू लगायत करीब १०० जना भन्दा बढिले बन्द हडताल फिर्ता गर भन्दै पैदल ¥याली गरेका हुन।रामनगरदेखि शुरु भएको ¥याली बुद्ध नगरमा गएर कोणसभामा परिणत भएको थियो  ।

 

हातमा प्लेकार्ड बोकेका प्रदर्शनकारीहरुले बन्द हडताल फिर्ता गर,जनताको जनादेश पालना गर,विकासको काममा सहयोग गर,राजनीति मागी खाने भाडो नबनाउ,बिजुलीको पोल भाच्नेलाई कारबाही गर भन्दै नाराबाजी समेत गरेका थिए ।

 


यसैबीच आज नै ठोरी गाउँपालिका वडा न ३ रामनगरमा बन्द हडतालको बिरोध गर्न प्रतिकार समिति गठन गरिएको छ।पुष्कर भुजेलको नेतृत्वमा ५१ सदस्यीय प्रतिकार समिति गठन गरिएको रामनगरका युवा ललित बस्नेतले जानकारी दिए।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

चितवनमा रगतको चरम अभाव, रेडक्रस सोसाइटीद्वारा रक्तदान गर्न अपिल

चितवन । चितवन  जिल्लामा रगतको चरम अभाव भएको छ । यससंगै नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले रक्तदानका कार्यक्रम गरिदिन अपिल जारी गरेको छ ।

उपकार सेवाको सहयोग घरमै ह्वीलचेयर

वीरगंज । पोखरिया नगरपालिकाको वडा नं ६ सिर्सियाका एक बिरामीलाई “कुइन ज्वैलर्स काठमाडौं” को सहयोगमा ह्वीलचेयर प्रदान गरिएको छ।

खेलकुद

नारायणी रङ्गशालाको प्याराफिट पुनर्निर्माण कार्यको  सचिव शिवजी गुप्ताले गरे शिलान्यास

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी रङ्गशालाको प्याराफिट पुनर्निर्माण कार्यको मधेश प्रदेश खेलकुद परिषदका सदस्य सचिव सचिव शिवजी गुप्ताले शिलान्यास गरेका छन ।

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.