logo

अपराधीलाई पक्रन माग गर्दै महिलाहरु सडकमा

      1/16/2018 गते 00 00 मा प्रकाशित     974   पटक पढिएको

सीमरा २ माघ । गएको मंसिर १५ मा जीतपुर सीमरा उपमहानगरपालिकाको बजनीमा दम्पतीको हत्या भएको ४६ दिन बितेको छ । 
हत्याको रहस्य अहिले सम्म खुलेको छैन । प्रहरीले अनुसन्धान भइरहेको बताउदै आएको छ । प्रहरीको आश्वासनलाई बिश्वास गर्न नसक्ने अवस्था आएपछि स्थानीयहरु सडकमा उत्रिएका छन ।

दीपक सुवेदी र दीपा सुवेदी दम्पतीको १५ मंसिर राति हत्या भएको थियो। दीपकको गोठ छेउको परालको कुन्युमा र दीपाको गोठभित्रै हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । 


हत्या भएको लामको अवधी बितिसक्दासमेत प्रहरी प्रशासनले हत्यारालाई पक्राउ गर्न नसकेको भन्दै स्थानीयवासीले आक्रोश व्यक्त गरेका छन । 


प्रहरी प्रशासनलाई दबाब केही समय अगाडि  चक्काजाम गरेका महिलाहरु मंगलवार फेरी सडकमा उत्रिएका छन । सुवेदी दम्पती हत्याकाण्डाका दोषीलाई कानूनको दायरामा ल्याउन माग गर्दै सडकमा ओर्लिएका महिलाहरुले आउने मंगलवार अपराधीलाई पक्राउ गर्न माग गर्दै इलाका प्रहरी कार्यालय सीमरामा घेराउ गर्ने कार्यक्रम रहेको   रिना बजगाईले आफनो फेसबुक पेज मार्फत सार्वजनीक गरेकी छिन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

भूमि समस्या समाधान आयोग पर्सा लालपूर्जा बितरणको चरणमा

वीरगंज। भूमि समस्या समाधान आयोग पर्साले पर्सा जिल्लामा भूमिहीन दलित र सुकुम्बासीलाई भूमिको स्वामित्व दिने ऐतिहासिक निर्णय गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.