logo

रिले अनशन जारी, बीरगंजलाई सर्मथन प्राप्त हुदै

      1/6/2018 गते 00 00 मा प्रकाशित     1702   पटक पढिएको

वीरगंज, पुस २२
सरकारले अस्थायी राजधानी नतोक्ने निर्णय गरेपनि बीरगंजमा भने राजधानीको माग गर्दै शुरु गरिएको आन्दोलन जारी छ । २१ गते देखी शुरु भएको रिले अनशनमा यस क्षेत्रका नागरिकहरुको सहभागिता बढदो रहेको छ । 


अनशनको पहिलोदिन नै अनशनस्थलमा राखिएको उपस्थिति पुस्तिकामा सर्लाही रौतहट बारा पर्सा चितवन लगायतका ब्यक्तिले हस्ताक्षर गरेर बीरगंलाई राजधानी बनाउने अभियानप्रति एैक्यवद्धता जनाएका छन ।

 

 प्रदेश नं २ को राजधानी वीरगञ्जलाइ बनाउनुपर्ने माग राखेर चरणवद्ध आन्दोलनमा उत्रेको संघर्ष समितिले आज दोस्रो दिन पनि रिले अनशनलाई निरन्तरता दिएको छ ।

 

पूर्व सांसद एवं एमाले नेता राजकुमार गुप्ताको नेतृत्वमा माओवादी महिला नेतृ दुर्गा क्षेत्री, नेपाल महिला मंच पर्साका पूर्व अध्यक्ष रेखा साह, रानी देवी श्रीवास्तव नेविसंघका केन्द्रीय सदस्य सुधिर पटेल, एमाले युवा नेताहरु यशवन्त यादव, संजिव मिश्रा, तेजप्रकास निसाद,अकलेश साह नेविसंघका नेता बद्रीनारायण तिवारी,  गरी १० जना अनसनमा बसेका छन । 

 


अनशनमा बसेका नेताहरुलाई वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष एवं प्रदेशसभाका सदस्य ओमप्रकाश शर्मा, वडा नं. २७ का वडा अध्यक्ष प्रदिप यादव र एमालेका नेता शम्भु गुप्ताले फुलमाला र खादा ओढाई स्वागत गरेका थिए । 


वीरगंजलाई प्रादेशिक राजधानी घोषणा नगरे सम्म आन्दोलनका कार्यक्रम जारी रहने  एमाले नेता राजकुमार गुप्ताले बताए । वीरगंज राजधानीको लागि सवै दृष्टिकोणले उत्कृष्ट रहेकोले वीरगंजको बिकल्प नखोज्न उनले चेतावनी समेत दिएका छन ।

रिले अनशनको पहिलो दिन हिजो पूर्व मन्त्री एवं नेपाली काँग्रेसका नेता सुरेन्द्र चौधरी, एमालेका बसरुद्धिन अन्सारी, शम्भु गुप्ता, युवा नेता ओमप्रकाश सर्राफ, माओवादी नेतृ दुर्गा क्षेत्री, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, रुदल ठाकुर, सञ्जय सर्राफ, महमुद अन्सारी, वृजेश चौधरी, रञ्जु दहाल गरी १२ जना बसेका थिए । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.