logo

जीतपुरसिमरा उपमहानगरमा जनप्रतिनिधिको एक सय दिन

सडक शिलन्यास गर्दै नगर प्रमुख डा. पौडेलले भने ‘समृद्ध उपमहानगर बनाएर छाड्छौ’

      1/4/2018 गते 00 00 मा प्रकाशित     1252   पटक पढिएको


सिमरा, २० पुस । जीतपुरसिमरा उपमहानगरपालिकामा निर्वाचित जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको सयौं दिनको अवसरमा योजना कार्यान्यवनको थालनी गरेका छन् । छोटो समयमै कार्ययोजना बनाउदै दुई नम्बर प्रदेशमा पहिलो पटक नगर सभा सम्पन्न गरेको उपमहानगरले एक सय दिनको अवसर पारेर विहिवार ६ वटा योजना सुरु गरेको हो । 


जीतपुरसिमरा उपमहानगरपालिका १६ स्थित पिलुवामा रहेको रामजी आदर्श खानेपानी उपभोक्ता समितिको पर्खाल र गेट निर्माण, १५ नम्बर वडास्थित हात्तिसारमा दुई वटा सडक ढलान, १८ नम्बरस्थित उचिडिहमा सडक ढलान, ५ नम्बरस्थित बकुलियामा सडक ढलान र ७ नम्बरस्थित जीतपुरमा सडक ढलानको शिलन्यास गरिएको हो । 


योजना शिलन्यासका क्रममा उपमहानगर उपप्रमुख सरस्वती चौधरी, प्रमुख प्रशासकिय अधिकृत रामकृष्ण उप्रेतीसहित १६ का अध्यक्ष केदार बजगाई, १५ का अध्यक्ष रामप्रसाद लामिछाने, १८ का अध्यक्ष अर्जुन दहाल, ५ का अध्यक्ष मोहित चौधरी, ७ का अध्यक्ष रामबाबु गुप्ता, १४ का अध्यक्ष रामशरण बर्तौला, १० का अध्यक्ष सरोज पटेल, २३ का अध्यक्ष अस्लम देवान, १९ का अध्यक्ष सुदन दास तत्मा, १ का अध्यक्ष हिराबहादुर गुरुङ २० का अध्यक्ष रसुल मिया, ३ का अध्यक्ष जगन्नाथ घिमिरे, कार्यपालिकाका सदस्य शोभा कार्की, सुभद्रा न्यौपाने, अनिता चौधरी, सुन्दर सुनार, राजकुमार रामल, लेखा अधिकृत बिसमिल्लाह अंसारी, ईन्जिनियर सञ्जीब रुपाखेतीलगायतको सहभागिता रहेको थियो । 


पूर्वाधार कमजोर रहेपनि जनसंख्या र भुगोलका आधारमा मात्रै उपमहानगरपालिका घोषणा भएको जीतपुरसिमरा उपमहानगरमा असोज १० गते पदभार ग्रहण गर्दै काम थालेका नगर प्रमुख डा. पौडेलले यस आर्थिक बर्षको काम सडक शिलन्यासबाट सुरु गरिएको बताए । बहुआयामीक बिकासका प्रमुख आधार सडक रहेको भन्दै नगर प्रमुख डा. पौडेलले सडकलाई योजनामा पनि प्राथमिकतामा राखिएकाले काम पनि सडकबाट सुरु गरिएको बताए । 


उपमहानगरमा आएलगत्तै छोटो समयमा सर्वसम्मतरुपमा नगर सभा सम्पन्न गरी योजना निर्माण गरेका थियौ’ नगर प्रमुख डा. पौडेलले भने “आज हामी सयौं दिनमा प्रवेश ग¥यौ र आजैबाट काम पनि सुरु भएको छ ।’ उपमहानगरमा जिम्मेवारी सम्हालेलगत्तै बिजयादशमी, दिपावली, छठ, ईदलगायत विभिन्न पर्वको सार्वजनिक बिदा र प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका कारण कार्यलय नियमित सञ्चालन हुन नसकिरहेको अवस्थामा यसबिचमै नगर सभा सम्पन्न गरेर कामको थालनी गर्नुलाई उपलब्धीका रुपमा लिनुपर्ने नगर प्रमुख डा. पौडेलको भनाई छ । 

 


