logo

रिले अनशन जारी, बीरगंजलाई सर्मथन प्राप्त हुदै

      1/6/2018 गते 00 00 मा प्रकाशित     1533   पटक पढिएको

वीरगंज, पुस २२
सरकारले अस्थायी राजधानी नतोक्ने निर्णय गरेपनि बीरगंजमा भने राजधानीको माग गर्दै शुरु गरिएको आन्दोलन जारी छ । २१ गते देखी शुरु भएको रिले अनशनमा यस क्षेत्रका नागरिकहरुको सहभागिता बढदो रहेको छ । 


अनशनको पहिलोदिन नै अनशनस्थलमा राखिएको उपस्थिति पुस्तिकामा सर्लाही रौतहट बारा पर्सा चितवन लगायतका ब्यक्तिले हस्ताक्षर गरेर बीरगंलाई राजधानी बनाउने अभियानप्रति एैक्यवद्धता जनाएका छन ।

 

 प्रदेश नं २ को राजधानी वीरगञ्जलाइ बनाउनुपर्ने माग राखेर चरणवद्ध आन्दोलनमा उत्रेको संघर्ष समितिले आज दोस्रो दिन पनि रिले अनशनलाई निरन्तरता दिएको छ ।

 

पूर्व सांसद एवं एमाले नेता राजकुमार गुप्ताको नेतृत्वमा माओवादी महिला नेतृ दुर्गा क्षेत्री, नेपाल महिला मंच पर्साका पूर्व अध्यक्ष रेखा साह, रानी देवी श्रीवास्तव नेविसंघका केन्द्रीय सदस्य सुधिर पटेल, एमाले युवा नेताहरु यशवन्त यादव, संजिव मिश्रा, तेजप्रकास निसाद,अकलेश साह नेविसंघका नेता बद्रीनारायण तिवारी,  गरी १० जना अनसनमा बसेका छन । 

 


अनशनमा बसेका नेताहरुलाई वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष एवं प्रदेशसभाका सदस्य ओमप्रकाश शर्मा, वडा नं. २७ का वडा अध्यक्ष प्रदिप यादव र एमालेका नेता शम्भु गुप्ताले फुलमाला र खादा ओढाई स्वागत गरेका थिए । 


वीरगंजलाई प्रादेशिक राजधानी घोषणा नगरे सम्म आन्दोलनका कार्यक्रम जारी रहने  एमाले नेता राजकुमार गुप्ताले बताए । वीरगंज राजधानीको लागि सवै दृष्टिकोणले उत्कृष्ट रहेकोले वीरगंजको बिकल्प नखोज्न उनले चेतावनी समेत दिएका छन ।

रिले अनशनको पहिलो दिन हिजो पूर्व मन्त्री एवं नेपाली काँग्रेसका नेता सुरेन्द्र चौधरी, एमालेका बसरुद्धिन अन्सारी, शम्भु गुप्ता, युवा नेता ओमप्रकाश सर्राफ, माओवादी नेतृ दुर्गा क्षेत्री, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, रुदल ठाकुर, सञ्जय सर्राफ, महमुद अन्सारी, वृजेश चौधरी, रञ्जु दहाल गरी १२ जना बसेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

आर्थिक रूपमा कमजोर महिलालाई जिल्ला स्तरीय समितिबाट राहत सहयोग प्रदान

वीरगंज । पर्साको वीरगंजमा  घटेको एक दुःखद घटनापछि आर्थिक रूपमा अत्यन्त कमजोर अवस्थामा रहेकी एकल महिलालाई राहत स्वरूप नगद सहयोग प्रदान गरिएको छ।

थारू संस्कृति प्रवर्द्धनका लागि चौधरीको संयोजकत्वमा वीरगञ्जमा माघी मूल समारोह समिति गठन

पर्सा जिल्लाको वीरगञ्जमा थारू समुदायको महान् पर्व माघी (खिचडी) २०८२ लाई सभ्य, सुसंस्कृत र भव्य रूपमा मनाउने उद्देश्यले नयाँ मूल समारोह समिति गठन गरिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.