logo

पाइपलाईन परियोजनाकोलागि भण्डारणस्थलमा पाइप आइपुग्यो

      1/25/2018 गते 00 00 मा प्रकाशित     1123   पटक पढिएको


वीरगन्ज, ११ माघ । पेट्रोलियम पदार्थको आपूर्तीकालागि प्रस्तावित पाइपलाई निर्माणकोलागि परियोजनाको भण्डार स्थल बीरगंजमा पाइप भित्रिन थालेको छ । 

 

    नेपालका लागि इन्धन आपूर्ति गर्न निर्माण गर्न लागिएको अमलेखजन्ज–रक्सौल–मोतीहारी इन्धन पाइपलाइन कालागि पाइप आउन थालेको हो । 


भारत महाराष्ट्रको मुम्बईस्थित पाइप उद्योगबाट पाईप लोड भएर आएको १० वटा लरी वीरगन्ज भन्सार कार्यालयबाट पहिलो लटमा भित्रिएको हो । एउटा लरीले ३२ देखि ३५ वटासम्म कालो स्टिल पाइप बोकेर वीरगन्ज चिनी कारखाना आवासक्षेत्र भित्र बनाईएको परियोजनाको सामग्री भण्डारण गर्ने गोदाममा आईपुगेको छ ।

 


पहिलो लटमा २ हजार ७ सय २४.२३ मिटर पाइप जाँचपास भएर आएको हो । ४ अर्ब २० करोड रुपैयाँ लागतको यो परियोजनामा भारतले ३ अर्ब २० करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ ।

 


मंगलबार झण्डै दुईकरोड बराबरको पाइपको जाँचपास गरिएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी संतोष यादवले जानकारी दिनु भयो  । पाइपलाइन निर्माणका लागि आउने पाईपको भन्सार नलिन पत्राचार भएकोले त्यस अनुसार जाँचपास गरेर पाईप नेपाल भित्रिन दिएको सूचना अधिकारी यादवले बताउनु भयो  ।

 

पाइप लाइन परियोजना निर्माणको जिम्मा पाएको इन्डियन आयल कर्पोरेसनले भारतको मोतिहारीदेखि रक्सौल सम्मका लागि निर्माण गरिने पाईपहरु भने मोतिहारीमा अनलोड गरेको छ । 

 


बाँकी नेपाल तर्फ आवश्यक पर्ने पाईपहरु लिएर आएको १० गाडीले अहिले पाईप अनलोड गरेका छन् ।

 

नेपाल र भारतबीचको दुई देशीय सम्झौताअनुसार वीरगन्ज नाकाबाट भित्रिने पाइपलाइन निर्माणमा प्रयोग हुने सामानमा भन्सार शुल्क नलिनका लागि अर्थ मन्त्रालय र भन्सार विभागले आपसी समन्वय गरेकोले भन्सार नलिईकन चेकजाँच मात्रै गरेर पठाईएको सूचना अधिकारी यादवले बताउनु भयो ।

 

उद्योगबाट जनवरी १४ तारेखबाट नेपालका लागि हिँडेको लरी मंगलबार वीरगन्ज भन्सारमा आईपुगेको थियो । भन्सार पास भएपछि अहिले १० वटा लरीहरुमा ल्याईएको पाईप वीरगन्ज चिनी कारखानाको आवासक्षेत्र स्थित पाईपलाईन आयोजनाको भण्डारण स्थलमा अनलोड गरिएको छ ।  
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.