logo

पप्पु कन्स्ट्रक्सनको लापरवाहीले सडक दुर्घटनामा एकको ज्यान गयो 

      2/7/2018 गते 00 00 मा प्रकाशित     1660   पटक पढिएको

कलैया, २४ माघ । सडकमा खसालिएको धूलोका कारणले कलैया वीरगंज सडक खण्ड अन्तर्गतको सिसहनीयामा बुधबार ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यु समेत भएको छ ।

 

कलैयाबाट घर जाँदै गरेको अवस्थामा पछाडीबाट ट्रयाक्टरले ठक्कर दिँदा सोही स्थान बस्ने जीवत ठाकुरकी १६ बर्षीया छोरी नीभा ठाकुरको ट्रयाक्टरको ठक्करबाट मृत्यु भएको बारे जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

 

ठाकुरलाई ना १ त १४१० नम्बरको ट्रयाक्टरले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक भुवनेश्वर प्रसाद साहले बताए । ठक्करबाट ठाकुरको घटनास्थलमा नै मृत्यु भएको प्रहरीको भनाई रहेको छ । ठक्कर दिने गाडी तथा चालक राजकुमार सहनी प्रहरीको नियन्त्रणमा रहेको छ ।

 

ठक्करबाट ठाकुरको मृत्यु भएपछि त्यसको विरोधमा मृतकका आफन्त र स्थानीयबासीले केहिबेर चक्का जाम समेत गरेका थिए । सडक निर्माणको क्रममा खसालिएको माटोको धुलोले बाटो काट्ने क्रममा नदेखिएपछि निभालाई ट्याक्टरले ठक्कर दिएको र उनको ज्यान गएको स्थानीयले बताएका छन् ।

 

हुलाकी राजमार्ग निर्माणका लागि ठेकेदारले खसालेको माटोका कारण कलैया वीरगन्ज सडकखण्डमा सवारी दुर्घटनाको जोखिम बढेको छ । हुलाकी राजमार्गसँग जोडिने सहायक मार्ग कलैया वीरगन्ज सडक खण्डमा खसालेको माटोको धुलो उडेर सडक नै ढाक्ने गरेका कारण अहिले सर्वसधारणलाई आवत जावत गर्न सास्ती मात्रै होईन सडक दुर्घटनाका कारण सर्वसाधारणको ज्यान समेत गएको छ ।

 

१५ मिटर चौडाई भएको सडक निर्माणको कन्स्ट्रक्सनले जिम्मेवारी पाएपछि केहि दिन अगाडीबाट काम गर्न शुरु गरेको छ । काम शुरु गर्दै पप्पु कन्स्ट्रक्सनले कलैया वीरगन्ज सडक खण्डमा खसालेको माटोको धूलो उडेर बाटो नै नदेखिदा दुर्घटना समेत भएको छ ।

 

सडकमा खसालिएको माटोको धूलोले सर्वसधारणको स्वास्थ्यमा समेत असर परेको सर्वसाधारणको गूनासो छ । पर्साको प्रतिमा चोकदेखि बाराको बरियारपुरसम्मको हुलाकी सडक निर्माणको जिम्मा पाएको पप्पु कन्स्ट्रक्सनले सडकमा माटो खसाल्न शुरु गरेको र माटोको धूलोले सडकमा आवतजावत गर्ने सवारी साधन र यात्रुहरुलाई समस्या हुने गरेको हो ।

 

१५ मिटर चौडाईको हुलाकी सडकलाई केहीदिन अघि मात्र कलैया उपमहानगरपालिकाको सर्वदलीय बैठकबाट कलैया वीरगन्ज खण्डमा ३० मिटर चौडाई बनाउन माग गर्ने निर्णय गरेको थियो । अहिले हुलाकी सडक निर्माणका लागि धमाधम माटो खसाल्ने काम भईरहेको छ ।

 

माटो सडकमा खासालेपछि उडेको धुलोले सडक नदेखिने र सवारी दुर्घटना हुने गरेको सवारी चालकहरुले बताएका छन् ।  धुलाम्य सडकमा सवारीले ठक्कर दिएर सर्वसाधारणले ज्यान समेत गुमाएपनि स्थानीय प्रशासन भने यसप्रति गम्भीर नभएको स्थानीयको आरोप छ ।

 

यस विषयमा बाराका प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धरसँग सम्पर्क गर्दा निर्माणका लागि खसालिएको धूलोलाई केही गर्न नसक्ने जवाफ दिएका छन् । सडकमा खसालिएको माटोको धूलो उड्न नदिन पानी पटाउन सक्ने भएपनि प्रमुख जिल्ला अधिकारी मानन्धरको अभिव्यक्तिले सर्वसाधरण जो कोहीलाई पनि विझाउन सक्छ ।

 

उनले भने, “सडक निर्माण गर्न खसालेको माटोको धूलो उड्छ भने के गर्ने त ? सडक निर्माण नै रोक्ने ?” माटो खसालेकै कारण धुलाम्य सडकमा सवारी चलाउदा सर्वसाधारणले ज्यान गुमाउनु परेको भएपनि सम्बन्धित ठेकेदार र स्थानीय प्रशासनले दिएको गैरजिम्मेवारी अभिव्यक्तिले भने सर्वसाधारण दुखी बनेका छन् ।    

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

लमजुङमा प्रेस चौतारी अध्यक्षको घरमा आक्रमण, महासंघ र चौतारीको कडा निन्दा

वीरगन्ज । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको लमजुङको बेँसीसहरस्थित निजी निवासमा गएराति अज्ञात समूहले ढुंगा प्रहार गरी तोडफोड गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले निन्दा व्यक्त गरेको छ।

भारतका विभिन्न स्थानबाट १६ नेपाली बालबालिकाको उद्धार

जनकपुरधाम । भारतका विभिन्न सहरमा कार्यरत १६ नेपाली बालबालिकाको उद्धार गरी उनीहरूलाई आज जनकपुरधाममा परिवारको जिम्मा लगाइएको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.