logo

राष्ट्रपती द्धारा उद्घाटीत सन्तपुरको नमुनाबस्ती समुदायलाइ हस्तान्तरण

      2/6/2018 गते 00 00 मा प्रकाशित     1223   पटक पढिएको

चन्द्रपुर २३ माघ ।
 रौतहटको चन्द्रपुर नगरपालिकाको वडा न ं ८ स्थित सन्तपुरमा धुर्मुस सुन्तली फाउन्डेसनले निमार्ण गरेको नमुनाबस्ती एक भब्य समारोहकावीच समुदायलाइ हस्तान्तरण गरीएको छ । 
बाढी पीडितहरुकोलागि निमार्ण गरीएको एकिकृत नमुनाबस्ती  राष्ट«पती बिधादेवी भण्डारीले उद्घाटन गरेकी छिन ।

राष्ट«पती भण्डारीले नमुनाबस्तीको मुख्यद्धारमा  रिवन काटेर उद्घाटन गर्दै बसतीको साँचो निमार्ण समितिका अध्यक्ष सत्यनारायण माझी मुसहरलाइ बुझाएकी हुन  ।

 राष्ट«पती भण्डारीले वालमैत्री, अपाग मैत्री र वाताबरण मैत्री सुन्दर बस्ति निमार्ण गरेको भन्दै धुर्मुस सुन्तली फाउन्डेशन लाइ धन्यवाद दिएकी छिन ।

उनले घरको घरहरुलाइ बिस्तापित गर्दै सवै नेपालीलाइ न्यूनतम सुबिधायुक्त आवासको व्यवस्थागर्नु सरकारको कर्तव्य भएको बताएकी छिन ।


बरिष्ठ कलाकार हरीवंश आचार्यले राम्रो काम गर्ने मानिस कहिल्यै नमर्ने भन्दै धुर्मुस सुन्तलीले मानविय सेवा गर्ने सपनालाइ पुरा गर्दै आएको बताएका छन । 

चाडपर्वको बिचमा पर्वहरु नमनाउदै हरेक दिन पर्व नै आएको महशुस गर्दै, हरेक दिन उत्सव जसरी मनाउदै एकसय १५ दिनमा बस्ति हस्तान्तरण गर्न पाएको मा सवैभन्दा ठुलो पर्व र खुशीको दिन भएको फाउन्डेशनका अध्यक्ष तथा हास्य कलाकार सिताराम कट्टेल धुर्मुसले सुनाए ।

 बस्ती निमार्ण गर्दा आफुले आफैलाइ बिर्सेर काम गरेको र यसरी नै सरकारले देश विकासका लागी  काम गर्दीएको भए आज  यस्ता चार वटा नमुना बस्ति ठड्याउनु पर्ने अवस्था नै आउने थिएन होला भन्दै काममा बिश्वास गर्न समेत उनले सवै संग आग्रह गरेका छन ।

कुनै दिन १७ सय रुपैया खल्तीमा बोकेर राजधानी छीर्दा कुनै सपना र योजना थिएन कट्टेलसंग । पबित्र उदेश्य र निस्वार्थ भावना लिएर अगाडी बढ्दा सहयोगी हातहरु धेरै पाइने र एक व्यक्तिले थालेको अभियानमा दुइबर्षको छोटो अवधीमा चार वटाबस्ती निमार्णमा १७ करोड भन्दा बढी असाधारण आर्थीक सहयोग जुटेकोमा उनी आफू पनि दंग छन । 

सरकारले आफुहरुलाइ सरसफाइ दुत र पुर्ननिर्माण दुतको सम्मान दिएको बताउदै आफुहरु नाम र पद भन्दा पनि काममा रमाउन चाहाने भएकाले सरकारले काम दिनुपर्ने उनले बताएका छन ।

यो काम सरकारलाइ चुनौती नभइ विपतको घडीमा आम नेपालीले गर्नुपर्ने कर्तव्य र सरकारलाइ सहयोग गरेको उनले बताएका छन ।

आगामी दिनमा धुर्मुस सुन्तली फाउन्डेशनले नमुना नेपाल निमार्ण गर्ने जानकारी दिदै नमुना नेपाल त हामी बनाउछौ तर साच्चिकै समृद्ध नेपाल सरकारले बनाओस भन्ने आफुहरुको चाहाना रहेको धुर्मुसको भनाइ छ ।

फाउन्डेशनकी उपाध्यक्ष तथा हास्य कलाकार कुन्जना घिमिरे सुन्तलीले फाउन्डेशनले निमार्ण गरेको चार वटा एकिकृत नमुनाबस्ती र त्यस बस्तीमा आएको सकारात्मक परीवर्तनले मानविय सेवामा अझै सकृय रहनका लागी प्रेरीत गरेको बताएकी छिन ।

५ करोड ९५ लाखको लागतमा निमार्ण भएको  नमुना बस्तिमा ४७ वटा आवसिय घर ,  वाल विकास बिद्यलय, बाल उद्यन, सार्वजनिक शौचालय, मन्दिर , भ्यू टावर , खानेपानीको धारा, बाटो निमार्ण गरीएको छ ।

गएको असोज २८ गते बाट निमार्ण थालिएको बस्ती एकसय १५ दिनमा समुदायलाइ हस्तान्तरण गरीएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.