निर्वाचित भएर सपथ ग्रहण गर्ने क्रममा भोजपुरी भाषलाई उपमहानगरको दोस्रो कामकाजको भाषाका रुपमा प्रयोगमा ल्याउन निर्देशन दिदै कार्यभार सम्हालेका नगर प्रमुख डा. पौडेलले ठुलो समस्याको रुपमा रहेको फोहोर ब्यवस्थापनको समस्यालाई दिर्घकालिनमा रुपमा समाधान हुने गरी ल्याण्डफिल्डसाईडको काम अघि बढिसकेको बताए । पूवार्धारका हिसाबले अत्यन्त कमजोर भएपनि सम्भावनाका हिसाबले दुई नम्बर प्रदेशकै उत्कृष्ट र समृद्ध उपमहानगर बनाउन सकिने सोचका साथ अघि बढेका नगर प्रमुख डा. पौडेलले जीतपुरसिमरा उपमहानगरलाई समृद्ध बनाउन वृहत्तर गुरुयोजना निर्माणमा आफू लागेको बताए । 

 


उपमहानगरले आर्थिक बर्ष २०७४÷७५ का लागि झण्डै ८५ करोडको बजेट बिनियोजन गरेको थियो । उपमहानगरको बजेटले मात्रै सोचेजस्तो बिकासका काम गर्न असम्भव रहेको भन्दै उनले केन्द्रीय अनुदानका निम्ति विभिन्न सरोकारवाला निकाय र दातृसंस्थासंगको भेट र परामर्शलाई पनि तिब्रता दिदै आएका छन् । एकीकृत शहरी विकास योजनाको गुरुयोजना बनाउन र अर्वान डेभलपमेन्ट करिडोर रुपमा अघि बढाउन डा. पौडेलले काठमाण्डौ पुगेर शहरी विकास तथा भवन निर्माण विभागमा पहल थालेका छन् । 

 


उपमहानगरले जीतपुरमा करीव पचास करोडको लागतमा दुई सय शैय्याको अस्पताल, सर्पदंश उपचार केन्द्र र शहरी स्वास्थ्य क्लिनिक स्थापना गर्ने योजना बनाइसकेको छ । प्रत्येक वडामा स्वास्थ्यचौकी स्थापनाको पहल गर्ने निर्णय गरेको उपमहानगरले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि समेत चासो देखाएको छ । उपमहानगरले डुमरवाना, अमलेखगञ्ज, मनहर्वा र इनर्वासिरामा बर्थिङ सेन्टर र २४ घण्टे इमर्जेन्सी सेवा स्थापना गर्ने योजना सहित अघि बढेको नगर प्रमुख डा. पौडेलले बताए । बहुक्षेत्रीय पोषण कार्यक्रमलाई प्रभावकारी रुपमा लागु गर्ने र अतिरोगमा सहयोग र स्वास्थ्यबिमा लागु गर्ने बिषयमा समेत उपमहानगर गम्भिर रहेको उनको भनाई छ ।

 

उपमहानगरले पहिलो वर्षमा ५ वटा वडा कार्यालय भवन निर्माण प्रक्रिया अघि बढाउने लक्ष्य लिएको छ । खेलकुदका लागि सिमरामा निर्माणाधीन सिमरा रंगशालामा पूंजीगत सहयोग गर्ने, सिमरा र भलुहीमा कभर्डहल निर्माणका लागि प्रक्रिया आरम्भ गर्ने, विभिन्न स्थानमा रहेका सार्वजनिक खेलकुद फिल्डहरुको व्यवस्थापन गर्ने र खेल तथा खेलाडी क्षेत्रको प्रवद्र्धनका लागि काम गर्ने योजनालाई कार्यान्यवन गर्ने प्रमुख डा. पौडेलको भनाई छ । 

 

८४ बर्ष पुरा गरेका बृद्धबृद्धालाई चौरासी विशेष सम्मान गर्ने योजनानै बनाएर अघि बढेको उपमहानगरले अपांगताको क्षेत्रमा अपाङ्गङमैत्री सडक, सार्वजनिक संरचना र अपाङ परिचयपत्र र भत्ताको संयोजन गर्नुका साथै स्वास्थ्यशिविर सञ्चालन गरेर जेष्ठ नागरिकलाई घरमा सामाजिक सुरक्षा भत्ताको ब्यवस्था गर्ने कामलाई अघि बढाएको छ । पर्सा राष्ट्रिय निकुञ्जका कारण पर्यटनको सम्भावना रहेकाले चुरिया, अमलेखगञ्ज, आधाभार र पथलैयालाई समेटेर पर्यटन जोन निर्माण गर्ने योजना उपमहानगरको रहेको प्रमुख डा. पौडेलले बताए । सार्वजनिक, ऐलानी, पर्ती जग्गा व्यवस्थापन, सुकुम्बासी समस्या समाधान र  एकीकृत बस्ती निर्माणका बिषयमा पनि उपमहानगर योजनाका साथ अघि बढ्ने उनको भनाई छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.