logo

अखिल क्रान्किारी र एमालेका नेताहरुद्वारा विवादित सीमाको निरीक्षण 

      1/20/2018 गते 00 00 मा प्रकाशित     1200   पटक पढिएको

वीरगन्ज, ६ माघ । वीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैयामा पर्ने नेपाल भारत सीमा स्तम्भ विवादले अहिले राष्ट्रिय तथा अन्तराष्ट्रीय जगतकै ध्यानाकर्षण गराएको छ ।

 

नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीले हराएका सीमा स्तम्भ र जीर्ण भएका सीमा स्तम्भको मर्मत तथा निर्माण गर्ने क्रममा नेपालको दर्तावाला कयौं विगाह भूभाग दशगजामा पर्दा भएको स्थानीयको बिरोधले यो मुद्धा अन्तराष्ट्रीयकरण भएको हो ।   जग्गाधनी पूर्जा भएको जग्गामा नै सीमा स्तम्भ गाड्न थालेपछि उनीहरु बिरोधमा उत्रिएकका हुन । बिरोधका कारण उत्पन्न समस्याले अहिले सबैको ध्याना केन्द्रीत गरेको छ ।

 

छपकैयाका स्थानीय रविन्द्र महतो कोईरी, बद्री साह कानु, असर्फी साह कानु लगायतका १२ जना भन्दा बढीको जग्गा दशगजामा पर्न भएको हो । बार्षौदेखि भोगचलन गर्दै आएको जग्गा गुमाउनुपरेपछि विवाद भएको छ । संयुक्त सीमा सर्वेक्षणटोलीले गरेको सीमा स्तम्भ निर्माण तथा मर्मतका क्रममा नेपालीले खनजोत गर्दै आएको भूमि नै सीमा स्तम्भका कारण हराउने भएपछि अहिले सीमामा स्तम्भ निर्माण गर्ने काम पनि रोकिएको छ ।

 

सीमा विवादको विषयमा राजनीतिक दल र तीनका भातृसंगठनको समेत ध्यानाकर्षण भएको छ । शनिबार मात्रै नेकपा माओवादी केन्द्रको बिद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष रञ्ज्ति तामाङ सहितको टोली र नेकपा एमालेका नेताहरुको टोलीले विवादित सीमाक्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । त्यस्तै नापी विभागका उच्चस्तरीय टोलीले पनि शनिबार स्थलगत निरीक्षण गरेको छ ।

 

नेपाली भूमि मिचिनु निकै दुखद भएको भन्दै नेपाली राष्ट्रियतामा आँच आउने खालको कुनैपनि गतिविधि असह्य हुने अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले बताए ।

 

। उनले नदिको धारलाई आधार बनाएर गरिएको सीमांकन भन्दा पनि धेरै यता नेपालतर्फको भूभागमा सीमा स्तम्भ राख्ने काम अन्यायपूर्ण रहेकोले यसको वैज्ञानिक नक्शांकन गरेर सीमा विवाद सामाधान गर्न तथा सीमामा भूमि गुमाएकाहरुको उचित क्षतिपूर्ति वा व्यावस्थापन गर्नुपर्नेमा जोड दिए ।

 

त्यस्तै नेकपा एमालेका पोलिटव्यूरो सदस्य नागेन्द्र चौधरीको नेतृत्वमा पनि सीमा विवादस्थलको निरीक्षण  भएको छ । टोलीमा पूर्व सांसद विचारी यादव, एमाले पर्साका संयोजक प्रभु हजरा, बालगोपाल थापा लगायत एमालेका नेताहरुले पनि सीमा विवाद बारेमा सीमा सर्वेक्षण टोलीका टिम लिडर रमेश ज्ञवालीसँग जानकारी लिएका थिए ।

 

त्यस्तै सीमाको स्थलगत निरीक्षणमा अखिल क्रान्तिकारीका अध्यक्ष सहित केन्द्रीय टोली, केन्द्रीय सदस्य जुवैर आलम, विद्यार्थी नेता प्रभाकर गुप्ता, मित्रदेव यादव, राकेश यादव, रामबाबु मण्डल लगायतको सहभागिता रहेको थियो ।आईतबार अनेरास्ववियुका केन्द्रीय अध्यक्ष नविना लामाको नेतृत्वमा पनि टोली सीमाको निरीक्षण गर्न आउने र संयुक्त रुपमा फेरी सीमाको स्थलगत निरीक्षण गरिने विद्यार्थी नेता प्रभाकर गुप्ताले जानकारी दिए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.